ब्रेक्जिट सङ्कटको विषयमा ब्रिटेन सरकार र विपक्षीबीच वार्ता
बेलायत । युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सङ्कटका विषयमा सरकार र विपक्षीबीच बिहीबार पुनः वार्ता हुने भएको छ । युरोपेली यूनियन (इयू) बाट बेलायत बाहिरिने विषयमा थप समय माग्ने प्रस्ताव संसदको तल्लो सदनमा भएको मतदानमा पारित भएपछि सो वार्ता हुन लागेको हो ।
आगामी अप्रिल १२ बाट सम्झौताबिना नै ब्रिटेनको बहिर्गमन रोक्नका लागि सांसदहरूले यस्तो मत दिएका हुन् ।
ब्रेक्जिटको सङ्कट अन्त्यको लागि भन्दै बेलायती प्रधानमन्त्री थेरेसा मेले विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनसँग गर्नु भएको भेटवार्तापछि उक्त मतदान भएको थियो । ब्रेक्जिटको विषयमा थाकेका जनतालाई निर्णय चाहिएको मेले बताएकी छन् ।
विपक्षी र सरकारबीच बिहीबार दिनभरी आकस्मिक छलफलको लागि सबैलाई बोलाइएको छ । ब्रेक्जिटको वैकल्पिक प्रस्तावमा सहमति जुटाउन ब्रिटिस संसद् असफल भएको र ब्रिटिस प्रधानमन्त्रीको प्रस्ताव संसद्द्वारा तेस्रो पल्ट अस्वीकृत भएको थियो ।
ब्रेक्जिटको समयसीमा लम्ब्याउने विषयमा भएको मतदानमा पक्षमा ३१३ र विपक्षमा ३१२ मत परेको थियो । एक मतको अन्तरमा मात्र सो प्रस्ताव तल्लो सदनबाट पारित भएको थियो । अब यो विधेयक माथिल्लो सदनबाट बिहीबार पारित भएपछि अन्तिम अनुमोदन हुनेछ । इयूले यसका लागि स्वीकृति दिन्छ वा दिँदैन भन्ने चासो समेत उत्तिकै रहेको छ ।
मतदानअघि कोर्बिनसँग भएको मेको वार्तालाई प्रधानमन्त्री कार्यालयले रचनात्मक भन्दै त्यसमा दुवै पक्षले प्रतिबद्धता र लचकता देखाएको बताएको थियो ।
नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु
खुला सीमा नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल–भारत खुला सीमा
अमेरिकाको टेक्सासबाट २८० जना आप्रवासी गिरफ्तार
राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत २८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीहरुले गिरफ्तार गरेका छन् । एक दशकयता
सामाजिक सञ्जालबाट हिंसात्मक दृश्य देखाइए जेल
अस्ट्रेलिया । अस्ट्रेलियाको संसदले बिहीबार न्यूजील्यान्ड गोलीकाण्डको झैं सामाजिक सञ्जालमा वास्तविक हिंसात्मक घटनाहरु राखिए त्यस्ता सामाजिक
प्रतिकृया दिनुहोस