कात्तिक २३ देखि इलाममा सन्तोष अधिकारी मेमोरीयल कोशी प्रदेश चेस प्रतियोगिता

गणेश घिमिरे
कात्तिक १३, इलाम 
प्रतियोगिता संख्या आधार मान्ने हो भने बुद्धिचाल नेपालको सक्रिय खेलमा पर्छ । पछिल्लो पाँच वर्षयता बुद्धिचालका घरेलु प्रतियोगिता थपिँदो छ । यो खेलमा पछिल्लो युवा पुस्ताको आकर्षण बढ्दो छ । तर यस खेलको बिस्तारसंगै खेललाई प्रबद्र्धन गर्दै ब्यबसायिक बनाउनका लागि भने तीनै तहको सरकारले अन्य खेललाई जस्तो महत्व भने खासै दिने गरेको छैन । पूर्वी पहाडी जिल्ला इलाममा पनि बुद्धिचाल खेल फस्टाउँदै गएको छ ।

जिल्लामा खेलाडीको संख्या बढेको छ, तर स्तरीय प्रतियोगिता अत्यन्त कम र स्थायी प्रशिक्षकको अभावले खेलाडीको स्तर भने बढ्न सकेको छैन । यसैक्रममा इलाममा चेस खेललाई स्तरीय बनाउँदै लानेगरी जिल्ला बुद्धिचाल महासंघ इलाम र कोशि प्रदेश बुद्धिचाल महासंघ सक्रिय छ । जिल्लामा स्तरीय प्रतियोगिता गराउन कोशि प्रदेश महासंघ लागि परेको हो । आउँदो कात्तिक २३, २४ र २५ गते इलाम सदरमुकाममा सन्तोष अधिकारी मेमोरीयल कोशी प्रदेश रेटिङ चेस प्रतियोगिता सञ्चालन हुने भएको छ । स्वर्गिय सन्तोष अधिकारी इलाम नगरपालिकाका स्थायी बासिन्दा हुनुन्थ्यो । उहाँ इलामका चेस खेलाडी हुनुन्थ्यो । कोशी प्रदेश बुद्धिचाल महासंघको आयोजना र जिल्ला बुद्धिचाल महासंघ इलामको प्राबिधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा  बिभिन्न ९ देखि १० वटा बिधामा खेल हुनेछ । खुल्ला, बिद्यार्थी, अनरेटेड, भेट्रान, महिला, १४ सय बिलो, हिल्स च्याम्प, डिसेबल, रेटेड इलाम, अनरेटेड इलाम, १६ बर्ष मुनिको इलाम, उत्कृष्ट बिद्यालय, इमर्जिङ प्लेयर इलाम (पुरुष र महिला) बिधाका पहिलो दोस्रो हुनेलाई पुरस्कार प्रदान गरीनेछ । खुल्ला बिधाबाट पहिलो देखि दशौं हुने सम्मले पुरस्कार पाउनेछ । जसमा प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैठौं, सातौं, आठौं, नवौ र दशौ हुनेले क्रमश ३५ हजार, २५ हजार, १५ हजार, १० हजार, ८ हजार, ७ हजार, ६ हजार र ५÷५ हजार रुपैंयाँ पाउनेछन् ।

यस्तै बिद्यार्थीतर्फ पहिला र दोस्रोले क्रमश ५ हजार ४ हजार, अनरेटेड, भेट्रान र महिला तर्फको बिधामा पहिलो र दोस्रो हुनेले क्रमश ५ हजार र ४ हजार रुपैंयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै रेटेड इलाम बिधामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमश ५ हजार, ४ हजार, ३ हजार र २ हजार रुपैंयाँ पुरस्कार प्राप्त गर्दा, अनरेटेड इलाम बिधा, १६ बर्ष मुनि इलाम बिधा र बेष्ट बिद्यालय इलाम बिधामा पहिलो र दोस्रौ हुनेले क्रमश ३ हजार र २ हजार रुपैंयाँ पुरस्कार पाउनेछन् । यस्तै १४ सय बिलो, हिल्स च्याम्प, डिसेबल बिधाको पहिलो हुनेले ५÷हजार रुपैंयाँ पाउँदा इमर्जिङतर्फ एक÷एकजना महिला र पुरुषले ३÷३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक कोशि प्रदेश बुद्धिचाल महासंघले जनाएको छ । सदरमुकामको सुरन्दर रमणिय स्थल चियाबारीमा हुने प्रतियोगिता स्विस लिगको नियममा खेलाइनेछ । प्रतियोगितामा सहभागिता जनाउन एक र ५ सय रुपैंयाँ बुझाउनुपर्नेछ । ७ देखि ८ राउण्डमा खेलाइने प्रतियोगिताको प्रमुख आर्बिटर एफए दिपेश गिरी रहनुहुनेछ ।

इलाममा खेल पर्यटनको बिकास संगै चेस खेलमा आकर्षण गराउनका लागि पनि यस प्रतियोगिता राखेको आयोजक कोशि प्रदेश बुद्धिचाल महासंघका अध्यक्ष सुरेन्द्र राईले बताउनुभयो । चेस विगतको जस्तो छैन । अग्रजले किताब पढेर चेसका कुरा सिक्ने गर्थे । अहिले चेस प्रविधिसँग नजिक छ । नयाँ पुस्ताका खेलाडी धेरै क्षमतावान छन् । अब नेपालमा चेस एकेडेमी आवश्यक भइसकेको अध्यक्ष राईको भनाई छ । यसका लागि सरकारको लगानी अत्यावश्यक छ । 
 

प्रतिकृया दिनुहोस

१३ बर्ष मुनिको फूटबल छनौटमा इलामबाट ६२ खेलाडी छानिए

गणेश घिमिरे चैत २६, इलाम  इलामबाट उमेर समूहका खेलाडीहरु छनौट गरीएको छ । उमेर समूहका खेलाडीलाई एकाडेमीमा राख्दै एन्फा टेक्निकल सेन्टरमा सञ्चालन

प्रथम संस्करणको इलाम गोल्डकपको तयारी तीब

गणेश घिमिरे पुष ८, इलाम  फूटबललाई संस्कृति मान्ने इलामेलीहरुले लामो समयदेखि फूटबलको मज्जा लिन पाएका छैनन् । इलाम सदरमुकाममा रहेको एकमात्र ठूलो

सानदार ब्याटिङका बाबजुद नेपाल भारतसँग पराजित

नेपालले एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनलमा सानदार ब्याटिङ प्रदर्शन गरेपनि भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको छ ।