सुवेदी र गिरीलाई पत्रकारिता पुरस्कार 

                  नेपाल बेस्ट म्युजीक अवार्ड–२०२१ मा चलचित्र पत्रकार द्धय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत हुने भएका छन् ।

                    असोज १८ गते काठमाडौको चन्द्रागिरीमा आयोजना हुने अवार्ड प्रदान समारोहमा चर्चित चलचित्र पत्रकार सुवेदी र गिरीलाई नगद राशी सहित पत्रकारिता पुरस्कार–२०२० बाट सम्मान गर्न लागिएको आयोजक संस्था तुलसी मिडियाले जनाएको छ  । 
                  बिगत झण्डै दुई दशकदेखि अनवरत रुपमा पत्रकारिता गर्दै आइरहेका सुवेदी र गिरीलाई उनीहरुले मनोरञ्जन पत्रकारिताको क्षेत्रमा दिएको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको जानकारी आयोजक संस्थाका प्रमुख तथा अवार्ड संयोजक नवराज भण्डारीले दिएका छन् ।

               बिभिन्न साप्ताहिक,मासिक, पाक्षिक पत्रिका हुदै टेलिभिजन तथा नयाँ पत्रिका दैनीकमा लामो समय पत्रकारिता गरेका सुवेदी र पछिल्लो केही बर्षयता रातोपाटी डटकममा कार्यरत गिरीले यसअघि पनि थुप्रै पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् ।  
               ‘नेपालको शान,संगीतको पहिचान’ भन्ने नाराका साथ आयोजना गर्न लागीएको अवार्डको उत्कृष्ट ५ मनोनयन केही समय अघिनै सार्वजनीक भइसकेको छ । बिभिन्न ३६ बिधामा अवार्ड प्रदान गरिने अवार्डले नेपाली गीतसंगीतको प्रबद्र्धन गर्दै यस क्षेत्रलाई चलायमान बनाउन प्रभावशाली भूमिमा खेल्ने बिश्वास आयोजक संस्थाको छ । अवार्ड समारोहमा गीतसंगीत, चलचित्र लगायतका बिभिन्न क्षेत्रका बिशिष्ट ब्यक्तिको उपस्थिति रहने जनाइएको छ । 
 

प्रतिकृया दिनुहोस

दुइदिने साहित्य महोत्सव अन्तिम तयारीमा 

गणेश घिमिरे चैत्र २५, इलाम  साहित्यको माध्यमबाट इलामको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाम सदरमुकाममा भोलिदेखि दुई दिने ‘इलाम साहित्य

लोकपप गायक सुनिल गिरीको लेकाली भेगैमा सुनिलसँग उर्मिलाको रोमान्स

काठमाडौँ । लोकपप गायक सुनिल गिरीको नयाँ गीत लेकाली भेगैमाको भिडियो सार्वजनिक गरिएको छ ।  प्रतिवद्धको शब्द शृजनामा गायक सुनिलको  संगीत र एरेन्जमा

‘यात्रा’को ‘डुली डुली’ रिलिज, मलिकाको आकर्षक प्रस्तुती

चैत्रको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यात्रा’मा समावेश तेश्रो गीत ‘डुली डुली’ सार्वजनिक भएको छ । मेलिना राइको आवाजमा समावेश यो गीतमा