रेफ्रिलाई ब्यबस्थित गर्न इलाम जिल्ला रेफ्रि संघ गठन

गणेश घिमिरे
भदौ ३, इलाम 

इलाममा इलाम जिल्ला फूटबल रेफ्रि संघ गठन भएको छ । जिल्ला फूटबल संघको पहलमा रेफ्रि संघ गठन गरेको हो । बालकृष्ण राई (एकल विके) को अध्यक्षतामा १७ सदस्यिय रेफ्रि संग गठन गरेको हो । संघको उपाध्यक्षहरुमा रन्जु यल्मु, दिलिपकुमार राई, धनजित मुखिया, महासचिबमा महेश खड्का, उपमहासचिबमा मनोजकुमार लिम्बू, कोषाध्यक्षमा सुरेश थापा मगर रहनु भएको छ ।

जसको सदस्यहरुमा विनोद क्षेत्री, राकेश थापा मगर, याम राई, डम्बर सिंह तामाङ, महेश मगर, भक्त बहादुर राई, मन्जित तामाङ, प्रज्वल क्षेत्री, गणेशराज सुवेदी, ललित तामाङ, जितन राई र राजु थापा मगर रहनु भएको छ । रेफ्रि संघका केन्द्रिय सदस्य प्रदिप कुमार बस्नेतको उपस्थितीमा इलाम जिल्ला रेफ्रि संघ गठन गरीएको जिल्ला फूटबल संघका उपाध्यक्ष फत्र लिम्बूले बताउनुभयो । जिल्लामा ५० जनाको हाराहारीमा रेफ्रिहरु रहेपनि जिल्ला फूटबल संघमा २०÷२२ जना रेफ्रिहरु मत्र आबद्ध रहेको जिल्ला फूटबल संघ इलामका अध्यक्ष बिक्रम श्रेष्ठले बताउनुभयो ।

जिल्लामा हुने कुनैपनि फूटबल प्रतियोगिताहरुमा रेफ्रिहरु जाने, आफूखुशि पैसा लिने लगायतका क्रियाकलाप बढिरहेको अवस्थामा यसलाई ब्यबस्थित गर्नका लागि रेफ्रि संघ गठन आवश्यक रहेको संघका केन्द्रिय सदस्य बस्नेतको भनाई छ । अब कुनैपनि फूटबल प्रतियोगिता खेलाउनु परे जिल्ला फूटबल संघबाट अनुमति लिएर मात्र प्रतियोगिता खेलाउन पाउनेछन् । 

प्रतिकृया दिनुहोस

चुलाचुली च्याम्पियन्स लिग साउन १२ गतेबाट , लिग च्याम्पियनले एकलाख पाउने

गणेश घिमिरे साउन १०, इलाम  पालिकाभित्रबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्येश्यले इलामको चुलाचुली गाउँपालिकामा चुलाचुली च्याम्पियन्स लिग

जेठ ११ बाट इलाममा ए डिभिजन जिल्ला लिग, पाँचवटा क्लब रेलिगेसनमा पर्ने

गणेश घिमिरे जेठ ४, इलाम  अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार इलाममा आउँदो जेठ ११ देखि १९ गतेसम्म जिल्ला ‘ए डिभिजन लिग’ फुटबल

खेलकुदमा माईजोगमाईको लगाव,  बालागुरु खेलमैदानमा अध्यक्ष कप अन्तरपालिका फूटबल प्रतियोगिता

          गणेश घिमिरे बैशाख २३, इलाम  पछिल्लो समय इलामका दश पालिका मध्ये माईजोगमाई गाउँपालिकाले खेलकुद क्षेत्रलाई बढी प्राथमिकतामा राख्दै