सुम्वेकमा महाकालेश्वर शिव मन्दिर निर्माण

            इलाम नगरपालिका २ सुम्वेकमा महाकालेश्वर शिव मन्दिरको निर्माण गरिएको छ । स्थानीय नर्वदा देवी पोख्रेलले प्रदान गर्नु भएको १ रोपनी जग्गामा स्थानीयको श्रमदान, चन्दा संकलन र नगरपालिकाको आर्थिक सहयोगमा मन्दिर निर्माण भएको हो ।

                 करिव १५ लाख रुपैयाँ खर्च भएको मन्दिरमा नगरपालिकाले उपलब्ध गराएको ५ लाख ९६ हजार वाहेक वाँकी रकम स्थानीयले नै जुटाएका थिए । स्थानीयले मन्दिर परिशरमा थप जग्गा व्यवस्थापन गरेर धार्मिक पर्यटनको विकास गर्ने, जेष्ठ नागरिक मिलन केन्द्रको व्यवस्था गर्ने समेत योजना रहेको निर्माण कमिटिका अध्यक्ष कोषराज लम्सालले जानकारी दिए ।

                धार्मिक गतिविधि वृद्धिकालागि आगामी माघ २७ देखि फागुन ५ गतेसम्म श्रीमद् भागवत महापूराणको आयोजना गरिएको छ । विभिन्न जातजातिबीच सद्भाव कायम गर्दै यस क्षेत्रको विकासमा टेवा पुुग्ने उदेश्यका साथ पुुराणको तयारी तिव्र पारिएको आयोजक समितिकी उपाध्यक्ष उर्मिला निरौलाले जानकारी दिइन् । पुुरणकै तयारीकालागि आज मन्दिर परिषरमा कार्यक्रमको आयोजना गरियो ।

                    जिल्ला समन्वय समितिका सदस्य शेरवाहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा सदस्य सरिता दियाली, पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, पूर्व वडाध्यक्ष नारद लम्साल स्थानीय टेकनाथ नेउपाने, दामोदर पोख्रेल, रुद्र सुुनाम, सूूर्य निरौलालगायतले मन्दिरको सुुव्यवस्थापन र यज्ञको सफलताका लागि स्थानीयवासीले सक्दो प्रयास गरिरहेको वताउदै सरोकारवालाले पनि यस क्षेत्रको धार्मिक र सामाजिक विकासमा योगदान पुर्याउने यस कार्यप्रति सहयोग गर्नुु पर्ने धारणा राखे । 
 

प्रतिकृया दिनुहोस

इलाममा भब्यताका साथ रोपाईजात्रा मनाइयो

गणेश घिमिरे भदौ ६, इलाम      मौलिक संस्कृतिका रूपमा स्थापित रोपाईजात्रा बिहीबार इलाम बजारमा निकालिएको छ । जात्रामा धान रोप्दा गरिने कृयाकलापसँग

‘कृषिप्रधान देश’को सरकार नै अर्गानिक चियाबारे बेखबर

गणेश घिमिरे साउन २३, इलाम  बर्सेनि चार अर्ब हाराहारी विदेशी मुद्रा आर्जन गरिरहेको चिया क्षेत्र, त्यसमा पनि अग्र्यानिक चिया अहिलेसम्म सरकारले चिन्न

इलाममा पनि मनाइयो चौथो कोदो दिवस

गणेश घिमिर साउन १५, इलाम  इलाममा रैथाने बाली कोदो प्रवर्द्धनका लागि इलाममा चौथो राष्ट्रिय कोदो दिवस मनाइएको छ । इलामको देउमाई नगरपालिका स्थित