सन्दकपुरमा चौथो टारी गोल्डकप हुँदै, प्रतिभावान खेलाडी उत्पादन गर्ने मुख्य लक्ष्य

गणेश घिमिरे
पुष ८, इलाम 
इलाम जिल्ला फुटबलको उर्बर भूमि मानिन्छ । त्यसमाथि पनि जिल्लाको उत्तरी भेगमा अवस्थित सन्दकपुर गाउँपालिका फुटबल गतिविधिमा अग्रणी पालिकाका रूपमा चिनिँदै आएको छ । यहाँ वर्षभरि विभिन्न प्रतियोगिता आयोजना हुने गरेका छन् । एक वर्षमै करिब एक दर्जनजति फुटबल प्रतियोगिता सञ्चालन हुनु यस क्षेत्रको खेलप्रेम र सम्भावनाको प्रमाण हो । सन्दकपुर गाउँपालिकाबाट राष्ट्रिय स्तरमा ख्याती कमाएका खेलाडीहरू पनि उत्पादन भएका छन् । लोकबन्धु गुरुङदेखि छिरिङ गुरुङ र दर्शन गुरुङसम्मका नामहरू नेपाली फुटबलमा परिचित छन् । यद्यपि यी खेलाडीहरू हाल विदेश पलायन भइसकेका छन् । यस क्षेत्रका लागि राष्ट्रिय स्तरसम्म पुग्ने मुख्य आधार भने यहीँ आयोजना हुने स्थानीय प्रतियोगिताहरू नै बनेका छन् । यिनै प्रतियोगिताबाट अहिले पनि उदियमान तथा प्रतिभावान खेलाडीहरू उत्पादन भइरहेका छन् ।

यसैबीच सन्दकपुर गाउँपालिका स्थित टारीमा अवस्थित टारी फुटबल क्लबले आउँदो पुष २३ गतेदेखि माघ १ गतेसम्म चौथो संस्करणको टारी गोल्डकप आयोजना गर्ने भएको छ । माघे संक्रान्तिको अवसर पारेर आयोजना हुन लागेको उक्त गोल्डकप खेलकुदको माध्यमबाट खेल पर्यटनको विकास, नयाँ प्रतिभावान खेलाडी उत्पादन तथा सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको हो । यसपटक प्रतियोगिता क्लबकै आफ्नै खेलमैदानमा सञ्चालन गरिनेछ । क्लबले दाताहरूको सहयोगमा ११ रोपनी ५ आना जग्गा खरिद गरी खेलमैदान तयार गरेको हो । उक्त मैदान निर्माणका लागि कोशी प्रदेश सरकारबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त हुने भएको छ । आयोजक समितिका सचिव रुपेन नेम्वाङका अनुसार गोल्डकप अन्तर्गत तीन विधामा प्रतियोगिता सञ्चालन हुनेछ । पुरुष गोल्डकप फुटबल, भेट्रान फुटबल र १४ वर्ष मुनिको बाल फुटबल हुनेछ । पुरुषतर्फ १६ टिमको सहभागिता रहनेछ । जसमा विजेताले ७० हजार रुपैयाँ र उपविजेताले ३५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । भेट्रानतर्फ ८ टिम सहभागी हुनेछन् । यसतर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ पाउनेछन् । १४ वर्षमुनिको प्रतियोगितामा विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ग्रामिण फुटबललाई उच्च स्थानमा पु¥याउने उद्देश्यले आयोजना गरिने गोल्डकपमा इलाम जिल्लाभरिका फुटबल क्लबलाई पहिलो प्राथमिकता दिइने आयोजक क्लबका अध्यक्ष महेन्द्र साउनदेनले बताउनुभयो ।

प्रतियोगितामा सहभागी खेलाडी र रेफ्री सबैको बीमा गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसपटकदेखि टिम दर्ताका लागि लिइँदै आएको दर्ता शुल्क नलिने निर्णय गरिएको छ । आर्थिक व्यवस्थापनका लागि स्थानीय सगरमाथा हाइड्रोपावर, स्थानीय सरकार तथा विभिन्न दाताहरूबाट सहयोग संकलन गरिनेछ । खेलकुदसँगै संस्कृति प्रवद्र्धनलाई पनि प्राथमिकतामा राख्दै प्रतियोगिताको अवसरमा विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादन तथा परिकारहरूको प्रदर्शनी पनि गरिने आयोजकले जनाएको छ । टारी गोल्डकपले सन्दकपुरको फुटबल पहिचानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

इलाम नगर स्तरीय चेस प्रतियोगिता सम्पन्न, विभिन्न उमेर समूह र विधामा उत्कृष्ट खेलाडीहरू पुरस्कृत 

गणेश घिमिरे जेठ २४, इलाम  इलाम नगर बुद्धिचाल संघको आयोजनामा इलाम नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको सहकार्यमा आयोजित इलाम नगर स्तरीय चेस

११ पटकका च्याम्पियन बादशाह सरोज रिङ आउट, धमकेदार इन्ट्रि गर्दै काजी बने चेस ‘किङ’

गणेश घिमिरे जेठ १०, इलाम      इलाममा पहिलोपटक आयोजना गरिएको फिडे मान्यताप्राप्त ‘इलाम जिल्ला स्तरीय फिडे रयापिड एण्ड ब्लिट्ज चेस

बौद्धिक खेलको केन्द्र बन्दै इलाम, जेठ ९ गते सूर्योदयमा फिडे मान्यता प्राप्त चेस प्रतियोगिता हुँदै

गणेश घिमिरे जेठ ४, इलाम  इलाममा पहिलोपटक अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे) मान्यताप्राप्त ‘इलाम जिल्ला स्तरीय फिडे रयापिडड एण्ड ब्लिट्ज चेस