मतदाताले उम्मेद्धार खड्कालाई भने – ‘तपाइले जितेमात्र यो क्षेत्रको बिकास हुन्छ’
गणेश घिमिरे
चैत २७, इलाम
इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा यतिखेर उम्मेद्धारहरु गाउँ गाउँमा पुगेका छन् । शहरी क्षेत्रमा भन्दा ग्रामिण भेगमा यतिखेर पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिती बाक्लो छ । बिशेष गरेर काँग्रेस, एमाले रास्वपा, राप्रपाका उम्मेद्धार गाउँमा भोट माग्न व्यस्त छन् । एमालेका सुहाङ काँग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू, राप्रपाका लक्ष्मि गुरुङ विभिन्न स्थानमा पुगेर आफ्नै ढङ्गले भोट माग्दै हिँडेका छन् । मतदाता समक्ष पुगेका काँग्रेसका उम्मेद्धार डम्बर खड्कालाई इलाम– २ का जनताले भेट गर्ने, आफ्ना कुरा सुनाउने, शुभकामना दिने गरिरहेका छन् । मतदाता समक्ष उम्मेद्धार पुगिरहँदा चुनावी कार्यक्रम पनि काँग्रेसले पश्चिमि गाउँका ठाउँ ठाउँमा गरीरहेको छ । वडा र टोल–टोलमा चुनावी भेटघाट र घरदैलो अभियानलाई तीब्र बनाइरहेको छ । कांग्रेसले इलाम –२ को निर्वाचनका लागि संयोजक तोकेका महामन्त्री विश्वप्रकाश शर्मा पनि इलाम आउने कार्यक्रम छ । आम कार्यकर्तामा काँग्रेसमा एकता छैन भन्ने भ्रम समेत चिरीएको छ ।
जिल्ला स्तरका सबै नेताहरु एकढिक्का भएर चुनावी अभियानमा सक्रिय भएर लागेको देख्दा कार्यकर्ता समेत हर्षित भएका छन् । चुनाबी अभियानको क्रममा जिल्ला स्तरका नेताहरु एक भएर एउटै मञ्चबाट आफूहरु एकढिक्का भएको सन्देश प्रबाह गरीरहेका छन् । अभियानमा उम्मेद्धार खड्का सहित पूर्व सभापतिहरु केशब थापा, हिमालय कर्मचार्य, महासमिति सदस्यहरु भेषराज आचार्य, नगेन्द्र कुमाल सक्रिय बनिरहनु भएको छ । मतदाताले उम्मेद्धार खड्कालाई बिकासे नेता तपाई मात्र भएको र तपाईले जितेको खण्डमा मात्र यो क्षेत्रको हरेक बिकास हुने भन्दै जितको शुभकामना दिइरहेका छन् ।
नेताहरु एक भएर अभियानमा खटेको देख्दा निराश बनेका कार्यकर्ताहरु अहिले हर्षित बन्दै चुनावी अभियानमा सक्रिय भएर काँग्रेस जिताउ अभियानमा लागेको काँग्रेस इलामले जनाएको छ । यी ठूला दलसंगै साना दल एवं स्वतन्त्र उम्मेद्धारहरु पनि आ आफनो एजेण्डा प्रस्तुत गर्दै चुनावी अभियानमा दौडिएका छन् । इलाम –२ का लागि १२ वटा दल र सातजना स्वतन्त्र गरी २० जना उम्मेदवार चुनावी मैदानमा छन् ।
इलाममा गजराजसिंह थापा सामुदायिक पुस्तकालय स्थापना
गणेश घिमिरे असार २७, इलाम इलाम सदरमुकाममा सामुदायिक पुस्तकालय स्थापना गरीएको छ । इलाम नगरपालिका स्थित अरनीको संग्राहलयमा गजराजसिंह थापा
चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना हो ः महामन्त्री थापा
गणेश घिमिरे बैशाख ८, इलाम नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना रहेको बिचार प्रकट
सुहाङसंग फाइनल म्याच खेल्दै खड्का
गणेश घिमिरे बैशाख ४, इलाम इलाम २ मा बैशाख १५ गते हुने उपचुनाव संघारमा छ । यो चुनावमा पनि बिगतमा जस्तै काँग्रेस र एमालेलाई मुख्य प्रतिष्पर्धीको रुपमा
प्रतिकृया दिनुहोस