गृह जिल्ला आउँदा सुबास नेम्वाङका छोरा सुहाङको राजनीतिमा आउने संकेत, एमालेले नेम्वाङको स्मृतिमा पार्क र प्रतिमा बनाउने

गणेश घिमिरे
असोज २, इलाम ।
संविधान सभा अध्यक्ष एवं पूर्व सभामुख स्वर्गिय सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङले गृह जिल्ला इलाम आएर राजनीतिमा आउने संकेत गर्नुभएको छ । बुवाको सपना पूरा गर्न आफू लागिपर्ने बताउँदै छोरा नेम्वाङले बुवाका अधुरा सपना धेरै छन् । ती सपना पूरा गर्नका लागि लागि पर्ने बताउनुभयो । नेकपा एमाले इलामको संयोजनमा कोशी प्रदेश कमिटीले इलाम चोक बजारमा आयोजना गरेको श्रद्धाञ्जली सभामा सुहाङले आफू राजनैतिक परिवेशमा जन्मेको ब्यक्ति भएपनि राजनैतिक परिवारमा हुुरक्यो भन्दैमा परिवारको कसैले अवसर पाउनुपर्छ भन्ने आफूले नठान्ने तर राजनैतिक जिम्मेवारी नहुँदा नहुँदैपनि बाबुले पूरा गर्नुपर्ने अधुरो कार्यलाई सामाजिक र कानुनी कुन हिसाबले अघि बढ्न सकिन्छ भनेर सबैसंग हातेमालो गरेर अघि बढ्ने बताउनुभयो । उहाँले बुबाको निधनले इलाम मात्र नभइ सिंगो देश नै शोकमा परेको बताउँदै दुखद घडिमा आफनो परिवारप्रति सहनाभुती राख्नुहुने सरकार, राजनैतिक दलहरु, देशबासि जनताहरुप्रति धन्यबाद समेत प्रकट गर्नुभयो । पछिल्लो राजनैतिक घटनाक्रम सँगै बुवा चिन्तित बनिरहेको उल्लेख गर्दै जीवनभर आफ्नो बुवाले निष्ठाको राजनीति गरेको उल्लेख गर्नुभयो । इलाम क्षेत्र नम्बर २ मा २०७९ सालको निर्वाचनबाट निर्वाचित सुबासचन्द्र नेम्वाङको निधनपछि यो क्षेत्र रिक्त बनेको छ । नेम्वाङले यो क्षेत्रबाट लगातार पाँचपटक चुनाव जित्दै आउनु भएको थियो । श्रद्धाञ्जली सभामा नेकपा एमालेका उपाध्यक्ष एवंपूर्व गृहमन्त्री रामबहादुर थापा बादलले सुवास नेम्वाङले नेपालको संविधान निर्माणमा अतुलनीय योगदान रहेको बताउनुभयो । संविधान जारी हुन नदिनका लागि अनेकौँ दबाब आएपनि त्यसलाई संयम रुपमा नेम्वाङले संविधान जारी गर्न अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो । सभामा एमालेका सचिब रघुबीर महासेठ सहित नेपाली काँग्रेस इलामका पूर्व सभापति हिमालय कर्मचार्य, नेकपा एसका इलाम अध्यक्ष भक्त केसी, माओबादी केन्द्रका सह इन्चार्ज कान्छा लावती, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल लगायतले बोल्नु भएको थियो ।  नेम्वाङको गत भदौ २६ गते ह«दयघातका कारण मृत्यु भएको थियो । यता 

 स्वर्गिय सुबासचन्द्र नेम्वाङको स्मृतिमा इलाममा पार्क र नेम्वाङको प्रतिमा निर्माण गरीने भएको छ । नेकपा एमाले जिल्ला कमिटी इलामको आज बसेको बैठकले नेम्वाङको स्मृतिमा इलाम नगरपालिका क्षेत्रभित्र पार्टीले पार्क प्रतिमा निर्माण गर्ने निर्णय गरेको पार्टीका जिल्लाका अध्यक्ष महेश बस्नेतले बताउनुभयो । यस्तै नेम्वाङको राजनैतिक योगदानको निम्ति प्रतिष्ठान समेत स्थापना गर्नका लागि पहल थालिने बस्नेतको भनाई छ । इलाम नगरपालिका ७ सुन्तलाबारीमा जन्मनु भएका नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट पाँचपटक निरन्तर निर्वाचित सांसद हुनुन्थ्यो । गएको २०७९ सालको निर्वाचनबाट पनि उहाँ निर्वाचित हुनु भएको थियो । उहाँको गत भदौ २६ गते ह«दयघातबाट निधन भएको थियो । 
 

प्रतिकृया दिनुहोस

चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना हो ः महामन्त्री थापा

गणेश घिमिरे बैशाख ८, इलाम      नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना रहेको बिचार प्रकट

सुहाङसंग फाइनल म्याच खेल्दै खड्का

गणेश घिमिरे बैशाख ४, इलाम  इलाम २ मा बैशाख १५ गते हुने उपचुनाव संघारमा छ । यो चुनावमा पनि बिगतमा जस्तै काँग्रेस र एमालेलाई मुख्य प्रतिष्पर्धीको रुपमा

मतदाताले उम्मेद्धार खड्कालाई भने – ‘तपाइले जितेमात्र यो क्षेत्रको बिकास हुन्छ’ 

गणेश घिमिरे चैत २७, इलाम इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा यतिखेर उम्मेद्धारहरु गाउँ गाउँमा पुगेका छन् । शहरी क्षेत्रमा