ग्रीनभ्याली एकाडेमिमा सिर्जनशिल र जीवनमुखि शिक्षा, बिद्यार्थीलाई सीप र अतिरिक्त क्रियाकलापमा अग्रणी बनाउँदै

गणेश घिमिरे
पुष ४, इलाम 
इलाम सदरमुकाममा सञ्चालित ग्रीनभ्यालि एकाडेमीले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी सिर्जनशीलता, व्यवहारिक सीप र अतिरिक्त क्रियाकलापमा अग्रणी बनाउँदै लगेको छ । विद्यालयले विभिन्न विषयसँग सम्बन्धित चित्रकला तथा पुनः प्रयोगयोग्य सामग्रीमार्फत सिकाइलाई जीवन्त बनाउँदै आएको छ । हाल विद्यालय परिसरका भित्ताहरू विद्यार्थीले बनाएका सामाजिक, अंग्रेजी, गणितलगायत विषयसँग सम्बन्धित चित्रहरूले सजिएका छन् । पाठ्यपुस्तकमा देखिने अवधारणालाई जस्ताको तस्तै चित्रमार्फत उतार्दै विद्यार्थीहरूले आफूभित्रको कलात्मक क्षमता प्रस्फुटन गरेका छन् । यसलाई विद्यार्थीहरूले आफ्नो प्रतिभा देखाउने सुनौलो अवसरका रूपमा लिएका छन् । त्यसैगरी खेर जाने विभिन्न प्लाष्टिकजन्य सामग्री प्रयोग गरी फूल, डल तथा अन्य आकर्षक सामग्री निर्माण गरेर विद्यार्थीहरूले वातावरणीय सचेतनासँगै सिर्जनशीलताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन् ।

विद्यालयका कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको विद्यालयका प्रशासन प्रमुख चिन्तामणि चौलागाइँले जानकारी दिनुभयो । यस किसिमका गतिविधिले विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै सिकाइलाई दिगो र व्यवहारिक बनाउने चम्लगाइँको भनाई छ । विद्यार्थीलाई परीक्षामुखी नभई जीवनमुखी शिक्षा दिन बिद्यालय लागि परेको विद्यालयका सञ्चालक कुमार बैद्यले बताउनुभयो । उहाँले पढाइसँगै कला, संस्कृति, वातावरण संरक्षण र खेलकुदमा सक्षम बनाउनु मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो । कला, संस्कृति तथा भेषभूषाको संरक्षण गर्ने उद्देश्यका साथ विद्यालयले हरेक हप्ताको शुक्रबार विद्यार्थीलाई आ–आफ्नो जातीय पोशाकमा विद्यालय आउन प्रोत्साहन गर्दै आएको छ । जसले विद्यार्थीमा आफ्नो पहिचानप्रति गर्व गर्ने भावना विकास गरिरहेको छ । अतिरिक्त क्रियाकलापसँगै पठनपाठन र खेलकुद क्षेत्रमा पनि ग्रीनभ्यालि एकाडेमी जिल्लाकै उत्कृष्ट निजी विद्यालयमध्ये एकका रूपमा परिचित हुँदै आएको छ । शैक्षिक गुणस्तर र बहुआयामिक प्रतिभा विकासमा केन्द्रित यस विद्यालयको अभ्यासले अभिभावक र समुदायको समेत प्रशंसा पाएको छ ।

प्रतिकृया दिनुहोस

प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण

गणेश घिमिरे भदौ १९, इलाम इलामकी कवि तथा साहित्यकार प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण गरिएको छ । पौडेलको साहित्यिक यात्राको सातौँ

उदित हाङ फागोको ‘कर्णालीका पुल’ सिर्जना सार्वजनिक, पूर्वदेखि पश्चिम जोड्ने सांस्कृतिक प्रयास 

गणेश घिमिरे साउन २६, इलाम  इलामको सूर्योदय नगरपालिका–फिक्कलका उदित हाङ फागोको सिर्जनामा ‘कर्णालीका पुल’ सार्वजनिक भएको छ । पूर्वी नेपालको

उदित हाङ फागोको ‘कर्णालीका पुल’ सिर्जना सार्वजनिक, पूर्वदेखि पश्चिम जोड्ने सांस्कृतिक प्रयास 

गणेश घिमिरे साउन २६, इलाम  इलामको सूर्योदय नगरपालिका–फिक्कलका उदित हाङ फागोको सिर्जनामा ‘कर्णालीका पुल’ सार्वजनिक भएको छ । पूर्वी नेपालको