आर्ट अफ लिभिङ नेपाल, इलाम सेन्टरको भवन सिलान्यास

इलामर द आर्ट अफ लिभिङ, नेपाल, इलाम सेन्टरको भवनको इलाम नगरपालिकी उप(प्रमुख विष्णु कुमारी लिम्बू दाहालज्यू र संस्थाकी केन्द्रिय संयोजक देवीका शाहज्यूले सिलान्यास गर्नु भएको छ। इलाम नगरपालिका ९ जनक चोकको पश्चिममा रहेको स्थानमा आज गुरुपूजा सहित भवन सिलान्यास गरिएको हो । आर्ट अफ लिभिङ इलामको संयोजक जस बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा इ.न.पा का प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खड्काज्यू, जनप्रतिनिधिहरु इलाम नगरपालिका वडा अध्यक्षहरु ७ का नरेश श्रेष्ठज्यू, ६ का मदन श्रेष्ठज्यू, ८ का दलमान तामाङज्यू र ९ का कार्यबाहक अध्यक्ष चुडामणि दाहालज्यूको आतिथ्यता रहेको थियो । त्यसै गरी आर्ट अफ लिभिङकी सिनियर प्रशिक्षक दमयन्ती रायमाझीज्यू, प्रशिक्षकहरु श्रीजना यता, मुना गदाल र असिम दियाली, इन्जिनियर मधुसूदन श्रेष्ठ र पत्रकार राजेश पराजुलीको समेत आतिथ्य रहेको थियो ।
 
तनाबमुक्त मन, रोगमुक्त शरीर, हिंसामुक्त समाज बनाउने प्रमुख उद्देश्य लिएर अघि बढेको संस्था द आर्ट अफ लिभिङ नेपाल, इलामको ५ सदस्यीय जिल्ला समन्वय समिति समेत गठन भएको छ । समितिको संयोजकमा जस बहादुर राई, सदस्यहरुमा प्रकाश परियार, माइ प्रसाद श्रेष्ठ, अस्ना श्रेष्ठ र वविता बैद्य रहनु भएको छ । समितिलाइ केन्द्रिय संयोजक देवीका शाहज्यूले खदा र संस्थाको फाउण्डर गुरुदेव श्रीश्री रवि शंकरज्यूको तस्बिर हस्तान्तरण गरेर औपचारिक घोषणा गर्नु भएको थियो । साथै बाल संस्कारको सहकर्ताहरु सृजना यता, मुना गदाल, रन्जना जोसी, ज्योति श्रेष्ठ, प्रकाश परियार र प्रतिभा भट्टराईलाई म्यानुअल वितरण समेत गरिएको थियो । योग, ध्यान, श्वासप्रश्वास प्रविधि,सुदर्शन क्रियामार्फत तनावमुक्त, सुखी र मानवीय मूल्यमा आधारित समाज निर्माण गर्ने लक्ष्य राख्ने संस्था नेपालको ४० वटा भन्दा धेरै जिल्ला क्रियाशिल रहेको छ भने १८० वटा बढी राष्ट्रहरुमा यस संस्थाको कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । गैरनाफामुलक, गैरसरकारी र स्वयंसेवकमा आधारित यो संस्थाले तनावमुक्त र सुखी समाज निर्माण, व्यक्तिगत रूपान्तरण र सामूहिक शान्ति प्रवर्द्धन र मानवीय मूल्य र एक विश्व परिवारको दृष्टिकोण फैलाउने काम गर्दै आएको छ । यो संस्थाले इलाममा एक दशक अघि देखि सुदर्शन क्रिया श्वासप्रश्वास प्रविधि, योग, ध्यान, तनाव व्यवस्थापन, गहिरो ध्यान अभ्यास, शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यका लागि योग अभ्यास, युवालाई नेतृत्व, सामाजिक सेवा र जिम्मेवारीमा प्रशिक्षित गर्ने, कार्यस्थलमा तनाव व्यवस्थापन र उत्पादकता वृद्धि, गहिरो ध्यान र आत्म–अनुभूति,  स्वयंसेवकलाई सामाजिक सेवा र कार्यक्रम सञ्चालनमा दक्ष बनाउने, प्रशिक्षक तयार गर्ने कार्यक्रम र सामाज सेवा एवं प्रकोपको बेला पीडितलाई उद्दार र राहत वितरण गर्दै आएको छ । कार्यक्रम संचालन संस्थाको सदस्य प्रकाश परियारले गरेका थिए भने अतिथिहरु एक बर्ष भित्रमा भवन निर्माणको सम्पूर्ण काम सम्पन्न गर्न जोड दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस

पहिलो दिनमै सेवाग्राहीको भिड इलाम ५ मा निशुल्क स्वास्थ्य शिविर चैत २९ सम्म सञ्चालन हुने ।

इलाम नगरपालिका–५ मा आजबाट सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिनमै सेवाग्राहीको उल्लेखनीय भीड देखिएको छ । स्थानीय बासिन्दासहित

इलाममा एसइइको नतिजा सुधारका लागि अनलाइन कक्षा सञ्चालन

इलाममा पछिल्ला वर्षहरूमा एसइइको नतिजा खस्कँदै गएको अवस्थालाई मध्यनजर गर्दै नतिजा सुधार गर्ने उद्देश्यसहित अनलाइन कक्षा सञ्चालन गरिएको छ ।

सुवेदी र गिरीलाई पत्रकारिता पुरस्कार 

                  नेपाल बेस्ट म्युजीक अवार्ड–२०२१ मा चलचित्र पत्रकार द्धय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत हुने भएका छन् ।