देउसिको रकम र जनश्रमदानबाट हात्तीटारमा सामुदायिक भवन बन्दै
गणेश घिमिरे
जेठ ३, इलाम
इलामको माईजोगमाई गाउँपालिका ४ नामसालिङ स्थित हात्तीटारमा बहुउद्येश्यिय सामुदायिक भवन निर्माणको काम तीब्र भइरहेको छ । स्थानीय सरकार, जनमश्रमदान र स्थानीयले गतसाल देउसि खेलेर संकलन गरेको बजेटबाट भवन निर्माण थालेका हुन् । सरकारी स्वामित्वमा रहेको आठ आना जमिनमा भवन निर्माण थालिएको हो । गतबर्षबाट निर्माण सुरु गरीएको उक्त भवन अबको तीनबर्षमा सक्ने लक्ष्य रहेको छ ।
विपदको समयमा सुरक्षित आवासको आवश्यकतालाई मध्यनजर गर्दै तथा स्थानीय स्तरमा हुने सामाजिक तथा सांस्कृतिक कार्यक्रमको प्रयोजन गर्ने गरी बहुउद्येश्यिय सामुदायिक भवन निर्माण थालिएको भवनका संरक्षक अम्बर देवानले बताउनुभयो । भवन निर्माण पश्चात त्यहाँ बिबाह, ब्रतबन्ध लगायतका कार्यहरु सो भवनबाटै गर्न सकिनेछ । करिब एक करोड रुपैंयाँको लागतमा निर्माणसम्पन्न गर्ने लक्ष्य सहित थालिएको भवनमा हालसम्म १४ लाख रुपैंयाँको हाराहारीमा खर्च भइसकेको सामुदायिक भवन निर्माण समितिले जनाएको छ । सो भवन निर्माण गर्न गतबर्ष स्थानीयले देउसि भैलो खेलेर डेढलाख रुपैंयाँ बढी संकलन गरेका थिए भने ४ नम्बर वडा कार्यालयबाट दुईलाख रुपैंया बिनीयोजन भएको थियो । त्यस्तै स्थानीयबासिबाट रकम समेत संकलन गरीएको छ भने स्थानीय ३५ घरधुरीबाट जनश्रमदान समेत भइरहेको संरक्षक देवानको भनाई छ । भवन निर्माण पश्चात सो भवनलाई ब्यबसायीक रुपमा पनि प्रयोजन गरिने बताइएको छ ।
उक्त भवन निर्माणका लागि आर्थिक संकट आएको बताइएको छ । तर तोकिउको समयमा सक्न गाउँपालिकामा बजेट माग गर्ने तथा आउने तिहारमा पनि देउसि भैलो खेलेर रकम संकलन गरीने जनाइएको छ । बहुउद्देश्यिय भवन निर्माण पछि सो क्षेत्रका नागरिकलाई सिप, क्षमता अभिबृद्धि गर्नुका साथै विपतको समयमा भवनको उपयोगिता महत्वपूर्ण हुनेछ । यो भवन बनेपछि सो क्षेत्रमा धेरैको संख्यामा बाहिरबाट आएका मानिसहरुलाई पनि आवासको लागि सहज हुनेछ । सो भवन पाँचसय जना अट्ने क्षमताको निर्माण भइरहेको छ ।
इलाममा भब्यताका साथ रोपाईजात्रा मनाइयो
गणेश घिमिरे भदौ ६, इलाम मौलिक संस्कृतिका रूपमा स्थापित रोपाईजात्रा बिहीबार इलाम बजारमा निकालिएको छ । जात्रामा धान रोप्दा गरिने कृयाकलापसँग
‘कृषिप्रधान देश’को सरकार नै अर्गानिक चियाबारे बेखबर
गणेश घिमिरे साउन २३, इलाम बर्सेनि चार अर्ब हाराहारी विदेशी मुद्रा आर्जन गरिरहेको चिया क्षेत्र, त्यसमा पनि अग्र्यानिक चिया अहिलेसम्म सरकारले चिन्न
इलाममा पनि मनाइयो चौथो कोदो दिवस
गणेश घिमिर साउन १५, इलाम इलाममा रैथाने बाली कोदो प्रवर्द्धनका लागि इलाममा चौथो राष्ट्रिय कोदो दिवस मनाइएको छ । इलामको देउमाई नगरपालिका स्थित
प्रतिकृया दिनुहोस