बाढीपीडितका लागि इसाई समाज इलामबाट झण्डै साडे १० लाख राहत सङ्कलन
गणेश घिमिरे
भदौ २६, इलाम
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि इलामका इसाई समुदायले १० लाख ४८ हजार ५ सय १० रुपैयाँ राहत रकम सङ्कलन गरेका छन् । बाढीले ठूलो जनधनको क्षति पु¥याएपछि पीडितको राहत र उद्धारमा सहयोग गर्ने उद्देश्यले जिल्ला इसाई समाज इलामको नेतृत्वमा राहत सङ्कलन अभियान सञ्चालन गरिएको थियो । अभियानमा जिल्लाका विभिन्न पालिकास्तरीय इसाई समाज, स्थानीय तहमा रहेका चर्च, सम्बन्धित व्यक्ति तथा संस्थाहरू सहभागी भएका हुन् । समाजका अनुसार २०८३ साल भदौ २४ गतेसम्म इलामका १ सय ३६ वटा चर्च तथा विभिन्न व्यक्ति र संस्थाबाट १० लाख ४८ हजार ५ सय १० रुपैयाँ सङ्कलन भएको हो । धार्मिक समुदायभित्र मात्र सीमित नरही विपदमा परेका नागरिकको पीडामा साथ दिनुपर्ने मानवीय भावनाका साथ राहत अभियान अघि बढाइएको समाजले जनाएको छ ।
सङ्कलित रकम बाढीपीडितको राहत तथा उद्धारमा प्रयोग होस् भन्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक इलाम शाखामा रहेको प्रधानमन्त्री राहत कोषको खातामा जम्मा गरिएको जिल्ला इसाई समाज इलामका अध्यक्ष टेकबहादुर राईले जानकारी दिनुभयो । राहत रकम कोषमा जम्मा गरेपछि समाजले त्यसको विवरण समेत पारदर्शी रूपमा सार्वजनिक गरेको छ । रकम जम्मा गरिएको बैंक भौचरको प्रमाणित प्रतिलिपि सहित सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालय इलाममा बुझाइएको छ । सो रकम जम्मा भएको जानकारी गराउँदै बाढीपीडितसम्म राहत पु¥याउने कार्यमा आवश्यक सहजीकरणका लागि प्रशासनलाई अनुरोधसमेत गरिएको छ । विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा मानवीय दायित्व भएको जिल्ला इसाई समाजका सचिबालय सदस्य लिलाप्रसाद थापाले बताउनुभयो । बाढीबाट प्रभावित नागरिकलाई आफ्नै दाजुभाइ तथा दिदीबहिनीका रूपमा सम्झेर प्रेम, सद्भाव र सहयोगको भावना साथ राहत सङ्कलन गरिएको उहाँको भनाइ छ ।
समाजका जिल्ला सचिब मोहन कुमार गुरुङ्ग (अशोक) ले प्राकृतिक विपद्ले नागरिकको जीवनमा गम्भीर संकट निम्त्याएका बेला धर्म, समुदाय र भूगोलभन्दा माथि उठेर मानवीय सहयोग गर्नु नै अहिलेको आवश्यकता रहेको जनाउँदै यही भावनाका साथ इलामका चर्च तथा इसाई समुदायले आफ्नो क्षमता अनुसार रकम जुटाएर बाढीपीडितको राहतका लागि सहयोग गरेको उल्लेख गर्नुभयो । विपद्को घडीमा राज्यका निकायसँगै विभिन्न सामाजिक तथा धार्मिक समुदाय पनि सहयोगमा जुटिरहेका बेला इलामका इसाई समुदायले सङ्कलन गरेको १० लाख ४८ हजारभन्दा बढी रकमले मानवीय संवेदना, सामाजिक एकता र विपद्मा परेकाप्रतिको साझा दायित्वलाई उजागर गरेको छ ।
सहकारी क्षेत्रबाट भोटेकोशी बाढीपीडितका लागि ६ लाख ४० हजार राहत
गणेश घिमिरे भदौ २४, इलाम रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि इलामको सहकारी क्षेत्रले ६ लाख ४०
प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण
गणेश घिमिरे भदौ १९, इलाम इलामकी कवि तथा साहित्यकार प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण गरिएको छ । पौडेलको साहित्यिक यात्राको सातौँ
स्वर्गीय माता–पिताको स्मृतिमा राइ दम्पत्तिद्धारा नारायणस्थानमा प्रवेशद्वार निर्माण
गणेश घिमिरे भदौ १९, इलाम धार्मिक तथा पर्यटकीय महत्व बोकेको इलामको नारायणस्थान मन्दिरमा नयाँ प्रवेशद्वार निर्माण गरिएको छ । इलाम नगरपालिका–७
.png)





प्रतिकृया दिनुहोस