सुस्ताएको माईभ्याली फूटबल क्लब ब्युउँझिदै, साधारण सभा र अधिबेशन सम्पन्न, पूर्व फूटबलर काफ्ले अध्यक्षमा चयन ।

गणेश घिमिरे
भदौ ३०, इलाम 
माइभ्याली इलाम जिल्लाकै प्रतिष्ठित फूटबल क्लब हो । इलाम जिल्लाको फूटबलको बिकासका निम्ति भन्दै २०७१ सालमा उदाएको यस क्लबले जिल्लामा छ वटा संस्करण सम्म माइभ्याली गोल्डकपको  आयोजना गरीसकेको छ । देशका शिर्ष ए डिभिजनको फूटबल क्लब र राष्ट्रिय खेलाडीहरु इलामको खेल मैदानमा उतार्दै इलामलाई फूटबल संस्कृतिको बिकास गर्दै आएपनि अहिले गोल्डकपले निरन्तरता नपाउँदा इलामेहरु प्रतिष्ठित फूटबल खेलको स्तरीय मज्जा लिनबाट भने बञ्चित भइरहेका छन् ।

२०७७ सालदेखि गोल्डकपको आयोजना हुन सकेको छैन । लामो समयसम्म रहेको कोरोना महामारीका कारण गोल्डकप स्थगित हुँदै आएको छ । अर्कोतिर भने जीर्ण मैदानको कारण पनि गोल्डकप आयोजनामा कठिनाई हुँदै आएको छ । तर अब क्लबले गोल्डकपलाई निरन्तरता दिने तयारी पनि थाल्न थालिसकेको छ । गोल्डकप एकातिर सञ्चालन हुन नसकिरहेको अवस्थामा अर्कोतर्फ क्लबको साधारण सभा समेत हुन सकेको थिएन । जसले गर्दा क्लबको गतिबिधि सुस्ताएको थियो । तर फेरी क्लबको गतिबिधिलाई चलायमान बनाउँदै इलाममा फूटबलको माहौल ल्याउनेगरी क्लब अघि बढीसकेको छ । यसैबीच क्लबको साधारण सभा पनि गरीएको छ भने क्लबको नयाँ कार्य समिति समेत चयन गरीएको छ । केही नयाँ अनुहार बाहेक अधिकाँश पुरानै समितिमा अटाएका छन् ।

समितिमा रहेका फूटबल पदाधिकारी एवं सदस्यहरु सबै फूटबल क्षेत्रसंग सम्बन्धित रहेकोले पनि यस नयाँ कार्य समितिले इलामको फूटबल बिकासका निम्ति नयाँ आयाम दिने अपेक्षा राखिएको छ । शनिबार सदरमुकाममा क्लबको पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भयो । अधिबेशनले दिनेश काफ्लेको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । अध्यक्ष काफ्ले इलामका पूर्व फूटबल खेलाडी हुनुन्छ । क्लबको उपाध्यक्षमा विप्लव कोईराला, महासचिवमा बिनोद श्रेष्ठ, सचिवमा रजत खड्का, कोषाध्यÞक्षमा कमल सुवेदी चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा राजकुमार श्रेष्ठ, विरेन देवान, छेतेन शेर्पा, आनन्द भक्तराज, पुष्कर बुर्जा, दिपेश श्रेष्ठ, सुकबीर तामाङ, सबिता पाण्डे, सुरेन्द्र राई र सुमन श्रेष्ठ चयन हुनु भएको छ । क्लबको मुख्य आम्दानीको श्रोत गोल्डकप प्रतियोगिता नै रहेपनि पछिल्लो केहीबर्ष यता यस्ता प्रतियोगिता नहुँदा क्लबको आम्दानी खर्च दुबै हुन सकेको छैन । हाल क्लबको खातामा ४८ हजार ८ सय ८८ रुपैंयाँ रहेको आर्थिक प्रतिबेदनमा उल्लेख छ । यसैबीच क्लबले साधारण सभा तथा अधिबेशनको अवसरमा इलामको फूटबल सहित समग्र खेल क्षेत्रको बिकासमा महत्वपूर्ण योगदान पुरयाउने घनेन्द्र भक्तराजलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको छ । 
 

प्रतिकृया दिनुहोस

१३ बर्ष मुनिको फूटबल छनौटमा इलामबाट ६२ खेलाडी छानिए

गणेश घिमिरे चैत २६, इलाम  इलामबाट उमेर समूहका खेलाडीहरु छनौट गरीएको छ । उमेर समूहका खेलाडीलाई एकाडेमीमा राख्दै एन्फा टेक्निकल सेन्टरमा सञ्चालन

प्रथम संस्करणको इलाम गोल्डकपको तयारी तीब

गणेश घिमिरे पुष ८, इलाम  फूटबललाई संस्कृति मान्ने इलामेलीहरुले लामो समयदेखि फूटबलको मज्जा लिन पाएका छैनन् । इलाम सदरमुकाममा रहेको एकमात्र ठूलो

कात्तिक २३ देखि इलाममा सन्तोष अधिकारी मेमोरीयल कोशी प्रदेश चेस प्रतियोगिता

गणेश घिमिरे कात्तिक १३, इलाम  प्रतियोगिता संख्या आधार मान्ने हो भने बुद्धिचाल नेपालको सक्रिय खेलमा पर्छ । पछिल्लो पाँच वर्षयता बुद्धिचालका घरेलु