इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै

गणेश घिमिरे
असोज १६, इलाम 
नेपालीहरुको महान पर्व दशैं तिहारजस्ता चाडपर्व नजिकिएसंगै इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै गएका छन् । चाडपर्वमा यात्रुबाहक सवारी साधनमा यात्रुको चाप बढ्नुका साथै सवारी दुर्घटनाको समेत जोखिम बढेपछि सरोकारवालाले सडक सुरक्षा मजबुद बनाउन लागेका छन् । यसैक्रममा यातायात ब्यबस्था कार्यालयको अगुवाईमा यातायात ब्यबस्थापन समितिको बैठक बसेर बिभिन्न चारबुँदे निर्णयहरु गरेको छ । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले चारबुँदे निर्णय गरेको यातायात ब्यबस्था कार्यालय इलामका प्रमुख खगेन्द्र प्रसाद मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा हाल कार्यन्वयनमा रहेको भाडादरलाई कडाईका साथ कार्यन्वयन गर्ने, जिल्लामा स्तरोन्नती भएका सडकहरुमा यसभन्दा अगाडी भएको भाडादरलाई पुनरावलोकन गर्ने तथा नयाँ बनेका सडकहरुमा अस्थायी रुट निर्धारणका लागि सबै स्थानीय तहलाई पत्रचार गर्ने, यात्रुबाहक सवारी साधनमा अनिबार्य रुपमा सवारी चालकले यात्रुले देख्नेगरी भाडादर टाँस गर्नुपर्ने, अनिबार्य यात्रुको टिकटको ब्यबस्था गर्नुपर्ने, क्षमता भन्दा बढि यात्रु नबोकाउने र बर्षातको समयमा बिग्रीएका तथा खाल्डाखुल्डि परेका सडकको सम्बन्धित निकायले मर्मत संभार गर्ने निर्णयहरु गरेको छ । ट्राफिक नियमको पालना गराउन ट्राफिक प्रहरीले चकेजाँचलाई कडाई गर्नुपर्ने बैठकमा बताइयो । सो क्रममा इलाम–बिर्तामोडको भाडादर ४ सय ७० रुपैंयाँ भएपनि चालकहरुले यात्रुबाट पाँचसय रुपैंयाँ लिइरहेकाले यातायात ब्यबसायीले समेत चालकहरुलाई यस बिषयमा सचेत गराउनुपर्ने बैठकमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो । सवारी चालकले लाग्नेभन्दा बढि भाडा लिए नलिएको बारेमा ट्राफिक प्रहरीले कडाइका साथ अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी श्रेष्ठले निर्देशन दिनुभएको छ । बैठकमा नेपाल प्रहरीका प्रमुख प्रभु ढकाल, सशस्त्र प्रहरीका प्रतिनिधि, अनुसन्धानका प्रमुख तुलसि प्रसाद सेडाइँ, यातायात ब्यबसायी गृष्म सुब्बा, इलाम नगरपालिका ६ का वडाध्यक्ष मदन श्रेष्ठ, वडा नम्बर ९ का वडाध्यक्ष गोपाल चौहान, सडक डिभिजन कार्यालयका इञ्जिनियर मनिषा कटटेल, नेपाल पत्रकार महासंघ इलाम शाखाका कार्य समिति सदस्य गणेश घिमिरेको उपस्थिती रहेको थियो ।  

प्रतिकृया दिनुहोस

बजार अनुगमन थाल्यो इलाम नगरपालिकाले, २० हजार मूल्य बराबरको सामान जफत

गणेश घिमिरे असोज २१, इलाम  नेपालीहरुको महान चाड बिजयदशमी सुरु भएसंगै इलाम बजार क्षेत्रको बजार अनुगमनलाई तिब्रता दिन थालिएको छ । ठूला चाडबाढ

फूटबल प्रतियोगितामा खेलाडी बीमा गर्न आयोजलाई फूटबल संघको आव्हान, बीमा नगरिएको प्रतियोगिता नखेल्न खेलाडीलाई आग्रह

गणेश घिमिर असोज १५, इलाम  नेपालीहरुको महान पर्व बिजयदशमि नजिकिँदै गर्दा इलामका गाउँ गाउँमा फूटबल प्रतियोगिताहरु सुरु भइसकेको छ भने कतै सुरु हुने

क्रिकेटको बिकासमा प्रादेशिक र जिल्ला क्रिकेट संघको सक्रियता

गणेश घिमिरे असोज २, इलाम  पछिल्लो समय क्रिकेट खेलप्रतिको बढ्दो आकर्षण संगै यस खेलको बिकासका निम्ति क्रिकेटको जिल्लास्तरीय संघदेखि प्रादेशीक र