मन्त्रीज्यू ! कनिकुथी 'इङ्लिस' बोल्नुपर्दैन
एभ्रीबडी नो, ह्वाट अटोमेसन ? बट नो टाइम... एक्स्प्लानेसन !’
'बट नो टाइम' भनेपछि मन्त्री अड्किए । १० सेकेन्ड जति ‘पज’ लिएर मन्त्री यादव फेरि बोले, “एक्स्प्लानेसन ।” त्यसपछि, लामो श्वास ताने ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भन्न खोजेको कुरा सही नै थियो । लगानीको वातावरण बन्ने क्रममा नेपालले एकद्वार सेवा सुरु गरेको, उद्योग दर्ता प्रक्रिया अनलाइन तथा स्वचालित बनाएको कुरा नेपाल लगानी सम्मेलनमा मन्त्री यादवले कनीकुथी अंग्रेजीमा भने ।
लगानी सम्मेलनको उद्योग विषयको प्लेनरी सत्रमा सहभागीहरुको प्यानल छलफल सुनेपछि मन्त्रीले यति भन्ने कोसिस गरेका थिए। त्यही पनि घरबाट लेखेर ल्याएको एक पाना लामो भाषण कनीकुथी पढिसकेपछि ।
मन्त्री यादवको यो शैली चित्त बुझ्दो थिएन ।
तीन सयभन्दा बढी विदेशी लगानीकर्ता, स्वदेशी तथा विदेशी सञ्चारमाध्यमका प्रतिनिधिमाझ मन्त्रीको यस्तो टुटेफुटेको अंग्रेजी सुनेर मनमनै भनिरहेको थिएँ, “आर यू किडिङ ?” प्यानल छलफलमा स्वदेशी तथा विदेशी वक्ताले आफ्नो धारणा प्रकट गरेका थिए । मन्त्रीले ध्यानपूर्वक सुनेजस्तो गरेका थिए । मानौं सबै प्रस्तुतिको दमदार निष्कर्ष उनले दिनेछन् ।
आफ्नो पालो आएपछि भने मन्त्रीले खल्तीबाट एक पेज लामो कागज निकालेर पढ्न थाले, त्यो पनि प्रत्येक शब्दबीच पाँच सेकेन्डको ब्रेक लिँदै । सहभागी मुखामुख गर्न थालिसकेका थिए । छेउमै बसेका नेपाल उद्योग वणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको गोरो मुहार रातो भएको स्पष्टै देखिन्थ्यो ।
उनले पढेको देखेर लाग्थ्यो उनलाई प्यानल छलफलमा कुन वक्ताले के बोल्नेछन् पहिल्यै थाहा थियो । तर, बोलीले उनको क्षमता देखाइसकेको थियो ।
उक्त सत्र समूह छलफलको थियो । मन्त्रीको काम सहभागीले बोलेको आधारमा सबैको भनाइलाई समेट्दै तार्किक निष्कर्ष दिने थियो । तर, उनले घरमा लेखेर ल्याएको कागज सर्रर पढेर सत्र टुंग्याए । कामचलाउ त भयो प्रभावकारी बन्न सकेन ।
कागज पढिसकेर मन्त्रीले भने “रिप्याट्रियसन, देन प्रोब्लम, नाउ नो प्रोब्लम ।” भनाइको आशय सबैले बुझिसकेका थिए । उनले भन्न खेजेका थिए “लगानीको प्रतिफल फिर्ता लाने काम पहिले कठिन थियो, अहिले सहज बनिसकेको छ ।”
यति भनेपछि रोकिएलान् जस्तो लागेको थियो । तर, एक्कासि भने - “यु मस्ट नट गो इतर एन्ड तितर ।” अब यहाँ इतर तितरको अर्थ उनको बुझाइमा के थियो, उनी आफैं जानून् ।
त्यसपछि अटोमेसनको कुरा गरेका थिए ।
हाँसो थाम्न नसकेर म निस्किएँ । अर्कोपट्टी ऊर्जासम्बन्धी सत्र चलिरहेको रहेछ । जहाँ ऊर्जामन्त्री वर्षमान पुन पनि घरमै लेखेर ल्याइएको कागज पढ्दै थिए - “दिस इज आवर कोमोन गोल एस् वेल एस्...।”
पुन र यादवको मात्र होइन सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको पनि यस्तै हालत थियो । यसअघि एक अन्तर्राष्ट्रिय फोरममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बोलेको अंग्रेजीको पनि निकै आलोचना भएको थियो ।
नेपालीमै बोलेर भाषा अनुवादक राखेको भए के बिग्रन्थ्यो होला ? सम्मेलन आयोजनाको बजेटले पक्कै भ्याउँथ्यो पनि । मन्त्रीले आँट गर्नु त राम्रै हो तर, यहाँ आँटभन्दा ठूलो सबाल इज्जतको हो ।
घरमै सहयोगीले तयार पारेको खोस्टा कनीकुथी पढेर सम्पन्न गरेको लगानी सम्मेलनमा विदेशी लगानीकर्ताले के बुझे होलान् ? लगानी सम्मेलनमा उठेका सवालमा दिएका टुटेफुटेका अंग्रेजीले दिने सन्देश के हो ? यस्ता सवालको जवाफ दिने समय पनि छैन हाम्रा मन्त्रीलाई । अनि कसरी सोच्ने मुलुकको इज्जत र पदीय हैसियत !
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नै भाषामा कुराकानी गरेका थिए । त्यहाँ भाषा अनुवादक राखिएका थिए । तिनैले वार्तालापको सहजीकरण गरेका थिए । अंग्रेजी बोलेर ठूलो मान्छे भइन्छ भन्ने भ्रमले हो या कुन मनोविज्ञानले ग्रसित भएर हो हाम्रा नेताहरू एक जना विदेशी पाहुना देख्नेबित्तिकै कार्यक्रममा अंग्रेजी नै बोल्न थाल्छन् । मन्त्रीले नेपाली बोल्दैमा इज्जत घट्दैन बरू बढ्छ नेपालकै सान । कुरो कहिले बुझ्ने ?

रोविन पौडेल
जलशासन र जलवायु सहनशीलता
(Introduction / परिचय) English: Water governance and climate resilience are closely interconnected concepts in today’s world. Climate change is significantly affecting water availability, distribution, and quality. Without effective water governance, it becomes very difficult to cope with risks such as floods, droughts, and water
मम्मी छोरी हुन डर लाग्यो !
आज मैले मम्मीसँग भने – मामु मलाई छोरी मान्छे बनिरहन डर लाग्यो । मलाई छोरा बनाइदिनुस् । मम्मी केही बोल्न सक्नुभएन मलाई हेरीमात्रै रहनुभयो । साच्चै नै
अरुलाई ऐना देखाउने मोदी आफू किन हेर्दैनन् ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भाषण कलामा पोख्त मानिन्छन्। भारतमा लोकसभा चुनाव नजिकिएसँगै मोदी भाषणमा संयमतापूर्वक मिठासमा निकै ख्याल गर्छन्।
.png)






प्रतिकृया दिनुहोस