इलाममा होलि पर्वको रौनक

गणेश घिमिरे
फागुन २९, इलाम
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज (बिहीबार) इलाम सहित हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
इलाममा पछिल्लो समय होलीपर्व मनाउन युवा बालबालिका सबैको सहभागीता बढ्दै गएकोे छ । पछिल्लो समय युवा मात्र होइन बालबालिकामा समेत यस पर्व लोकप्रिय बन्दै गएको छ । सबैले खुशीको रंग साटासाट गर्ने भएकाले यो चाड समावेशी चाड समेत बन्दै गएको इलामका संस्कृतिविद्हरुको भनाई छ । युवा तथा बालबालिकाको अलग अलग समुह बनाएर खेल्न चाहनेलाई मात्र एकआपसमा रङ्ग दलेर होली पर्व मनाएको सहभागि बताउँछन् ।
होली पर्वले आपसी मित्रता कायम गर्नु पो पर्वको महत्व छ । पहिले–पहिले होली खेल्न रङ्गसँगै तेल, कुखुराको अण्डा र पानीबाट होली खेल्ने रंङ्ग तयार गरिन्थ्यो अहिले त्यो चलन फेरिएको छ ।
विभिन्न प्रकारका रंग दल्ने र पानी छ्याप्ने यो पर्वको मुख्य आकर्षण हो । नेपालमा पहिले पहिले पहाडी भेगमा भन्दा तराईमा फागुको रौनक बढी हुन्थ्यो , तर अहिले पहाडी जिल्लाहरुमा पनि यस पर्वको रौनक बढ्दै गएको छ । यो पर्व भोलि तराईमा मनाइँदैछ ।

दुइदिने साहित्य महोत्सव अन्तिम तयारीमा
गणेश घिमिरे चैत्र २५, इलाम साहित्यको माध्यमबाट इलामको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाम सदरमुकाममा भोलिदेखि दुई दिने ‘इलाम साहित्य
सुवेदी र गिरीलाई पत्रकारिता पुरस्कार
नेपाल बेस्ट म्युजीक अवार्ड–२०२१ मा चलचित्र पत्रकार द्धय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत हुने भएका छन् ।

लोकपप गायक सुनिल गिरीको लेकाली भेगैमा सुनिलसँग उर्मिलाको रोमान्स
काठमाडौँ । लोकपप गायक सुनिल गिरीको नयाँ गीत लेकाली भेगैमाको भिडियो सार्वजनिक गरिएको छ । प्रतिवद्धको शब्द शृजनामा गायक सुनिलको संगीत र एरेन्जमा
प्रतिकृया दिनुहोस