उदित हाङ फागोको ‘कर्णालीका पुल’ सिर्जना सार्वजनिक, पूर्वदेखि पश्चिम जोड्ने सांस्कृतिक प्रयास 

गणेश घिमिरे
साउन २६, इलाम 
इलामको सूर्योदय नगरपालिका–फिक्कलका उदित हाङ फागोको सिर्जनामा ‘कर्णालीका पुल’ सार्वजनिक भएको छ । पूर्वी नेपालको इलामदेखि पश्चिम नेपालको कर्णालीसम्मको कला, संस्कृति, सभ्यता र पर्यटनलाई जोड्ने उद्देश्यसहित तयार गरिएको यो सिर्जनाले नेपालको मौलिकताको कथा प्रस्तुत गर्ने प्रयास गरेको छ । ‘कर्णालीका पुल’लाई गीत तथा श्रव्यदृश्य सामग्रीका रूपमा मात्र नभई पूर्व र पश्चिम नेपालबीच सांस्कृतिक तथा भावनात्मक सम्बन्ध स्थापित गर्ने सिर्जनात्मक प्रयासका रूपमा प्रस्तुत गरिएको छ । सिर्जनामा नेपालको मौलिक संस्कृति, परम्परा, कला, साहित्य र पर्यटनलाई समेट्ने प्रयास गरिएको छ । इलामको सूर्योदय क्षेत्रमा जन्मिएर हुर्किएका फागोले आफ्नो सिर्जनात्मक यात्राको सुरुवात नै पूर्वी नेपाल र कर्णालीलाई जोड्ने विषयबाट गरेका हुन् । इलामदेखि कर्णालीसम्मको अवधारणासहित अघि बढाइएको यस सिर्जनाले नेपालको भौगोलिक विविधतासँगै सांस्कृतिक विविधतालाई समेत उजागर गर्ने अपेक्षा गरिएको छ । सिर्जनासँग डोको नाम्लो समूह, हिमालयन ल्याप मनोरञ्जन समूहलगायतका संस्था तथा समूह जोडिएका छन् भने काचु पनि यस सिर्जनासँग सम्बन्धित रहेको उल्लेख गरिएको छ ।

‘कर्णालीका पुल’मार्फत इलामदेखि कर्णालीसम्मका विभिन्न समुदायको संस्कृति, रहनसहन, परम्परा र प्राकृतिक सुन्दरतालाई एउटै भावनात्मक यात्रामा जोड्ने प्रयास गरिएको छ । नेपालका विभिन्न समुदायका मौलिक संस्कृति, परम्परा र प्राकृतिक सुन्दरतामार्फत देशको विविधतालाई देश–विदेशसम्म पु¥याउने उद्देश्य सिर्जनामा देखिन्छ । पूर्वको इलामदेखि पश्चिमको कर्णालीसम्मका फरक भूगोल र संस्कृतिलाई एउटै सिर्जनामा जोड्ने प्रयासले नेपाली कला क्षेत्रमा नयाँ सम्भावना देखाएको छ । फागोको यो सिर्जनात्मक यात्राको पहिलो पाइला भएको भन्दै शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा सफलताको शुभकामना दिएका छन् । ‘कर्णालीका पुल’ले नेपाली कला, संस्कृति र पर्यटनलाई नयाँ ढंगले प्रस्तुत गर्दै दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।


 

प्रतिकृया दिनुहोस

पहिरो नियन्त्रणका लागि इलाममा भेटीबर घाँसको नर्सरी स्थापना, मेची राजमार्गलाई प्राथमिकता

गणेश घिमिरे साउन १०, इलाम  पहिरो नियन्त्रण तथा सडक संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले सडक डिभिजन कार्यालय इलामले भेटीबर घाँसको

पहिरोको जोखिम घटाउँदै मेची राजमार्ग डबल लेनमा, करोडौँका आयोजना अघि बढ्दै 

गणेश घिमिरे साउन ८, इलाम  पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने मेची राजमार्गलाई आधुनिक र सुरक्षित सडकका रूपमा विकास गर्ने

इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकार समक्ष सिफारिस, आपूर्ति सहज बनाउने 

गणेश घिमिरे साउन ७, इलाम मेची राजमार्गको राजदुवाली खण्ड तथा वैकल्पिक सडकमार्गहरू अवरुद्ध भएपछि उत्पन्न संकट समाधानका लागि इलाम नगरपालिकाले नगर