चेस खेलमा होटल ब्यबसायि संघको चासो, शुक्रबार जिल्ला स्तरीय प्रतियोगिता
गणेश घिमिरे
मंसिर ६, इलाम
इलाममा चेस (बुद्धिचाल) खेलको बिकास संगै यस खेलप्रति खेलाडीको आकर्षण बढाउन होटल ब्यबसायि संघ इलामले पनि चासो देखाएको छ । पछिल्लो समय इलाममा यसखेलप्रति नयाँ नयाँ खेलाडी उत्पादन र जिल्लाका सबै पालिकाहरुमा बुद्धिचाल खेलको बिस्तार बढेसंगै खेलाडीहरुको आकर्षण पनि बढदै गएको छ । इलाममा यस खेललाई बढावा दिन बिगतमा बिद्यालय स्तरीय हुँदै पालिका स्तरीय, जिल्ला स्तरीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तर सम्मका खेलहरु भएका छन् ।
दिमागि खेल भएको र उमेरले पनि नछेक्ने भएको हुँदा यसखेलप्रति इलाममा खेलाडीको आकर्षण बढ्दै गएको इलामका अग्रज चेस खेलाडी एवं आरबिटर तारानिधि घिमिरेले बताउनुभयो । यो बिशेष गरेर इलाममा यो खेलप्रति ८ बर्षदेखि ५०÷५५ बर्ष उमेर समूहका बढि आकर्षित भएका छन् । जिल्लामा बुद्धिचाल खेल फस्टाउँदै जान थालेपछि जिल्लाका बिभिन्न पालिकादेखि लिएर संघ संस्थाले पनि यस खेलको बिकासलाइृ अगाडी बढाउन थोर–धेर लगानी गर्दै समेत आएका छन् । यसैक्रममा होटल ब्यवसायि संघ र इलाम उद्योग वाणिज्य संघ इलामको संयुक्त आयोजनामा ( मंसिर ८ गते) शुक्रबार जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरेको छ । जिल्ला बुद्धिचाल संघ इलामको ब्यबस्थापनमा हुने प्रतियोगितामा जिल्लाभरका चेस खेलाडीहरुले सहभागिता जनाउने बुद्धिचाल संघ इलामका अध्यक्ष प्रकाश परियारले जानकारी दिनुभयो ।
इलाममा खेल पर्यटनको बिकाससंगै होटल ब्यबसायि संघले आयोजना गरेको दुईदिने फुड फेस्टिबल, इलाम सदरमुकाममै हुन लागेको कोशि प्रदेश होटल महासंघको अधिबेशन एवं कोशि प्रदेश पर्यटन बर्षको अवसरमा यो प्रतियोगिता गराउन लागेको होटल ब्यबसायि संघ इलामका अध्यक्ष देवी पौडेलले बताउनुभयो । प्रतियोगितामा बिभिन्न बिधामा बिजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरीने संघका महासचिब प्रकाश चापागाईले जानकारी दिनुभयो । यो प्रतियोगिता स्विस लिगको आधारमा खेलाइने जिल्ला बुद्धिचाल संघ इलामका पूर्व अध्यक्ष एवं आरबिटर याम लिम्बूले जानकारी दिनुभयो ।
सेतीदेवीको साधारण सभामा बिभिन्न बिधामा उत्कृष्ट सदस्यलाई सम्मान
गणेश घिमिरे पुष २७, इलाम सेतीदेवी बहुउद्येश्यिय सहकारी संस्था इलामको २७ औं बार्षिक साधारण सभा सदरमुकाममा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन
बिभिन्न आरोह अबरोह पार गर्दै शताब्दी सहकारीको २५ बर्ष पूरा, मेयर÷पूर्व उपमेयर र पूर्व अध्यक्ष्यलाई बिशिष्ठ सम्मान
गणेश घिमिरे पुष २७, इलाम बिभिन्न आरोह अबरोह पार गर्दै शताब्दी बचत तथा ऋण सहकारी संस्था इलामले आफनो २५ औं बर्षगाठ (रजत जयन्ती) मनाएको छ । रजत जयन्ती
सहयात्रालाई नगरपालिकाले दुईलाख सम्म सहयोग गर्ने
गणेश घिमिरे पुष २२, इलाम सहयात्रा नेपाल, इलामको १० औं बार्षिक साधारण सभा इलाम सदरमुकममा सोमबार सम्पन्न भएको छ । हेमकुमारी (गंगा) शिबाको अध्यक्षता एवं
प्रतिकृया दिनुहोस