उम्मेद्धार खड्कालाई मेयर थापाले दिए जितको शुभकामना

गणेश घिमिरे
चैत २४, इलाम
आसन्न उपनिर्वाचनका लागि नेपाली काँग्रेसका उम्मेद्धारलाई इलाम नगरपालिकाका मेयर केदार थापाले जितको शुभकामना दिनुभएको छ । थापाले आफनै निवास इलाम नगरपालिका ६ मा शनिबार एक कार्यक्रमको आयोजना गरेर पार्टीका जिल्ला सभापति एवं उम्मेद्धार डम्बर खड्कालाई जितको शुभकामना दिनुभएको हो । शुभकामना दिँदै थापाले यो पटकको निर्वाचनमा कुनैपनि हालतमा नेपाली काँग्रेसले जित हासिल गर्ने भन्दै त्यसका लागि सबै एकजुट भएर चुनावी अभियानमा होमिन आग्रह गर्नुभयो ।
कार्यक्रममा उम्मेद्धार खड्काले आफूले यस क्षेत्रको भूगोल रहनसहन, वाताबरण सबै बुझेको उल्लेख गर्दै हरेक परिस्थितीमा आफूले बिभिन्न क्षेत्रमा सहयोग पुरयाएको जनाउनुभयो । यो उपनिर्वाचनले काँग्रेसको भाग्य र भविष्य जोडिएको जनाउँदै आफू एउटा पात्र मात्र भएकाले काँग्रेसलाई जिताउउन सिंगो काँग्रेस एक भएर लाग्नका लागि सबै नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । यस्तै काँग्रेस क्षेत्र नम्बर २ क प्रदेश सभापति गोपाल चौहानले पुराना तितामिठा कुराहरु सबै बिर्सेर, मनमा रिसराग नराखि यो पटकको उपनिर्वाचनमा काँग्रेसलाई जिताएर क्षेत्र नम्बर २ मा काँग्रेसको चारतारे झण्डा फहराउन सबै लाग्नुको बिकल्प नभएको उल्लेख गर्नुभयो । खड्कालाई शुभकामना दिन पार्टीका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । गएको निर्वाचनमा समेत उम्मेद्धार बन्नु भएका खड्का एमाले नेता सुबासचन्द्र नेम्वाङसंग १ सय १४ मतको झिनो अन्तरले पराजित बन्नु भएको थियो । उनै नेता नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । एमालेले नेम्वाङकै छोरा सुहाङ नेम्वाङलाई उम्मेद्धार बनाएको छ । आफनै बाबुलाई समेत मत नहालेका सुहाङले केही महिना अघिमात्र इलामबाट मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

सिमल गोलाईबाट तिल्केनी सम्मको सडक स्तरोन्नतीका लागि पाँच करोड बजेट
गणेश घिमिरे माघ २६, इलाम मेची राजमार्गको माइखोला–भन्ज्याङ्ग सडक खण्ड जोखिमपूर्ण भइ यातायात सम्पर्क टुट्ने अवस्था आएपछि राजमार्ग र बैकल्पिक

संघर्षको यात्रासंगै अघि बढेका भक्तबहादुर थामी
गणेश घिमिरे माघ २४, इलाम थामी नेपालमा बसोबास गर्ने एक किरात जाति हो । थामी समुदायका मानिसहरूले आफूलाई “थाङ्मी“भन्न रुचाउँछन् । यो जातिका

अग्र्यानिक तरकारी खेती उत्पादनमा जोड दिँदै सिमधारा महिला कृषक समूह
गणेश घिमिरे माघ १९, इलाम महिलाको जिविको पार्जनमा आर्थिक सहयोग पुरयाउन एवं अग्र्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्न यतिखेर इलाम नगरपालिका ८
प्रतिकृया दिनुहोस