इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकार समक्ष सिफारिस, आपूर्ति सहज बनाउने
गणेश घिमिरे
साउन ७, इलाम
मेची राजमार्गको राजदुवाली खण्ड तथा वैकल्पिक सडकमार्गहरू अवरुद्ध भएपछि उत्पन्न संकट समाधानका लागि इलाम नगरपालिकाले नगर क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । नगर प्रमुख केदार थापाको अध्यक्षतामा आयोजित सर्वपक्षीय तथा सर्वदलीय छलफल तथा अन्तरक्रिया कार्यक्रमले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । छलफलले सडक अवरुद्धका कारण दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको निष्कर्ष निकाल्दै ग्यास, खाद्यान्न, औषधि, पेट्रोलियम पदार्थ, बिरामी, सुत्केरी तथा कृषिजन्य उत्पादनको ढुवानीलाई प्राथमिकतामा राखेर आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको छ । यसका लागि सिमलगोलाइ देखि इलाम बजारसम्म खाना पकाउने ग्यास ढुवानीमा इलाम नगरपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने निर्णय गरिएको छ । साथै खाद्यान्न, औषधि र ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न आवश्यक समन्वयका लागि इलाम उद्योग वाणिज्य संघलाई अनुरोध गर्ने निर्णय पनि भएको छ ।
बैठकले वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको सिमलगोलाइ–बज्रदेवी–तिल्केनी सडकलाई तत्काल सञ्चालनयोग्य बनाउन नगरपालिकाको जेसीबी, टयाक्टर तथा अन्य उपकरण परिचालन गरी सडकमा रहेको हिलो, ग्राभेल र अन्य अवरोध हटाउने कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । यस्तै, मेची राजमार्गको राजदुवाली खण्ड, केचना–कञ्चनजंघा मार्ग तथा अन्य वैकल्पिक सडकको दीर्घकालीन समाधानका लागि संघीय सरकार, प्रदेश सरकार, इलामबाट निर्वाचित संघीय तथा प्रदेश सांसद र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आवश्यक पहल गर्न आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ । छलफलले पुवाखोला जलविद्युत् आयोजनाको सुरुङमार्ग र हेडट्यांकमा चुहावट हुन सक्ने तथा गोलाखर्क–राजदुवाली क्षेत्रमा पटक–पटक पहिरो र जमिन भासिने समस्या दोहोरिएकाले प्राविधिक टोलीबाट विस्तृत अध्ययन गराई प्रतिवेदनका आधारमा आवश्यक सुधारका काम अघि बढाउन नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । यसैगरी इलामको सडक सञ्जाल, जिल्ला अस्पतालको सेवा प्रवाह र विद्युत् आपूर्तिमा देखिएका समस्याका विषयमा पनि निरन्तर छलफल गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहने निर्णय भएको नगरपालिकाले जनाएको छ । छलफलमा सहभागीहरूले मेची राजमार्गको राजदुवाली खण्ड वर्षेनी पहिरो र भू–क्षयका कारण अवरुद्ध हुने समस्या दोहोरिँदै आएको र यस वर्ष मुख्य तथा वैकल्पिक मार्ग दुवै प्रभावित हुँदा इलामसहित पाँचथर र ताप्लेजुङको आपूर्ति प्रणाली र जनजीवन नै संकटमा परेको निष्कर्ष निकाल्दै तत्काल र दीर्घकालीन समाधानमा जोड दिएका थिए ।
पहिरो नियन्त्रणका लागि इलाममा भेटीबर घाँसको नर्सरी स्थापना, मेची राजमार्गलाई प्राथमिकता
गणेश घिमिरे साउन १०, इलाम पहिरो नियन्त्रण तथा सडक संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले सडक डिभिजन कार्यालय इलामले भेटीबर घाँसको
पहिरोको जोखिम घटाउँदै मेची राजमार्ग डबल लेनमा, करोडौँका आयोजना अघि बढ्दै
गणेश घिमिरे साउन ८, इलाम पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने मेची राजमार्गलाई आधुनिक र सुरक्षित सडकका रूपमा विकास गर्ने
इलामको मुख्य राजमार्ग अबरुद्ध, वैकल्पिक सडकमा बोलेरो दुर्घटना, सातजना घाईते
गणेश घिमिरे साउन ७, इलाम मेची राजमार्ग अन्तर्गत माइखोला–भञ्ज्याङ सडक खण्ड पहिरोका कारण लामो समयदेखि अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग
.png)






प्रतिकृया दिनुहोस