बाढीपीडितका लागि कांग्रेस इलामले संकलन गरयो ३ लाख ७१ हजार रुपैयाँ
गणेश घिमिरे
भदौ १८, इलाम
गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना र व्यवस्थापनका लागि नेपाली कांग्रेस इलामले सञ्चालन गरेको राहत संकलन अभियानबाट ३ लाख ७१ हजार रुपैयाँ संकलन भएको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्देशन अनुसार कांग्रेस इलामले गत भदौ १२ गतेदेखि राहत संकलन अभियान सुरु गरेको थियो । बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले अभियान सञ्चालन गरिएको कांग्रेस इलामले जनाएको छ । राहत संकलन अभियानलाई व्यवस्थित बनाउन पार्टी कोषाध्यक्ष होम बस्नेतको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको थियो । समितिले पार्टीका विभिन्न तहका समिति, पदाधिकारी, कार्यकर्ता तथा शुभेच्छुकहरू मार्फत स्वेच्छिक रूपमा सहयोग संकलन गरेको पार्टीका जिल्ला सचिब निरोज खडगीले जानकारी दिनुभयो .
कांग्रेस जिल्ला कार्यसमिति इलामले पत्रकार सम्मेलन गरी अभियानबाट संकलित ३ लाख ७१ हजार रुपैंयाँ नेपाली कांग्रेस केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गरको छ । उक्त कोषमा जम्मा भएको रकम पार्टी केन्द्रिय समितिबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला हुने पार्टीका जिल्ला कार्यबाहक सभापति खगेन्द्र देवानले जानकारी दिनुभयो । विपद्को समयमा मानवीय सहयोगका लागि स्वतःस्फूर्त रूपमा साथ र सहयोग गर्ने सबैप्रति पार्टीले धन्यवाद व्यक्त गरेको छ । भदौ १० गते बिहान रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोले आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएको थियो । विपद्का कारण सयौँ परिवार प्रभावित भएपछि तत्काल राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, राजनीतिक दल तथा नागरिकस्तरबाट सहयोग संकलन भइरहेको छ । कांग्रेस इलामले पनि केन्द्रको आह्वान अनुसार आफ्नो जिल्लाबाट सक्दो सहयोग जुटाएर विपद् प्रभावित परिवारसम्म राहत पु¥याउने अभियानमा सहभागिता जनाएको हो ।
पहिरोको जोखिम घटाउँदै मेची राजमार्ग डबल लेनमा, करोडौँका आयोजना अघि बढ्दै
गणेश घिमिरे साउन ८, इलाम पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने मेची राजमार्गलाई आधुनिक र सुरक्षित सडकका रूपमा विकास गर्ने
इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकार समक्ष सिफारिस, आपूर्ति सहज बनाउने
गणेश घिमिरे साउन ७, इलाम मेची राजमार्गको राजदुवाली खण्ड तथा वैकल्पिक सडकमार्गहरू अवरुद्ध भएपछि उत्पन्न संकट समाधानका लागि इलाम नगरपालिकाले नगर
इलाम नगरपालिकाको पूर्वाधार विकासमा फड्को, ५५ किलोमिटर सडकदेखि खानेपानी आयोजना सम्म
गणेश घिमिरे असार १५, इलाम इलाम नगरपालिकाले आफ्नो कार्यकालमा सडक, भवन, खेलकुद तथा खानेपानीलगायतका पूर्वाधार क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल
.png)






प्रतिकृया दिनुहोस