नेम्वाङको निधनमा इलामका दुई पालिकामा शोक बिदा 

गणेश घिमिरे
भदौ २६, इलाम÷हिमालय टिभि
नेकपा (एमाले) उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको निधनप्रति इलाम जिल्लाबासीले शोक व्यक्त गरिरहेका छन् । २०५६ सालदेखि निरन्तर इलामबाट चुनाव जितेर संविधानसभा अध्यक्ष, सभामुख, पटक–पटक मन्त्री र संसदीय समितिको सभापतिसमेत बन्नु भएका नेम्बाङको निधनले जिल्ला शोकमग्न छ । नेकपा (एमाले) जिल्ला कमिटीले मंगलबार बिहानै पार्टी कार्यालयमा शोकसभा आयोजना गरयो ।                                             

शोकसभामा जिल्लास्थित पार्टीका नेता–कार्यकर्ताको उपस्थिती थियो । संविधानसभा अध्यक्ष र इलाम क्षेत्र नम्बर २ बाट विजयी प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका नेम्बाङको निधनमा शोक व्यक्त गर्दै जिल्लाको रोङ गाउँपालिका र माङसेबुङ गाउँपालिकाले मंगलबार शोक बिदासमेत दिएको छ । रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले विज्ञप्ति जारी गरी शोकबिदा घोषणा गर्नुभएको हो । यस्तै माङ्सेबुङ गाउँपालिकाले पनि मंगलबार पालिकाभर शोक बिदा दिएको अध्यक्ष हेमन्त राईले जानकारी दिनुभयो । जिल्लाका राजीतिक अभिभावक समेत रहनु भएका नेम्बाङको निधनमा एमालेमात्र नभइ सबै दल र क्षेत्रका व्यक्तिले शोक व्यक्त गरेका छन् । नेम्बाङको निधनले जिल्लालाई पनि अपुरणीय क्षति पुगेको उनीहरूको प्रतिक्रिया छ । 
 

प्रतिकृया दिनुहोस

इलाममा गजराजसिंह थापा सामुदायिक पुस्तकालय स्थापना

गणेश घिमिरे असार २७, इलाम      इलाम सदरमुकाममा सामुदायिक पुस्तकालय स्थापना गरीएको छ । इलाम नगरपालिका स्थित अरनीको संग्राहलयमा गजराजसिंह थापा

चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना हो ः महामन्त्री थापा

गणेश घिमिरे बैशाख ८, इलाम      नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना रहेको बिचार प्रकट

सुहाङसंग फाइनल म्याच खेल्दै खड्का

गणेश घिमिरे बैशाख ४, इलाम  इलाम २ मा बैशाख १५ गते हुने उपचुनाव संघारमा छ । यो चुनावमा पनि बिगतमा जस्तै काँग्रेस र एमालेलाई मुख्य प्रतिष्पर्धीको रुपमा