इलाममा होलि पर्वको रौनक 

गणेश घिमिरे
फागुन २९, इलाम 
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज (बिहीबार) इलाम सहित हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

इलाममा पछिल्लो समय होलीपर्व मनाउन युवा बालबालिका सबैको सहभागीता बढ्दै गएकोे छ । पछिल्लो समय युवा मात्र होइन बालबालिकामा समेत यस पर्व लोकप्रिय बन्दै गएको छ । सबैले खुशीको रंग साटासाट गर्ने भएकाले यो चाड समावेशी चाड समेत बन्दै गएको इलामका संस्कृतिविद्हरुको भनाई छ । युवा तथा बालबालिकाको अलग अलग समुह बनाएर खेल्न चाहनेलाई मात्र एकआपसमा रङ्ग दलेर होली पर्व मनाएको सहभागि बताउँछन् ।

होली पर्वले आपसी मित्रता कायम गर्नु पो पर्वको महत्व छ । पहिले–पहिले होली खेल्न रङ्गसँगै तेल, कुखुराको अण्डा र पानीबाट होली खेल्ने रंङ्ग तयार गरिन्थ्यो अहिले त्यो चलन फेरिएको छ ।

विभिन्न प्रकारका रंग दल्ने र पानी छ्याप्ने यो पर्वको मुख्य आकर्षण हो । नेपालमा पहिले पहिले पहाडी भेगमा भन्दा तराईमा फागुको रौनक बढी हुन्थ्यो , तर अहिले पहाडी जिल्लाहरुमा पनि यस पर्वको रौनक बढ्दै गएको छ । यो पर्व भोलि तराईमा मनाइँदैछ । 


 

 

प्रतिकृया दिनुहोस

प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण

गणेश घिमिरे भदौ १९, इलाम इलामकी कवि तथा साहित्यकार प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण गरिएको छ । पौडेलको साहित्यिक यात्राको सातौँ

उदित हाङ फागोको ‘कर्णालीका पुल’ सिर्जना सार्वजनिक, पूर्वदेखि पश्चिम जोड्ने सांस्कृतिक प्रयास 

गणेश घिमिरे साउन २६, इलाम  इलामको सूर्योदय नगरपालिका–फिक्कलका उदित हाङ फागोको सिर्जनामा ‘कर्णालीका पुल’ सार्वजनिक भएको छ । पूर्वी नेपालको

उदित हाङ फागोको ‘कर्णालीका पुल’ सिर्जना सार्वजनिक, पूर्वदेखि पश्चिम जोड्ने सांस्कृतिक प्रयास 

गणेश घिमिरे साउन २६, इलाम  इलामको सूर्योदय नगरपालिका–फिक्कलका उदित हाङ फागोको सिर्जनामा ‘कर्णालीका पुल’ सार्वजनिक भएको छ । पूर्वी नेपालको