फुटबल मैदानदेखि कांग्रेस राजनीतिसम्म, क्षेत्रीय सदस्यमा पूर्णबहादुर लिम्बूको उम्मेदवारी

गणेश घिमिरे
इलाम, असोज ९
खेलकुद तथा सामाजिक क्षेत्रमा सक्रिय पूर्णबहादुर लिम्बू (फत्र माइला)ले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । इलाम नगरपालिका–५ बरबोटे स्थित बिब्ल्याँटेका लिम्बू कोशी प्रदेश फुटबल संघका उपमहासचिव तथा जिल्ला फुटबल संघ इलामका उपाध्यक्ष हुन् । लामो समयदेखि खेलकुद, सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय लिम्बू पछिल्लो समय कांग्रेसको राजनीतिमा समेत सक्रिय बन्दै क्षेत्रीय सदस्य पदमा उम्मेदवार बनेका हुन् । युवालाई खेलकुदसँग जोड्ने अभियानमा सक्रिय लिम्बूले आफ्नो गाउँठाउँ बिब्ल्याँटेमा रहेको खेलमैदानमा विभिन्न पर्व तथा अवसर पारेर नियमित रूपमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएका छन् । खेलकुदलाई मनोरञ्जनमा मात्रै सीमित नराखी युवाको प्रतिभा पहिचान र विकासको माध्यम बनाउनुपर्ने मान्यताका साथ उनले स्थानीय स्तरमा खेल गतिविधि विस्तारमा भूमिका खेल्दै आएका छन् । बिब्ल्याँटेमा लिम्बूकै पहलमा हेलिबोथ फुटबल क्लब स्थापना भएको हो ।

उक्त क्लबमार्फत स्थानीय तथा जिल्ला स्तरमा विभिन्न प्रतियोगितामा सहभागी हुने खेलाडी उत्पादनमा समेत योगदान पुगेको छ । खेलकुद क्षेत्रमा उनको निरन्तर सक्रियताका कारण उनी इलामका युवा पुस्तामाझ परिचित छन् । फुटबलसँगै सामाजिक तथा सांस्कृतिक गतिविधिमा पनि लिम्बूको सक्रियता छ । विभिन्न पर्व तथा अवसरमा देशका चर्चित कलाकारलाई इलाम ल्याएर सांगीतिक कार्यक्रम आयोजना गर्न उनले भूमिका निर्वाह गर्दै आएका छन् । खेलकुद र सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहने भएकाले स्थानीय युवामाझ उनी ‘फत्र माइला’ उपनामले समेत परिचित छन् । सामाजिक काममा सहजै घुलमिल हुने र युवासँग प्रत्यक्ष जोडिएर काम गर्ने स्वभावका लिम्बू अब राजनीतिक माध्यमबाट युवाका मुद्दा र आवाजलाई संस्थागत रूपमा उठाउने उद्देश्यसहित कांग्रेसको क्षेत्रीय सदस्य पदमा प्रतिस्पर्धामा उत्रिएका हुन् । युवाको नेतृत्व र सहभागितालाई प्राथमिकतामा राखेर आफू राजनीतिमा सक्रिय हुन थालेको लिम्बूको भनाइ छ । स्थानीयस्तरमा युवाको उपस्थिति र सक्रियता बढाउन खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले राजनीतिक क्षेत्रमा पनि युवाका आवश्यकता र सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।

कांग्रेस सभापति गगन थापाको नेतृत्वमा पार्टीले नयाँ पुस्तालाई राजनीतिमा जोड्ने र संगठनलाई थप गतिशील बनाउने विषयलाई प्राथमिकता दिएको बताइरहेका बेला लिम्बूजस्ता खेलकुद तथा सामाजिक क्षेत्रमा सक्रिय युवाहरू कांग्रेसको संगठनात्मक गतिविधिमा आकर्षित हुन थालेको देखिन्छ । सामाजिक तथा खेलकुद गतिविधिमा सक्रिय रहँदै आएका लिम्बूले अब त्यही अनुभवलाई राजनीतिक क्षेत्रमा उपयोग गर्दै युवाको आवाजलाई थप बुलन्द बनाउने लक्ष्यसहित क्षेत्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
 

प्रतिकृया दिनुहोस

कांग्रेस महाधिवेशन प्रतिनिधिमा जनकराज तिमिल्सिनाको उम्मेदवारी, सामाजिक सेवासँगै युवामाझ लोकप्रियता

गणेश घिमिरे असोज ५, इलाम  नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत इलाम क्षेत्र नम्बर २ बाट खस आर्यतर्फ महाधिवेशन प्रतिनिधिमा जनकराज

बाढीपीडितका लागि इसाई समाज इलामबाट झण्डै साडे १० लाख राहत सङ्कलन

गणेश घिमिरे भदौ २६, इलाम  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि इलामका इसाई समुदायले १० लाख ४८ हजार ५ सय १०

सहकारी क्षेत्रबाट भोटेकोशी बाढीपीडितका लागि ६ लाख ४० हजार राहत

गणेश घिमिरे भदौ २४, इलाम  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि इलामको सहकारी क्षेत्रले ६ लाख ४०

↑