सुनगाभाद्धारा भञ्ज्याङमा स्वास्थ्य शिबिर सञ्चालन, ७३ जनाले लिए सेवा

गणेश घिमिरे
फागुन २५, इलाम 
इलाम नगरपालिका ९ भन्ज्याङ्गमा एक दिने निशुल्क स्त्री रोग सम्बन्धि स्वास्थ्य शिबिर शुक्रबार सम्पन्न भएको छ । सुनगाभा बचत तथा ऋण सहकारी संस्था इलामले शिबिर सञ्चालन गरेको हो । महिलाहरुमा लाग्ने बिभिन्न किसिमको रोगको चेकजाँच गर्न घर आँगनबाटै सेवा प्रबाह गर्ने उद्येश्यले शिबिर सञ्चालन गरीएको हो । संस्थाको बार्षिक कार्यक्रम अनुसार नै शिबिर सञ्चालन गरेको संस्थाका अध्यक्ष गोपाल पौड्यालले जानकारी दिनुभयो । शिबिरमा ७३ जना सेवा लिएका थिए । त्यसमध्येका ४÷५ जना बिरामीको अवस्था अलिक जटिल देखिएकाले उहाँहरुलाई जिल्ला बाहिरको अस्पतालमा गएर उपचार गराउन सुझाव दिइएको थियो ।

शिबिरलाई इलाम अस्पतालका प्रमुख एवं स्त्रि रोग बिषेशज्ञ डाक्टर प्रभु शाह सहित द मेडिकोका सञ्चालक बिनोद थापा लगायतले सेवा दिनुभएको संस्थाकी रिता घिमिरेले जानकारी दिनुभयो । बिशेष गरेर संस्थाका महिला सदस्यहरुलाई निशुल्क सेवा प्रबाह गर्ने उद्येश्यले यो शिबिर सञ्चालन गरिएको थियो । शिबिरमा भिडियो एक्सरे, पाठेघर मुखको क्यान्सर परिक्षण र औषधि निशुल्क गरिएको थियो । इलाम नगरपालिकालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको संस्थाले संस्थाका सदस्यहरुको स्वास्थय जाँच सम्बनिध निशुल्क स्वास्थय शिबिर देखि आय आर्जन बढाउन सहयोग एवं बिभिन्न किसिमका सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

संस्थामा दुईहजार भन्दा माथि सदस्य संख्या रहेका छन् । संस्थाले बिभिन्न बिधामा बचत संकलनका साथै ऋण लगानी समेत गर्दै आएको छ । यता शिबिरको समापनमा इलाम नगरपालिकाकी उपमेयर बिष्णु दाहाल, सोही वडाका वडाध्यक्ष गोपाल चौहान, जिल्ला सहकारी संघका अध्यक्ष लिला थापा लगायतको उपस्थिती रहेको थियो । यस किसिमको शिबिरहरु नगरपालिकाका बिभिन्न क्षेत्रमा समय समयमा सञ्चालन गर्दै संस्थाका कोषाध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । संस्थाले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ । बिगत एक÷दुई महिनाअघि मात्र संस्थाले आफनो स्थापना दिवसरमा इलाम नगरपालिका ९ मै रहेको राहासल बाल अनाथलयमा खाद्यय सामाग्रि बितरण गर्नुका साथै अनाथलयमा आश्रित बालबालिकालाइ शैक्षिक सामाग्री समेत प्रदान गरेको थियो । 
 

प्रतिकृया दिनुहोस

सिमल गोलाईबाट तिल्केनी सम्मको सडक स्तरोन्नतीका लागि पाँच करोड बजेट

गणेश घिमिरे माघ २६, इलाम  मेची राजमार्गको माइखोला–भन्ज्याङ्ग सडक खण्ड जोखिमपूर्ण भइ यातायात सम्पर्क टुट्ने अवस्था आएपछि राजमार्ग र बैकल्पिक

संघर्षको यात्रासंगै अघि बढेका भक्तबहादुर थामी

गणेश घिमिरे माघ २४, इलाम  थामी नेपालमा बसोबास गर्ने एक किरात जाति हो । थामी समुदायका मानिसहरूले आफूलाई “थाङ्मी“भन्न रुचाउँछन् । यो जातिका

अग्र्यानिक तरकारी खेती उत्पादनमा जोड दिँदै सिमधारा महिला कृषक समूह

गणेश घिमिरे माघ १९, इलाम  महिलाको जिविको पार्जनमा आर्थिक सहयोग पुरयाउन एवं अग्र्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्न यतिखेर इलाम नगरपालिका ८