इलाममा पनि मनाइयो  अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

गणेश घिमिरे
असोज १५, इलाम 
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । इलाममा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो । त्यसपछि विश्वभर आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ । दिवसमा स्थानीय र विश्वव्यापी नेतृत्व गरेका वृद्ध व्यक्तिहरूको योगदानको चर्चा गरिएको थियो । वृद्धवृद्धाहरूको आकांक्षा, उनीहरूको सुरक्षा र अधिकारका विषयमा छलफल भएका छन् । जिल्लामा जिल्ला प्रहरी कार्यालय इलामले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम महिला जागरण संघ अन्तर्गत माइभगवती बृद्धाश्रम समितिको सहआयोजना र जेष्ठ नागरीक संघको ब्यबस्थापनमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रहरी कार्यालयका असइ शिशिर कुमार श्रेष्ठले जेष्ठ नागरीकको कानुनी अधिकार, नेपाल सरकारबाट जेष्ठ नागरिकलाई दिँदै आएको सेवा सुबिधाका बारेमा जानकारी गराउनु भएको थियो ।

नेपालको संविधानले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रदान गर्दै आएको छ । कार्यक्रममा उपस्थित जेष्ठ नागरीकले कानुनमा उल्लेख र आवश्यक सेवा सुबिधाको बारेमा धेरै जानकारी नभएको र जानकारी हुँदा सम्म उचित सेवा सुबिधा नपाइरहेको गुनासो गरेका थिए । जेष्ठ नागरिक संघ इलामका अध्यक्ष देवी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा महिला जागरण संघकि तथा इलाम नगरपालिका ९ कि वडा सदस्य कमला बरालले ज्येष्ठ नागरिकहरूले जीवनभर संगालेका ज्ञान, सिप र अनुभवलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा जेष्ठ नागरीकहरुबाट बिभिन्न साहित्यक रचनाहरु पनि बाचन गरीएको थियो । 

प्रतिकृया दिनुहोस

दुई दशक लामो पत्रकारितापछि राजनीतिमा पुनः सक्रिय, कांग्रेस महाधिवेशन प्रतिनिधिमा सोमनाथ सुसेलीको उम्मेद्धारी घोषणा

गणेश घिमिरे असोज १२, इलाम  दुई दशकभन्दा लामो समय पत्रकारितामा सक्रिय वरिष्ठ इलामका सञ्चारकर्मी सोमनाथ अधिकारी ‘सुसेली’ले नेपाली कांग्रेसको १५

खेलकुदबाट राजनीतितर्फ धनजीत मुखिया, कांग्रेस क्षेत्रीय सदस्यमा उम्मेदवारी

गणेश घिमिरे असोज १२, इलाम  इलाम नगरपालिका–४ जसबिरेका धनजीत मुखियाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय

फुटबल मैदानदेखि कांग्रेस राजनीतिसम्म, क्षेत्रीय सदस्यमा पूर्णबहादुर लिम्बूको उम्मेदवारी

गणेश घिमिरे इलाम, असोज ९ खेलकुद तथा सामाजिक क्षेत्रमा सक्रिय पूर्णबहादुर लिम्बू (फत्र माइला)ले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत इलाम

↑