दुइदिने साहित्य महोत्सव अन्तिम तयारीमा 

गणेश घिमिरे
चैत्र २५, इलाम 
साहित्यको माध्यमबाट इलामको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाम सदरमुकाममा भोलिदेखि दुई दिने ‘इलाम साहित्य महोत्सव’ आयोजना हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए । साहित्यका माध्यमबाट समेत पर्यटन विकास गर्न सकिन्छ भन्ने उदेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष थाम्सुहाङल बताए । इलाम नगर साहित्य कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा हुने महोत्सव सोमबारसम्म चल्नेछ ।

‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ हुने महोत्सवमा नेपाल र भारतका एकसय बढि साहित्यकारको सहभागिता रहने इलाम साहित्य समाजका अध्यक्ष सुरेन्द्र राइृले बताउनुभयो । महोत्सवमा नेपालका झापा, मोरङ, चितवन, हेटौंडा, काठमाडौं, पोखरालगायतका स्थानका साहित्यकारसहित भारतको सिक्किम, कालिङपुङ, दार्जिलिङ, कोलकत्ता, झारखण्ड, सिलगुडीका  साहित्यकारको सहभागीता रहनेछ । महोत्सवमा पहिलो दिन ‘अंक, अर्थ र अध्यात्म’, ‘राजनीतिमा एजेण्डा कि अनुहार’, ‘कवितामा स्थानीय चेत’, ‘नेपालको पर्यटनमा पूर्वेली भाषा’, ‘कला र आदिवासी सौन्दर्य चेतना’ र ‘कस्तो चेतना’ विषयमा छलफल हुनेछ । त्यस्तै दोस्रो दिन ‘लेखन सफल कि सार्थक’, ‘समावेशी लेखन र समकालीनता’, ‘महाभारादेखि टिष्टासम्म’, ‘मातृभाषा साहित्यमा शिल्प चेतना’, ‘फिक्सन डिजाइनर इन पोइट्री’, ‘जनआकांक्षा, विकास र पर्यावरण’, ‘नारी पर्या–साहित्य र सत्ता’ र ‘पहिचानको सङ्घर्ष’ विषयमा छलफल हुनेछ । २०७६ मा पहिलोपटक इलाममा साहित्य महोत्वस आयोजना गरिएको थियो । तर कोरोना भाइरस (कोभिड १९) महामारीका कारण अघिल्ला वर्षमा महोत्सव आयोजना गर्न नसकिएपनि यो वर्षदेखि महोत्सवलाई निरन्तरता दिने अध्यक्ष थाम्सुहाङले बताए ।

प्रतिकृया दिनुहोस

सुवेदी र गिरीलाई पत्रकारिता पुरस्कार 

                  नेपाल बेस्ट म्युजीक अवार्ड–२०२१ मा चलचित्र पत्रकार द्धय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत हुने भएका छन् ।          

लोकपप गायक सुनिल गिरीको लेकाली भेगैमा सुनिलसँग उर्मिलाको रोमान्स

काठमाडौँ । लोकपप गायक सुनिल गिरीको नयाँ गीत लेकाली भेगैमाको भिडियो सार्वजनिक गरिएको छ ।  प्रतिवद्धको शब्द शृजनामा गायक सुनिलको  संगीत र एरेन्जमा

‘यात्रा’को ‘डुली डुली’ रिलिज, मलिकाको आकर्षक प्रस्तुती

चैत्रको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यात्रा’मा समावेश तेश्रो गीत ‘डुली डुली’ सार्वजनिक भएको छ । मेलिना राइको आवाजमा समावेश यो गीतमा