दश वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार

 कोशीका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आपरवासीकामदार दिवसको अवसरमा सामािजक विकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा उनले श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि नआउने बताएकाहुन् ।

‘श्रमिकको सम्मान छैन त्यसैले हामी पछाडि छौं । उनले भने, यहाँ कामका आधारमा प्रयोग गर्ने भाषा र व्यवहार फरक छ । त्यसमा ठूलो विभेद कायम नै छ । ’मुख्यमन्त्री कार्कीले श्रमिकलाई गर्ने व्यवहार र बोलीमा घरबाटै सुधार गर्नुपर्ने बताएका छन् । ‘हामीले मिठो खाने तर कामदारलाई जस्तोसुकै खानेकुरा दिने व्यवहारको अन्त्यहुनु पर्छ ।उनले भने, विदेशमाश्रम पसिनाबगाउनेसँग यहाँका नेताहरूले गएर रमाउनुका साथै चुनावमाचन्दा उठाएर खर्च जुटाउने भाँडो बनाएको छ ।’

विदेशमा काम गर्नेलाई पनि देश हेरेर विभेद हुने परम्परा रहेको उनले सुनाए । मुख्यमन्त्री कार्कीले सरकारी कार्यालयका सबै कर्मचारीहरूलाई सबैसँग आदरपूर्ण र समानव्यवहार गर्न निर्देशनसमेत दिएकाहुन् । ‘श्रमिकसँग गर्ने व्यवहारमा समानता नआउञ्जेल परिवर्तन हुँदैन । उनले भने, त्यसैले सरकारमा बस्नेले सबैसँगको व्यवहार र बोलीमा एकरूपता ल्याउनु पर्छ, त्यसमा सरकार प्रतिवध छ ।’

विदेशमा काम गर्ने र यहाँकाम गर्नेमा पनि समान व्यवहार नरहेको उनको भनाइ थियो । ‘कसैलाई काम गरेको आधारमा हेप्न पाइँदैन । मुख्यमन्त्री कार्कीले भने, खुल्ला अर्थतन्त्रमा जुन देशमा जे हुन्छ त्यही बिक्री हुन्छ । श्रम बजारमा आफ्नो हैसियत अनुसार श्रम बेचेर आर्जन गर्ने खुल्लाश्रम बजार छ ।’

बंगलादेश, भारत लगायतका देशबाट आएर काम गर्ने विदेशी नागरिकले अपराध गर्याे भने कारवाही हुन्छ तर यहाँको उत्पादन बढाउने र सेवा गर्नेलाई सम्मानदिनुका साथै सुरक्षाप्रदान गर्ने उनले प्रतिबद्धता जनाए । सरकारले सीप विकासका साथै दक्ष जनशक्ति उत्पादन गर्न र वैदेशिक रोजगारीमा गएकाहरूका  १० वर्षमुनिका बालबालिकाको प्रदेश सरकारले निःशुल्क उपचार सुरू गर्न लागेको मुख्यमन्त्री कार्कीले बताए ।

सामाजिक विकास मन्त्रालयका सचिव बासुदेव दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपसचिव कृष्णप्रसाद पोखरेलले कोशी प्रदेशमा श्रम, रोजगार र आप्रवाशन सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सुरक्षित आप्रवाशनका लागि यस प्रदेशका १४ वटै जिल्लामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको बताए ।

सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङमा प्रदेश सरकारले स्रोत केन्द्र स्थापना गर्ने तयारी छन् भने ओखलढुंगा, धनकुटा र तेह्रथुममा पालिकाहरूले स्थापना गरेको र बाँकी जिल्लामा सामी परियोजनाले सञ्चालन गरेर सेवा प्रवाह गरिरहेको पोखरेलले बताए ।
 

प्रतिकृया दिनुहोस

चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना हो ः महामन्त्री थापा

गणेश घिमिरे बैशाख ८, इलाम      नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना रहेको बिचार प्रकट

सुहाङसंग फाइनल म्याच खेल्दै खड्का

गणेश घिमिरे बैशाख ४, इलाम  इलाम २ मा बैशाख १५ गते हुने उपचुनाव संघारमा छ । यो चुनावमा पनि बिगतमा जस्तै काँग्रेस र एमालेलाई मुख्य प्रतिष्पर्धीको रुपमा

मतदाताले उम्मेद्धार खड्कालाई भने – ‘तपाइले जितेमात्र यो क्षेत्रको बिकास हुन्छ’ 

गणेश घिमिरे चैत २७, इलाम इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा यतिखेर उम्मेद्धारहरु गाउँ गाउँमा पुगेका छन् । शहरी क्षेत्रमा