इनपा ८ खर्कपोखरीमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम
गणेश घिमिरे
जेठ १५, इलाम
गणतन्त्र दिवसको अवसरमा इलाम नगरपालिका ८ खर्कपोखरीमा वृक्षारोपण, सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम सम्पन्न भएको छ । वातावरण संरक्षण र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रम महिला सशक्तीकरणसँगै समुदायमा वातावरणीय जागरण फैलाउने लक्ष्यका साथ सञ्चालन गरिएको हो । महिला जागरण संघ र सेतीदेवी बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा विभिन्न प्रजातिका गरी करिब एक सय बिरुवा रोपण गरिएको थियो । रोपिएका बिरुवामा अम्बा, कागती, धुपी लगायत विभिन्न फलफूल तथा फूलजन्य प्रजातिहरू समावेश छन् । जसले भविष्यमा हरियाली विस्तार र वातावरणीय सन्तुलनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रमको अध्यक्षता महिला जागरण संघकी उपाध्यक्ष सुशिला सापकोटाको अध्यक्षतामा भएको थियो । उहाँले वातावरण संरक्षण केवल अभियान नभई दिगो जीवनशैलीको आधार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । यस्तै प्रमुख अतिथि वडाध्यक्ष दलमान तामाङले स्थानीय तहमा वृक्षारोपण र सरसफाइ जस्ता गतिविधिहरूले समुदायलाई स्वच्छ, हरित र स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीय समाजसेवीहरू बद«ी खड्का, शंकर आचार्य लगायतको उपस्थिति रहेको थियो । सहभागीहरूले सामूहिक रूपमा सरसफाइ अभियानमा समेत सक्रिय सहभागिता जनाएको थिए । संघकी कर्मचारी कमला राया घिमिरेले जानकारी दिनुभयो । यस्तै सेतीदेवी बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष शुभद्रा खत्रीले वातावरणीय सचेतना अभिवृद्धि गर्दै स्थानीय समुदायलाई हरित अभियानतर्फ प्रेरित गर्नु यो कार्यक्रमको मुख्य उद्येश्य रहेको बताउनुभयो । आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता वातावरणमैत्री तथा समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
पहिरो नियन्त्रणका लागि इलाममा भेटीबर घाँसको नर्सरी स्थापना, मेची राजमार्गलाई प्राथमिकता
गणेश घिमिरे साउन १०, इलाम पहिरो नियन्त्रण तथा सडक संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले सडक डिभिजन कार्यालय इलामले भेटीबर घाँसको
पहिरोको जोखिम घटाउँदै मेची राजमार्ग डबल लेनमा, करोडौँका आयोजना अघि बढ्दै
गणेश घिमिरे साउन ८, इलाम पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने मेची राजमार्गलाई आधुनिक र सुरक्षित सडकका रूपमा विकास गर्ने
इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकार समक्ष सिफारिस, आपूर्ति सहज बनाउने
गणेश घिमिरे साउन ७, इलाम मेची राजमार्गको राजदुवाली खण्ड तथा वैकल्पिक सडकमार्गहरू अवरुद्ध भएपछि उत्पन्न संकट समाधानका लागि इलाम नगरपालिकाले नगर
.png)






प्रतिकृया दिनुहोस