खेलकुदमा माईजोगमाईको लगाव, बालागुरु खेलमैदानमा अध्यक्ष कप अन्तरपालिका फूटबल प्रतियोगिता
गणेश घिमिरे
बैशाख २३, इलाम
पछिल्लो समय इलामका दश पालिका मध्ये माईजोगमाई गाउँपालिकाले खेलकुद क्षेत्रलाई बढी प्राथमिकतामा राख्दै खेलकुदका गतिबिधि बाक्लै गराउन थालेको छ । बिकास निर्माण दखि शिक्षा, स्वास्थ्य, सिंचाई, कृषि, पशुपालन, पर्यटन लगायतका क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गर्दै आएको पालिकाले खेलकुदलाई अझ बढी प्राथमिकता राखेर काम गर्दै आएको छ । पालिकामा गठित माईजोगमाई गाउँपालिका खेलकुद बिकास परिषदको बढ्दो सक्रियताले पनि यस पालिकामा खेलकुदका गतिबिधि बाक्लै मात्रामा हुन थालेको हो । यसैक्रममा आउँदो बैशाख २५ गतेबाट दोस्रो संस्करणको माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रित फूटबल प्रतियोगिता हुन लागेको छ । पालिकाको केन्द्र नयाँबजारमा रहेको बालागुरु खेलमैदानमा बैशाख ३१ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थल समेत रहेको यस पालिकामा हुने बिभिन्न किसिमका खेलकुदका गतिबिधिले पालिकाको खेल पर्यटनमा समेत सघाउ पुग्ने अपेक्षा रहेको प्रतियोगिता आयोजक समितिका सचिव महेश सापकोटाले बताउनुभयो । प्रतियोगितामा माईजोगमाई गाउँपालिका सहित जिल्लाका सबै दश पालिकाले नै सहभागिता जनाउनेछन् । माईजोगमाई गाउँपालिका खेलकुद बिकास परिषदले आयोजना प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक भइसकेको छ । जसमा उद्घाटन खेल सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाबीच हुनेछ । यस्तै २६ गते फाकफोकथुम गाउँपालिका र सूर्योदय नगरपालिका, २७ गते माईजोगमाई र रोङ गाउँपालिका, तथा देउमाई नगरपालिका र चुलाचुली गाउँपालिकाबीच प्रतिष्पर्धा हुनेछ । यस्तै २८ गते पहिलो सेमिफाईनलमा सन्दकपुर र इलामको बिजेतासंग माङसेबुङ गाउँपालिका तथा सोहि दिन हुने अन्तिम सेमिफाइनलमा फाकफोकथुम र सूर्योदयको बिजेतासंग माई नगरपालिकाले प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिताको बिजेताले २ लाख ११ हजार १ सय र उपविजेताले १ लाख २१ ह्जार १ सय ११ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै बिभिन्न बिधामा उत्कृष्ट खेलाडीहरु पनि पुरस्कृत हुनेछन् । प्रतियोगिता ९ साइडमा संचालन हुनेछ । गतबर्षबाट सुरु भएको यस प्रतियोगिताको पहिलो संस्करणको च्याम्पियन लाम नगरपालिका बनेको थियो ।
यस प्रतियोगितामा पालिका भित्रका खेलाडीहरु मात्र समावेश गर्न पाउने नियम आयोजकले बनाएको छ । यस किसिमको नियमले हरेक पालिकाबाट प्रतिभावान खेलाडीहरु उत्पादन हुने र उक्त खेलाडीहरु जिल्लाका लागि मात्र नभएर सिंगो राष्ट्रकै लागि महत्वपूर्ण बन्ने सचिब सापकोटाको भनाई छ । यसैक्रममा आयोजक परिषदले आफनो पालिकाको एक बलियो टिम खडा गर्न गत बैशाख १९ देखि २१ गतेसम्म वडा स्तरिय प्रतियोगिता संचालन गरेर टिम छनौट गरेको छ । यस प्रतियोगिताका लागि पालिकाले आर्थिक सहित अन्य क्षेत्रमा समेत सहयोग गरेको छ ।
अग्र्यानिक तरकारी खेती उत्पादनमा जोड दिँदै सिमधारा महिला कृषक समूह
गणेश घिमिरे माघ १९, इलाम महिलाको जिविको पार्जनमा आर्थिक सहयोग पुरयाउन एवं अग्र्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्न यतिखेर इलाम नगरपालिका ८
हेरिटेजको बार्षिक उत्सवमा सम्मान तथा पुरस्कार बितरण
गणेश घिमिरे माघ १९, इलाम इलाम नगरपालिका ९ मा सञ्चालित हेरिटेज नेशनल एकाडेमि माध्यमिक बिद्यालयले आफनो १६ औं बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरेर
पर्यटन प्रवद्र्धन र युवालाई दीगो रोजगारीको अवसर प्रदान गर्न होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन गरिँदै
गणेश घिमिरे माघ ८, इलाम पर्यटन प्रवद्र्धन र युवालाई दीगो रोजगारीको अवसर प्रदान गर्न होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन गरिँदैछ । स्विस सरकार
प्रतिकृया दिनुहोस