क्रिकेटको बिकासमा प्रादेशिक र जिल्ला क्रिकेट संघको सक्रियता

गणेश घिमिरे
असोज २, इलाम
पछिल्लो समय क्रिकेट खेलप्रतिको बढ्दो आकर्षण संगै यस खेलको बिकासका निम्ति क्रिकेटको जिल्लास्तरीय संघदेखि प्रादेशीक र केन्द्रिय क्रिकेट संघ (क्यान) ले बिभिन्न योजनाहरु ल्याउन थालेको छ । नयाँ नयाँ खेलाडीको उत्पादन र क्रिकेटलाई माथिल्लो उचाइसम्म पुरयाउन खेल योजनाहरु ल्याउन थालेको छ । सोहि क्रममा गत भदौ २८ र २९ गते इलामको सूर्योदय नगरपालिका स्थित श्रीअन्तुमा सम्पन्न प्रादेशिक क्रिकेट संघले बिभिन्न तीनबुँदे निर्णयहरु गरेको छ । उक्त निर्णयहरु आज इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । प्रादेशिक क्रिकेट संघका सचिब टिकाराम पुरीका अनुसार हाल प्रादेशिक क्रिकेट संघमा इलाम सहित पाँचवटा जिल्लाहरु भ्mापा, मोरङ, सुनसरी र उदयपुर आवद्ध रहेकोमा अब धनकुटा, खोटाङ, पाँचथर र भोजपुर जिल्लालाई पनि आबद्ध गराउने भएको छ । यस्तै प्रादेशिक क्रिकेट संघमा आबद्ध भएका प्रत्येक जिल्लामा एकाडेमि स्थापना समेत गर्ने भएको छ । सचिब पुरीका अनुसार चाँडै सुनसरीमा कोशि प्रिमियर लिग (केपिएल) सञ्चालन गर्ने लगायतका बिषयहरु निर्णय भएको जानकारी दिनुभयो ।
यता पत्रकार सम्मेलन मै जिल्ला क्रिकेट संघ इलामले पनि जिल्लामा क्रिकेट खेल सम्बन्धि भइरहेका गतिबिधि र आगामि कार्यक्रमको बारेमा पनि जानकारी दिएको छ । संघका जिल्ला अध्यक्ष अर्जुन पौड्यालका अनुसार केहीबर्षदेखि स्थगित रहेको इलाम प्रिमियर लिग (आइपिएल) लाई निरन्तरता दिने, महिला–पुरुषको प्रतियोगिता सञ्चालन गर्ने, पालिकाहरुसंग समन्वय गरेर क्रिकेट कोष स्थापना गर्ने, सबै पालिकामा पालिका स्तरीय महिला–पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने, बिद्यालय स्तरबाट क्रिकेटको बिकास गर्ने महिला पुरुषको (१२, १४, १६ र १९ बर्ष) उमेर समूहको प्रतियोगिता गराउने लगायतका योजनाहरु रहेको छ ।

घरेलुद्धारा बिश्व उपभोक्ता दिवसमा अन्तरक्रिया
गणेश घिमिरे चैत २, इलाम विश्व उपभोक्ता अधिकार दिवस, ‘स्वच्छ प्रतिष्पर्धी बजारः उपभोक्ता संरक्षणको दिगो आधार ’ भन्ने नाराका साथ इलाममा पनि

महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण
गणेश घिमिरे चैत्र ३, इलाम महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण सभा इलाम सदरमुकाममा सम्पन्न भएको छ । संघकी अध्यक्ष रोमी पौडेल कोइरालाको

विपद व्यवस्थापन सम्बन्धी इलाममा अग्नि नियन्त्रण तालिम
गणेश घिमिरे चैत्र १, इलाम इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाको संयुक्त आयोजनामा इलाम नगरपालिकामा सञ्चालन गरीएको विपद व्यवस्थापन सम्बन्धी
प्रतिकृया दिनुहोस