नेम्वाङको राजनीति यात्रा र योगदान

गणेश घिमिरे
भदौ २६, इलाम
नेकपा (एमाले) उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको मंगलबार बिहान हृदयघातका कारण निधन भयो । नेम्वाङको असमायिक निधनले उहाँको जन्म जिल्ला इलाम मात्र हैन देश नै शोकमा डुब्यो । देशले एउटा असल अभिभावक गुमाएको छ । इलाम नगरपालिका ७ सुन्तलाबारीमा बाबु रामबहादुर नेम्बाङ र आमा अपिन्द्रकुमारीको कोखबाट २००९ फागुन २८ मा जन्मिनु भएका नेम्बाङको बाल्यकाल इलाममै बित्यो । उहाँले इलाममै बसेर माध्यमिक र उच्च शिक्षा लिनुभयो ।
नेम्वाङको राजनीति यात्रा र योगदान
विद्यार्थीकालदेखि नै राजनीतिमा होमिनुभएका नेम्वाङ २०२९ सालमा अनेरास्ववियुका तर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा स्ववियु सभापति बन्नुभयो । २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएका नेम्वाङ तत्कालीन नेकपा मालेमा संगठित सदस्य बन्नुभएको थियो । २०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेको कानुन विभाग प्रमुख हुँदै २०५८ सालबाट नेम्वाङ केन्द्रीय सदस्यमा मनोनित हुनुभयो । एमालेको सातौँ महाधिवेशनमा उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । २०७१ सालमा भएको नवौँ महाधिवेशनपछि उहाँ स्थायी कमिटी सदस्य र २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा उपाध्यक्ष बन्नुभयो । नेम्वाङ विसं २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्षरसभामुख र २०७२ सालमा सभामुख हुनुभएको थियो । विक्रम संबत २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बन्नुभएका उहाँ त्यस लगत्तै पुनः राष्ट्रियसभा सदस्य हुनुभयो । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उहाँ संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति हुनुभएको थियो । विक्रम संबत २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभयो । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) रहनुभएका उहाँले पञ्चायती निरङ्कुशता विरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्द पर्नुभएको थियो । प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा उहाँ सात महिना जेल पर्नुभयो । नेम्वाङले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७५ बाट नेकपा स्थायी कमिटी सदस्य बन्नुभएको थियो । २०४८ देखि हालसम्म उहाँ लगातार सांसद रहनुभएको छ । उहाँ प्राध्यापक संघमा पनि सक्रिय हुनुहुन्थ्यो भने नेपाल बार एसोसिएसनको महासचिव पनि हुनुभयो । राज्यबाट उहाँलाई संविधानसभा पदक, राष्ट्र गौरव पदक प्राप्त छ । गणेशमानसिंह प्रतिष्ठानले उहाँलाई गणेशमानसिंह जनआन्दोलन स्वर्ण पदक प्रदान गरेको छ । नेम्वाङ नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रुपमा चिनिनुहुन्थ्यो ।
इलाम बासिको नजरमा नेम्वाङ
१) डम्बर खड्का÷सभापति नेपाली काँग्रेस
आदारणिय सुबासचन्द्र नेम्वाङ राजनेता हुनुन्थ्यो । उहाँ सर्बमान्य नेता हुनुन्थ्योे । उहाँको निधनले नेपाली राजनीतिले अभिभावक गुमाएको छ । बालबच्चा देखि बृद्धबृद्धा सबैको प्रिय भएरै बिदा हुनुभयो । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
२) कुबेर निरौला÷स्थानीय, इलाम नगरपालिका ७
राष्ट्रले एउटा शिखर पुरुष गुमाएको छ । उहाँ असल, इमान्दार, निस्कलङक नेताको रुपमा चिनीनुहुन्थ्यो । एउटै पार्टीमा रहेर लामो योगदान दिनुभएका नेम्वाङको निधनले हामी सबैलाई दुखित तुल्याएको छ । हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।
३) उमेश गुरुङ÷नेकपा एमाले सचिब, इलाम
सुबासचन्द्र नेम्वाङको निधनले नेकपा एमालेलाई मात्र नभएर सिंगो देशको राजनीतिमा क्षती पुगेको छ । उहाँले नेपाली राजनीति र बिकास निर्माणमा पुरयाएको योगदान स्वर्णिम अक्षरले लेखिनेछ । सबैलाई मिलाएर लैजानु उहाँको मुख्य ध्येय थियो । कुनैपनि पार्टी, त्यसका नेता तथा कार्यकर्तालाई बिभेदको नजरले नहर्ने एउटा शालिन नेता देशले गुमाएको छ । हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।
४) कुमार बैद्य÷सहपाठी, इलाम नगरपालिका ७
सुबासचन्द्र नेम्वाङ र म सानैदेखि साथी साथी हौं । सानैबाट मिहेनती र लगनशिल नेम्वाङ राजनीतिमा कलिलै उमेरबाट होमिएको हो । नेपाली राजनीतिमा निस्कलङ्क हुने राजनेताको रुपमा आफूले नेम्वाङलाई चिन्दछु । नेम्वाङको असमायिक निधनले इलाम मात्र नभएर सिंगो देशलाई नै क्षती पुगेको छ । नेम्वाङको निधनले आफू धेरै मर्माहत भएको छु । मृतक नेम्वाङप्रति हार्दिक समबेदना प्रकट गर्दछु ।

दुईजना प्रतिष्पर्धीलाई पछि पार्दै दोस्रो पटकको प्रयासमा खनाल अध्यक्षमा निर्वाचित
गणेश घिमिरे पुष २१, इलाम निर्माण ब्यबसायी संघ इलामको १० औं जिल्ला अधिबेशनबाट अध्यक्षमा डिल्लि खनाल निर्वाचित हुनुभएको छ । दुईजना प्रतिष्पर्धीलाई

इलाममा गजराजसिंह थापा सामुदायिक पुस्तकालय स्थापना
गणेश घिमिरे असार २७, इलाम इलाम सदरमुकाममा सामुदायिक पुस्तकालय स्थापना गरीएको छ । इलाम नगरपालिका स्थित अरनीको संग्राहलयमा गजराजसिंह थापा

चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना हो ः महामन्त्री थापा
गणेश घिमिरे बैशाख ८, इलाम नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना रहेको बिचार प्रकट
प्रतिकृया दिनुहोस