मतदाताले उम्मेद्धार खड्कालाई भने – ‘तपाइले जितेमात्र यो क्षेत्रको बिकास हुन्छ’ 

गणेश घिमिरे
चैत २७, इलाम
इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा यतिखेर उम्मेद्धारहरु गाउँ गाउँमा पुगेका छन् । शहरी क्षेत्रमा भन्दा ग्रामिण भेगमा यतिखेर पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिती बाक्लो छ । बिशेष गरेर काँग्रेस, एमाले रास्वपा, राप्रपाका उम्मेद्धार गाउँमा भोट माग्न व्यस्त छन् । एमालेका सुहाङ काँग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू, राप्रपाका लक्ष्मि गुरुङ विभिन्न स्थानमा पुगेर आफ्नै ढङ्गले भोट माग्दै हिँडेका छन् । मतदाता समक्ष पुगेका काँग्रेसका उम्मेद्धार डम्बर खड्कालाई इलाम– २ का जनताले भेट गर्ने, आफ्ना कुरा सुनाउने, शुभकामना दिने गरिरहेका छन् । मतदाता समक्ष उम्मेद्धार पुगिरहँदा चुनावी कार्यक्रम पनि काँग्रेसले पश्चिमि गाउँका ठाउँ ठाउँमा गरीरहेको छ । वडा र टोल–टोलमा चुनावी भेटघाट र घरदैलो अभियानलाई तीब्र बनाइरहेको छ । कांग्रेसले इलाम –२ को निर्वाचनका लागि संयोजक तोकेका महामन्त्री विश्वप्रकाश शर्मा पनि इलाम आउने कार्यक्रम छ । आम कार्यकर्तामा काँग्रेसमा एकता छैन भन्ने भ्रम समेत चिरीएको छ । 


जिल्ला स्तरका सबै नेताहरु एकढिक्का भएर चुनावी अभियानमा सक्रिय भएर लागेको देख्दा कार्यकर्ता समेत हर्षित भएका छन् । चुनाबी अभियानको क्रममा जिल्ला स्तरका नेताहरु एक भएर एउटै मञ्चबाट आफूहरु एकढिक्का भएको सन्देश प्रबाह गरीरहेका छन् । अभियानमा उम्मेद्धार खड्का सहित पूर्व सभापतिहरु केशब थापा, हिमालय कर्मचार्य, महासमिति सदस्यहरु भेषराज आचार्य, नगेन्द्र कुमाल सक्रिय बनिरहनु भएको छ । मतदाताले उम्मेद्धार खड्कालाई बिकासे नेता  तपाई मात्र भएको र तपाईले जितेको खण्डमा मात्र यो क्षेत्रको हरेक बिकास हुने भन्दै जितको शुभकामना दिइरहेका छन् । 


नेताहरु एक भएर अभियानमा खटेको देख्दा निराश बनेका कार्यकर्ताहरु अहिले हर्षित बन्दै चुनावी अभियानमा सक्रिय भएर काँग्रेस जिताउ अभियानमा लागेको काँग्रेस इलामले जनाएको छ । यी ठूला दलसंगै साना दल एवं स्वतन्त्र उम्मेद्धारहरु पनि आ आफनो एजेण्डा प्रस्तुत गर्दै चुनावी अभियानमा दौडिएका छन् । इलाम –२ का लागि १२ वटा दल र सातजना स्वतन्त्र गरी २० जना उम्मेदवार चुनावी मैदानमा छन् ।
 

प्रतिकृया दिनुहोस

चुलाचुली च्याम्पियन्स लिग साउन १२ गतेबाट , लिग च्याम्पियनले एकलाख पाउने

गणेश घिमिरे साउन १०, इलाम  पालिकाभित्रबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्येश्यले इलामको चुलाचुली गाउँपालिकामा चुलाचुली च्याम्पियन्स लिग

सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा 

गणेश घिमिरे असार २७, इलाम      इलामको सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को संघीय

इलामबाट बिस्थापित भेटनरी अस्पताल सात वर्षपछि फकाईयो 

गणेश घिमिरे असार २७, इलाम      इलामबाट सात वर्षअघि विस्थापित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पुर्नस्थापना गरिएको छ । संघीयता