अग्र्यानिक तरकारी खेती उत्पादनमा जोड दिँदै सिमधारा महिला कृषक समूह
![](https://nepalbani.org.np/uploads/news/images/1227013821IMG_7061.jpeg)
गणेश घिमिरे
माघ १९, इलाम
महिलाको जिविको पार्जनमा आर्थिक सहयोग पुरयाउन एवं अग्र्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्न यतिखेर इलाम नगरपालिका ८ सिङफ्रिङका कृषकहरु यतिखेर सक्रिय भएका छन् । स्थानीय सिमधारा कृषि तथा पशुपालन कृषक महिला समूहले करिब चार रोपनी जग्गा लिजमा लिएर अग्र्यानिक तरकारी खेतीलाई अघि बढाएका छन् । जैबिक बिबिधताको क्षेत्रमा जलवायू परिवर्तन, सिमसार क्षेत्र र मुहान संरक्षण संगै सामाजिक लगायतका क्षेत्रमा काम गर्दै आएको सहयात्रा नेपाल मार्फत टेवा नेपाल काठमाडौंको आर्थिक सहयोगमा समूहले अग्र्यानिक तरकारी खेती अघि बढाउँदै लगेको समूहकी अध्यक्ष शारदा सुब्बा थामीले जानकारी दिनुभयो । टनेल मार्फत अग्र्यानिक खेती गर्नका लागि टेवा नेपालले तीनलाख रुपैंयाँ अनुदान उपलब्ध गराएको समूहकी सचिब खोम कुमारी (मनु) खवासले बताउनुभयो ।
स्थानीय २५ जना महिलाहरु समाबेश रहेको सो समूहलाई स्थानीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको इलाम नगरपालिकाले कृषि क्षेत्रमा लगानी गरिरहेको छ । सोहि वडाका वडाध्यक्ष दलमान तामाङले अग्र्यानिक कृषि क्षेत्रलाई अगाडी बढाउन यस समूहले काम गरिरहेकोले वडाले पनि ५० प्रतिशत अनुदानमा समूहलाई मिनी टेलर उपलब्ध गराउने बताउनुभयो । उहाँले वडाका प्रत्येक टोलमा ५० प्रतिशत अनुदानमा मिनी टेलर दिने समेत उल्लेख गर्नुभयो । सहयात्रा नेपालकी अध्यक्ष गंगाा शिबाले संस्थाले महिलाहरुको क्षमता अभिबृद्धि संगै उनीहरुको आर्थिक जीवनस्तर माथि उठाउनका लागि काम गरिरहेको बताउनुभयो । यता समूहले चार रोपनी जमिनमा सिजन अनुसारको तरकारी संगै तरकारीको बिउ बिजन उत्पादन गरेर बिक्रि बितरण गर्दै आएको छ । तरकारी उत्पादनमा क्रियाशिल रहेको सो समूहलाई उचित रुपमा तरकारीको बिक्रि बितरणमा समस्या हुनुको साथै सिंचाईको पनि समस्या रहेको बताइएको छ । सहयात्राले सिमधारा संगै इलाम नगरपालिका ८ कै नवजागृति महिला कृषक समूहलाई पनि सहयोग गर्दै आएको संस्थाकी कोषाध्यक्ष सबिता पाण्डेले जानकारी दिनुभयो । यसैक्रममा समूहले आर्थिक दिगोपनका लागि सामूहिक खेती बिषादी रहित परियोजनाको अभिमुखिकरण एवं छलफल कार्यक्रमको आयोजना शनिबार परियोजना सञ्चालन भएकै स्थान अर्थात तरकारी बारिमा कार्यक्रमको आयोजना गरेको थियो ।
![](https://nepalbani.org.np/uploads/news/images/thumb255/800591432IMG_7045.jpeg)
हेरिटेजको बार्षिक उत्सवमा सम्मान तथा पुरस्कार बितरण
गणेश घिमिरे माघ १९, इलाम इलाम नगरपालिका ९ मा सञ्चालित हेरिटेज नेशनल एकाडेमि माध्यमिक बिद्यालयले आफनो १६ औं बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरेर
![](https://nepalbani.org.np/uploads/news/images/thumb255/1615662453IMG_6863.jpeg)
पर्यटन प्रवद्र्धन र युवालाई दीगो रोजगारीको अवसर प्रदान गर्न होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन गरिँदै
गणेश घिमिरे माघ ८, इलाम पर्यटन प्रवद्र्धन र युवालाई दीगो रोजगारीको अवसर प्रदान गर्न होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन गरिँदैछ । स्विस सरकार
![](https://nepalbani.org.np/uploads/news/images/thumb255/219005099IMG_6620.jpeg)
सेतीदेवीको साधारण सभामा बिभिन्न बिधामा उत्कृष्ट सदस्यलाई सम्मान
गणेश घिमिरे पुष २७, इलाम सेतीदेवी बहुउद्येश्यिय सहकारी संस्था इलामको २७ औं बार्षिक साधारण सभा सदरमुकाममा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन
प्रतिकृया दिनुहोस