एकपछि अर्को सफलता चुम्दै रेडहर्ष एफसि, खेलाडीको सम्मानमा वडाध्यक्ष श्रेष्ठ

गणेश घिमिरे
इलाम, भदौ २२ 
ब्यबस्थित खेल मैदानको अभाव इलामका खेलाडीले झेलिरहेका छन् । राम्रोसंग प्रशिक्षण समेत नपाइरहेका यहाँका खेलाडीले आफनै बलबुँतामा आफनो खेल कौशल पस्किरहेका छन् । बिशेष गरेर इलाममा फूटबल र क्रिकेटको क्रेज बढी छ । त्यसमा पनि फूटबलको क्रेज बढी छ । फूटबलको क्रेज बढ्दो अवस्थामा रहेको इलाममा बिभिन्न फूटबल क्लबहरु रहेका छन् । कति सक्रिय त कति निस्कृय छन् । केही क्लबले स्तर बढाउनुका साथै जिल्ला तथा प्रदेशमा हुने फूटबल प्रतियोगितामा एकपछि अर्को सफलता चुम्दै गएको छ । त्यसकै एउटा उदाहरण हो, इलामको रेडहर्ष फूटबल क्लब । क्लबको आफ्नै सक्रियता र पहल छ भने खेलाडीले ब्यबस्थित मैदानको अभाव झेलिरहँदा आफनै मेहनतमा बिभिन्न स्थानमा हुने प्रतियोगितामा सफलता हात पार्दै आएका छन् ।

गत असारमा कोशि प्रदेशको ओखलढुंगामा सम्पन्न कोशी प्रदेशस्तरीय मुख्यमन्त्री कपको उपाधि यहि रेडहर्ष फूटबल क्लब इलामले उचाल्यो । फाइनल खेलमा संखुवासभालाई ३–शुन्य गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको थियो । जितसँगै क्लबले नगद दुई लाखसहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त हात पारयो । त्यसको दुई महिना बित्न नपाउँदै कोशी प्रदेशकै ताप्लेजुङ्गमा सम्पन्न ताप्लेजुङ गोल्ड कपको उपाधि पनि यहि रेडहर्ष फुटबल क्लब इलामले हात पारयो । जुट विकास एफसि ईटहरी सुनसरीलाई १–शुन्यले हराएर प्रथम ताप्लेजुङ गोल्डकपको ताज पहिरीएर नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँसमेत हात पारयो । एकपछि अर्को सफलता हात पार्दै इलामको सान बढाएको रेडहर्ष फूटबल क्लबलाई भने प्रतियोगिता खेल्न जान भने आर्थिक संकटकै अभाव हुने गरेको छ । कहिँकतैबाट सहयोग जुट्ने गरेको छैन । स्थानीय सरकार पनि खेलाडीको मनोबल बढाउन र खेल क्षेत्रको बिकासमा सधै मौन झै बसेको छ । प्रतियोगिता खेल्न जाँदा खेलाडी ब्यबस्थापनदेखि हरेक कुराको समस्या आउने गरेपनि कतैबाट सहयोग नजुट्ने गरेको क्लबका सदस्य सुबास अधिकारीले बताउनुभयो ।

यता मुख्यमन्त्री कप जितेर आउँदा होस् या ताप्लेजुङ्ग गोल्डकपको उपाधि जितेर आउँदा होस् इलाम नगरपालिका वडा नम्बर ७ ले खेलाडीको मनोबल बढाउनका लागि सम्मान गरेको छ । भर्खरै ताप्लेजुङ्ग गोल्डकपको उपाधि जितेको क्लबका खेलाडी तथा क्लबका पदाधिकारी एवं सदस्यलाई वडा नम्बर ७ ले सम्मान गरेको हो । वडाध्यक्ष नरेश श्रेष्ठले सम्मान गर्दै रेडहर्ष फूटबल क्लब इलामको एउटा ब्राण्ड भइसकेको बताउनुभयो । उहाँले यसै क्लबको आयोजनामा जिल्लामा प्रदेश स्तरीय फूटबल प्रतियोगिता गर्न सुझाव दिनुभयो । त्यसका लागि आफनो तर्फबाट सक्दो सहयोग र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । क्लबका सदस्य एवं इलामका फूटबल प्रशिक्षक पासाङ शेर्पाले इलामको फूटबल बिकासका निम्ति सबै क्षेत्रको सहयोग आवश्यक रहने बताउनुभयो । 

प्रतिकृया दिनुहोस

१३ बर्ष मुनिको फूटबल छनौटमा इलामबाट ६२ खेलाडी छानिए

गणेश घिमिरे चैत २६, इलाम  इलामबाट उमेर समूहका खेलाडीहरु छनौट गरीएको छ । उमेर समूहका खेलाडीलाई एकाडेमीमा राख्दै एन्फा टेक्निकल सेन्टरमा सञ्चालन

प्रथम संस्करणको इलाम गोल्डकपको तयारी तीब

गणेश घिमिरे पुष ८, इलाम  फूटबललाई संस्कृति मान्ने इलामेलीहरुले लामो समयदेखि फूटबलको मज्जा लिन पाएका छैनन् । इलाम सदरमुकाममा रहेको एकमात्र ठूलो

कात्तिक २३ देखि इलाममा सन्तोष अधिकारी मेमोरीयल कोशी प्रदेश चेस प्रतियोगिता

गणेश घिमिरे कात्तिक १३, इलाम  प्रतियोगिता संख्या आधार मान्ने हो भने बुद्धिचाल नेपालको सक्रिय खेलमा पर्छ । पछिल्लो पाँच वर्षयता बुद्धिचालका घरेलु