निर्वाचनलाई लक्षित गर्दै देउमाईको मंगलबारेमा कांग्रेसको चुनावी भेटघाट, रणनीति र एकतामा जोड
गणेश घिमिरे
माघ ११, इलाम
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ ले देउमाई नगरपालिका स्थित मंगलबारेमा कार्यकर्ता भेटघाट, चुनावी रणनीति अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । चुनावी सरगर्मी बढ्दै गएको बेला आयोजित यस कार्यक्रममा कांग्रेसले संगठन सुदृढीकरण, मतदाता पहुँच विस्तार र एकताबद्ध रूपमा निर्वाचनमा होमिने प्रतिबद्धता दोहो¥याएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार भेषराज आचार्यले वर्तमान राजनीतिक अवस्थालाई संकेत गर्दै कांग्रेसले मात्र लोकतन्त्र, समावेशिता र विकासलाई एकसाथ अघि बढाउन सक्ने धारणा राख्नुभयो । उहाँले राजनीति केवल जित–हारको विषय होइन, जनताको भरोसा जित्ने माध्यम रहेको उल्लेख गर्नुभयो ।
इलाम–२ का जनताको भावना, आवश्यकता र भविष्यलाई केन्द्रमा राखेर काँग्रेस चुनावी मैदानमा होमिएको जनाउँदै उहाँले यो चुनाव परिवर्तनको सही दिशा तय गर्ने अवसर रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हिमालय कर्मचारीले अहिलेको निर्वाचनलाई लोकतन्त्रको संरक्षणसँग जोड्दै यो चुनाव केवल सांसद छान्ने प्रक्रिया नभइ लोकतान्त्रिक मूल्य र संविधानको रक्षा गर्ने निर्णायक मोडको चुनाव रहेको उल्लेख गर्नुभयो । उहाँले कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा जनतासामु स्पष्ट रूपमा लैजानुपने धारणा राख्नुभयो । यस्तै केन्द्रीय सदस्य नगेन्द्र कुमालले कांग्रेसको शक्ति भनेकै कार्यकर्ता रहेको जनउँदै सबै तहका नेता–कार्यकर्ता एउटै लक्ष्यसहित परिचालित भए इलाममा कांग्रेसको जित सुनिश्चित रहेको बताउनुभयो । कार्यक्रममा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरूले चुनावी अभियानलाई थप तीव्र बनाउने, घरदैलो अभियान प्रभावकारी रूपमा सञ्चालन गर्ने र मतदातासँग प्रत्यक्ष संवाद बढाउने निर्णय गरेका छन् ।
इलाम–२ मा १२ वर्षपछि बदला लिने कांग्रेसको दाउ, सुहाङ नेम्वाङलाई आचार्यको कडा चुनौती
गणेश घिमिर माघ १५, इलाम इलाम क्षेत्र नम्बर २ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले घरदैलो अभियानलाई तीव्र
इलाममा ‘अन्डरडग’ दल निर्णायक बन्ने संकेत, ठूला दललाई चक्मा दिने दाउमा रास्वपा, राप्रपा र श्रम संस्कृति पार्टी
गणेश घिमिरे माघ १२, इलाम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा इलाममा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । परम्परागत ठूला
इलाममा प्रतिनिधिसभा निर्वाचनको माहोल तातिँदै, काँग्रेसद्वारा सभापति खड्काको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन ।
गणेश घिमिरे माघ १०, इलाम आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल इलाममा तातिँदै गएको छ । उम्मेदवारी दर्ता सम्पन्न भएसँगै
.png)






प्रतिकृया दिनुहोस