देउसिको रकम र जनश्रमदानबाट हात्तीटारमा सामुदायिक भवन बन्दै

गणेश घिमिरे
जेठ ३, इलाम 
इलामको माईजोगमाई गाउँपालिका ४ नामसालिङ स्थित हात्तीटारमा बहुउद्येश्यिय सामुदायिक भवन निर्माणको काम तीब्र भइरहेको छ । स्थानीय सरकार, जनमश्रमदान र स्थानीयले गतसाल देउसि खेलेर संकलन गरेको बजेटबाट भवन निर्माण थालेका हुन् । सरकारी स्वामित्वमा रहेको आठ आना जमिनमा भवन निर्माण थालिएको हो । गतबर्षबाट निर्माण सुरु गरीएको उक्त भवन अबको तीनबर्षमा सक्ने लक्ष्य रहेको छ ।

विपदको समयमा सुरक्षित आवासको आवश्यकतालाई मध्यनजर गर्दै तथा स्थानीय स्तरमा हुने सामाजिक तथा सांस्कृतिक कार्यक्रमको प्रयोजन गर्ने गरी बहुउद्येश्यिय सामुदायिक भवन निर्माण थालिएको भवनका संरक्षक अम्बर देवानले बताउनुभयो । भवन निर्माण पश्चात त्यहाँ बिबाह, ब्रतबन्ध लगायतका कार्यहरु सो भवनबाटै गर्न सकिनेछ । करिब एक करोड रुपैंयाँको लागतमा निर्माणसम्पन्न गर्ने लक्ष्य सहित थालिएको भवनमा हालसम्म १४ लाख रुपैंयाँको हाराहारीमा खर्च भइसकेको सामुदायिक भवन निर्माण समितिले जनाएको छ । सो भवन निर्माण गर्न गतबर्ष स्थानीयले देउसि भैलो खेलेर डेढलाख रुपैंयाँ बढी संकलन गरेका थिए भने ४ नम्बर वडा कार्यालयबाट दुईलाख रुपैंया बिनीयोजन भएको थियो । त्यस्तै स्थानीयबासिबाट रकम समेत संकलन गरीएको छ भने स्थानीय ३५ घरधुरीबाट जनश्रमदान समेत भइरहेको संरक्षक देवानको भनाई छ । भवन निर्माण पश्चात सो भवनलाई ब्यबसायीक रुपमा पनि प्रयोजन गरिने बताइएको छ ।

उक्त भवन निर्माणका लागि आर्थिक संकट आएको बताइएको छ । तर तोकिउको समयमा सक्न गाउँपालिकामा बजेट माग गर्ने तथा आउने तिहारमा पनि देउसि भैलो खेलेर रकम संकलन गरीने जनाइएको छ । बहुउद्देश्यिय भवन निर्माण पछि सो क्षेत्रका  नागरिकलाई सिप, क्षमता अभिबृद्धि गर्नुका साथै विपतको समयमा भवनको उपयोगिता महत्वपूर्ण हुनेछ । यो भवन बनेपछि सो क्षेत्रमा धेरैको संख्यामा बाहिरबाट आएका मानिसहरुलाई पनि आवासको लागि सहज हुनेछ । सो भवन पाँचसय जना अट्ने क्षमताको निर्माण भइरहेको छ । 
 

प्रतिकृया दिनुहोस

गोरखमा दोस्रो संस्करणको गोरख भेट्रान्स कप हुँदै 

इलाम , भदौ २९ इलामको सूर्योदय नगरपालिका ५ मा आउँदो कात्तिक ७ देखि १० गतेसम्म दोस्रो संस्करणको गोरख भेट्रान्स कपको आयोजना गरीने भएको छ । गोरख टोल बिकास

काँग्रेस केन्द्रिय समितिद्धारा इलाम नगरपालिकालाई राजधानिमा सम्मान

गणेश घिमिरे भदौ २७, इलाम  इलाम नगर स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए)मा देशभरकै पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन

जिससको समिक्षा बैठकमा पालिकाका प्रमुख–उपप्रमुख सहित दलकै बेवास्ता,   जिससलाई प्रशासनले डोमिनेट गर्न खोजेको भन्दै प्रमुखको आपत्ति

गणेश घिमिरे भदौ २७, इलाम     इलामका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले जिल्ला समन्वय समिति (जिसस) इलामको समिक्षा बैठकलाई बेवास्ता गरेका छन् । यो