सहयात्रालाई नगरपालिकाले दुईलाख सम्म सहयोग गर्ने
![](https://nepalbani.org.np/uploads/news/images/1880703617fcaeab26-20d4-4186-b527-c11b40860cba.jpeg)
गणेश घिमिरे
पुष २२, इलाम
सहयात्रा नेपाल, इलामको १० औं बार्षिक साधारण सभा इलाम सदरमुकममा सोमबार सम्पन्न भएको छ । हेमकुमारी (गंगा) शिबाको अध्यक्षता एवं इलाम नगरपालिकाकी उपमेयर बिष्णु लिम्बू दाहालको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । सो क्रममा उपमेयर दाहालले सहयात्राले खानेपानी मुहान तथा सिमसार संरक्षणसंगै जलबायू परिवर्तन एवं महिलाहरुको आय आर्जन बढाउन गरेका कामको प्रशंसा गर्दै सहयात्राको हरेक कामलाई साथ दिन इलाम नगरपालिका हरबखत तयार रहेको बताउनुभयो । उहाँले सहयात्राको कामको लागि संस्थालाई आगामी आर्थिक बर्षको बजेटमा बढीमा दुईलाखसम्म रकम बिनीयोजन गर्ने आश्वसन समेत दिनुभयो । सभामा संस्थाकी सचिब सबिना ढुंगेलले बार्षिक प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष सबिता पाण्डेले ६९ लाख ४६ हजार रुपैंयाँ बराबरको आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो । उद्घाटन सत्रमा इलाम नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, गैसस महासंघका अध्यक्ष भक्त थामी, नेपाल बार एशोसिएसनकी अध्यक्ष बिद्या सापकोटा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सभाको अवसरमा संस्थाले संस्थाका प्राबिधिक शेरबहादुर थापा र संस्थाकी सदस्य दिक्षा गुरुङ्गलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । इलाम जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको संस्थाले टेवा नेपाल काठमाडौं, प्रकृति रिसोर्सेस सेण्टरको आर्थिक सहयोगमा काम गर्दै आएको छ । इलाममा २०७१ सालमा स्थापित यो संस्थामा २५ जना साधारण सदस्य रहेका छन् ।
![](https://nepalbani.org.np/uploads/news/images/thumb255/219005099IMG_6620.jpeg)
सेतीदेवीको साधारण सभामा बिभिन्न बिधामा उत्कृष्ट सदस्यलाई सम्मान
गणेश घिमिरे पुष २७, इलाम सेतीदेवी बहुउद्येश्यिय सहकारी संस्था इलामको २७ औं बार्षिक साधारण सभा सदरमुकाममा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन
![](https://nepalbani.org.np/uploads/news/images/thumb255/340317753IMG_6632.jpeg)
बिभिन्न आरोह अबरोह पार गर्दै शताब्दी सहकारीको २५ बर्ष पूरा, मेयर÷पूर्व उपमेयर र पूर्व अध्यक्ष्यलाई बिशिष्ठ सम्मान
गणेश घिमिरे पुष २७, इलाम बिभिन्न आरोह अबरोह पार गर्दै शताब्दी बचत तथा ऋण सहकारी संस्था इलामले आफनो २५ औं बर्षगाठ (रजत जयन्ती) मनाएको छ । रजत जयन्ती
![](https://nepalbani.org.np/uploads/news/images/thumb255/1572296281mayako-chino.jpeg)
अतिथिलाई मायाको चिनो तरकारीको पोको
गणेश घिमिरे पुष २२, इलाम अतिथिलाई स्वागत र सम्मान गर्दै माला, खादा, टोपी, ब्याच लगाउने गाउँदेखि सहरसम्मको प्रचलन छ । कार्यक्रम समापनको
प्रतिकृया दिनुहोस