इलाममा ‘अन्डरडग’ दल निर्णायक बन्ने संकेत, ठूला दललाई चक्मा दिने दाउमा रास्वपा, राप्रपा र श्रम संस्कृति पार्टी

गणेश घिमिरे
माघ १२, इलाम 
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा इलाममा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । परम्परागत ठूला दलबीच कडा प्रतिस्पर्धा चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नयाँ दलका रूपमा उदाएको श्रम संस्कृति पार्टीलाई यसपटक ‘अन्डरडग’ का रूपमा हेरिएको छ । यी दलले ठूला दलको मत काट्दै चुनावी परिणाममा निर्णायक प्रभाव पार्न सक्ने आँकलन हुन थालेको छ । इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच त्रिपक्षीय कडा भिडन्त देखिएको छ । यहाँ कांग्रेसका निस्कल राई, एमालेका काजीमान कागते र नेकपाका रणबहादुर राई मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन् ।

यही क्षेत्रमा रास्वपाबाट बिमल गदाल, राप्रपाबाट ज्वाला नेपाल र श्रम संस्कृति पार्टीबाट बिनोद नेम्वाङ्गले परिवर्तन, सुशासन र वैकल्पिक राजनीतिको एजेन्डासहित घरदैलो अभियान तीव्र पारेका छन् । इलाम क्षेत्र नम्बर २ मा कांग्रेस र एमालेबीच सीधा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । कांग्रेसका भेषराज आचार्य र एमालेका सुहाङ नेम्वाङ मुख्य प्रतिस्पर्धी हुन् । यस क्षेत्रमा राप्रपाबाट गणेश प्रसाद दुलाल, रास्वपाबाट गोकुलबहादुर राई र श्रम संस्कृति पार्टीबाट सुदिप राई उम्मेदवार रहेका छन् । उनीहरूले युवामैत्री एजेन्डा, भ्रष्टाचारविरुद्धको आवाज र परम्परागत राजनीतिप्रति असन्तुष्ट मतदातालाई लक्षित गर्दै आक्रामक प्रचार अभियान चलाइरहेका छन् । यसअघि इलामका दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेले लगातार जित हासिल गर्दै आएको इतिहास छ । एमाले आफ्नो राजनीतिक विरासत जोगाउने रणनीतिमा जुट्दा कांग्रेस एमालेको किल्ला तोड्ने दाउमा देखिएको छ । यही प्रतिस्पर्धाबीच रास्वपा, राप्रपा र श्रम संस्कृति पार्टी ‘थर्ड फोर्स’ का रूपमा उदाउँदै ठूला दललाई चक्मा दिने सम्भावना बढ्दै गएको विश्लेषण गरिएको छ । इलामका दुई निर्वाचन क्षेत्रमा कुल मतदाता संख्या २ लाख ३१ हजार ८ सय ९ रहेको छ । बढ्दो चुनावी चहलपहल, नयाँ अनुहार र अन्डरडग दलको सक्रियताले यसपटकको इलामको निर्वाचन परिणाम चासोपूर्ण र अनपेक्षित हुन सक्ने संकेत देखिएको छ ।

प्रतिकृया दिनुहोस

इलाम–२ मा १२ वर्षपछि बदला लिने कांग्रेसको दाउ, सुहाङ नेम्वाङलाई आचार्यको कडा चुनौती

गणेश घिमिर माघ १५, इलाम  इलाम क्षेत्र नम्बर २ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले घरदैलो अभियानलाई तीव्र

निर्वाचनलाई लक्षित गर्दै देउमाईको मंगलबारेमा कांग्रेसको चुनावी भेटघाट, रणनीति र एकतामा जोड 

गणेश घिमिरे माघ ११, इलाम  आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ ले देउमाई नगरपालिका

इलाममा प्रतिनिधिसभा निर्वाचनको माहोल तातिँदै, काँग्रेसद्वारा सभापति खड्काको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन ।

गणेश घिमिरे माघ १०, इलाम आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल इलाममा तातिँदै गएको छ । उम्मेदवारी दर्ता सम्पन्न भएसँगै