पहिलो दिनमै सेवाग्राहीको भिड इलाम ५ मा निशुल्क स्वास्थ्य शिविर चैत २९ सम्म सञ्चालन हुने ।

इलाम नगरपालिका–५ मा आजबाट सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिनमै सेवाग्राहीको उल्लेखनीय भीड देखिएको छ । स्थानीय बासिन्दासहित आसपासका क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो । इलाम नगरपालिका र वडा नम्बर ५ को आयोजना तथा नारायण श्रेष्ठ हेल्पिङ हेन्ड्स हेल्थ एजुकेशन यूएसए (ग्क्ब्) को सहयोगमा सञ्चालन भएको शिविरमा नेपाली चिकित्सकसँगै अमेरिकी विशेषज्ञ चिकित्सकहरूले पनि सेवा प्रदान गरिरहेका छन् । शिविर चैत २९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । शिविरमा जनरल फिजिसियन, नाक–कान–घाँटी, छाला, हाडजोर्नी, स्त्री तथा प्रसूति रोग, बाल रोग तथा दन्त रोग सम्बन्धी परीक्षण सेवा प्रदान भइरहेको छ । साथै दाँत निकाल्ने, आँखा जाँच, ईसीजी सेवा, सुगर परीक्षण, पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित भिआइए स्क्रिनिङ, निःशुल्क औषधि तथा चस्मा वितरण समेत गरिएको छ । शिबिरको उद्घाटन वडाध्यक्ष काजीबहादुर श्रेष्ठको अध्यक्षता तथा इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्यमा भएको थियो । इलाम नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको नगर प्रमुख थापाको भनाई छ । शिविरबाट स्थानीयवासीलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

इलाममा एसइइको नतिजा सुधारका लागि अनलाइन कक्षा सञ्चालन

इलाममा पछिल्ला वर्षहरूमा एसइइको नतिजा खस्कँदै गएको अवस्थालाई मध्यनजर गर्दै नतिजा सुधार गर्ने उद्देश्यसहित अनलाइन कक्षा सञ्चालन गरिएको छ ।

आर्ट अफ लिभिङ नेपाल, इलाम सेन्टरको भवन सिलान्यास

इलामर द आर्ट अफ लिभिङ, नेपाल, इलाम सेन्टरको भवनको इलाम नगरपालिकी उप(प्रमुख विष्णु कुमारी लिम्बू दाहालज्यू र संस्थाकी केन्द्रिय संयोजक देवीका

सुवेदी र गिरीलाई पत्रकारिता पुरस्कार 

                  नेपाल बेस्ट म्युजीक अवार्ड–२०२१ मा चलचित्र पत्रकार द्धय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत हुने भएका छन् ।