बैसाख देखि देउमाई बाटै राष्ट्रिय परिचयपत्र विरतण
बैसाख महिनादेखि देउमाई बाटै राष्ट्रिय परिचयपत्र विरतण
आउँदो बैसाख महिनादेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राष्ट्रीय परिचयपत्र (कार्ड) वितरण इलामको देउमाई नगरपालिका स्थित मङ्गलबारेबाटै हुने भएको छ । देउमाई नगरपालिकाको विशेष पहलमा बैसाखदेखि इलाका प्रशासन कार्यालय मङ्गलबारे मार्फत विवरण सङ्कलन र परिचयपत्र वितरण गरिने नगरपालिकाले जनाएको छ । सरमुकामसम्म जानुपर्दा धेरै कष्ट भोग्नुपरेको अवस्थालाई मध्यनजर गरेर पटक पटकको प्रयासपछि बैसाखदेखि मङ्गलबारेबाटै सेवा प्रवाह दिन लागेको नगर प्रमुख सूर्य पोख्रेलले बताउनुभयो ।
अहिले यस क्षेत्रका सेवाग्राहीहरु राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राष्ट्रीय परिचयपत्र बनाउनका लागि इलाम सदरमुकाम धाउनुपर्ने बाध्यता छ । यसअघि जिल्लाको सूर्योदय नगरपालिकाले पनि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राष्ट्रीय परिचयपत्र (कार्ड) सोहि नगरपालिकाबाटै बितरण गर्न थालिसकेको छ ।

नेपालबाणि एफएमको साधारण सभा तथा बार्षिक उत्सव सम्पन्न
गणेश घिमिरे फागुन ७, इलाम शान्ति सञ्चार सहकारी संस्था र इलाम सामुदायिक सञ्चार केन्द्र इलामद्धारा सञ्चालित रेडियो नेपालबाणि एफएमको १५ औ बार्षिक
प्रतिकृया दिनुहोस