सहकारी क्षेत्रबाट भोटेकोशी बाढीपीडितका लागि ६ लाख ४० हजार राहत
गणेश घिमिरे
भदौ २४, इलाम
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि इलामको सहकारी क्षेत्रले ६ लाख ४० हजार ६ सय ६६ रुपैयाँ आर्थिक सहयोग जुटाएको छ । जिल्ला सहकारी संघ लिमिटेड, इलामको नेतृत्वमा संघमा आबद्ध सहकारी संस्था, सहकारी अभियन्ता तथा सहकारी संस्थाका सञ्चालक र कर्मचारीबाट उक्त रकम सङ्कलन गरिएको हो । जिल्ला सहकारी संघका अनुसार ५५ वटा विभिन्न सहकारी संघसंस्था तथा सहकारी क्षेत्रका अभियन्ता, सञ्चालक र कर्मचारीको सहभागितामा राहत रकम सङ्कलन गरिएको हो ।

भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित समुदायको सहयोगका लागि सहकारी क्षेत्रले आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेको संघका सचिब मोहन बिष्टले बताउनुभयो । अभियान अन्तर्गत भदौ २२ गतेसम्म उक्त रकम सङ्कलन भएको जिल्ला सहकारी संघले जनाएको छ । सङ्कलित राहत रकम राष्ट्रिय वाणिज्य बैंक, इलाम शाखामा रहेको प्रधानमन्त्री राहत कोषको खातामा जम्मा गरिएको संघका अध्यक्ष लिला थापाले जानकारी दिनुभयो । राहत रकम जम्मा गरिएको जानकारी सहित जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालय, इलामलाई समेत जानकारी गराएको छ ।

विपद्को समयमा मानवीय सहयोगमा हातेमालो गर्दै स्वतःस्फूर्त रूपमा आर्थिक सहयोग गर्ने प्रारम्भिक सहकारी संस्था, जिल्लाका विषयगत संघ, सहकारी अभियन्ता तथा सहकारी संस्थाका सञ्चालक र कर्मचारीप्रति जिल्ला सहकारी संघले आभार व्यक्त गरेको छ । सहकारीको मूल्य, मान्यता र सिद्धान्त अनुसार ‘समाजप्रतिको चासो र दायित्व’ बोध गर्दै सङ्कलित सहयोगले विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापनामा केही भए पनि योगदान पुग्ने संघको विश्वास छ । जिल्ला सहकारी संघले आगामी दिनमा पनि विपद्का बेला एकता, सहयोग र सद्भाव कायम राख्दै सामाजिक उत्तरदायित्वमा सहकारी क्षेत्रलाई थप सक्रिय बनाउने अपेक्षा व्यक्त गरेको छ ।
बाढीपीडितका लागि कांग्रेस इलामले संकलन गरयो ३ लाख ७१ हजार रुपैयाँ
गणेश घिमिरे भदौ १८, इलाम गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना र
पहिरोको जोखिम घटाउँदै मेची राजमार्ग डबल लेनमा, करोडौँका आयोजना अघि बढ्दै
गणेश घिमिरे साउन ८, इलाम पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने मेची राजमार्गलाई आधुनिक र सुरक्षित सडकका रूपमा विकास गर्ने
इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकार समक्ष सिफारिस, आपूर्ति सहज बनाउने
गणेश घिमिरे साउन ७, इलाम मेची राजमार्गको राजदुवाली खण्ड तथा वैकल्पिक सडकमार्गहरू अवरुद्ध भएपछि उत्पन्न संकट समाधानका लागि इलाम नगरपालिकाले नगर
.png)






प्रतिकृया दिनुहोस