‘कृषिप्रधान देश’को सरकार नै अर्गानिक चियाबारे बेखबर

गणेश घिमिरे
साउन २३, इलाम 
बर्सेनि चार अर्ब हाराहारी विदेशी मुद्रा आर्जन गरिरहेको चिया क्षेत्र, त्यसमा पनि अग्र्यानिक चिया अहिलेसम्म सरकारले चिन्न नसकेको उद्योगिहरुको गुनासो छ । व्यापार र आम्दानीमात्र होइन, विश्वमा नेपालको नाम चिनाउनेसमेत सम्भावना रहेको अर्गानिक चियालाई अहिलेसम्मका कुनैपनि सरकारले पहिचानै गर्न सकेको छैन । अर्गानिक तयारी चियाको तेस्रो मुलुक बजार सम्भावना उच्च रहेपनि यो क्षेत्र वर्षाैंदेखि सरकारी बेवास्तामा छ । अर्गानिक चिया उत्पादनको लहर चलेको डेढ दशक बितिसक्दा पनि उत्पादक र व्यवसायी अझै पुरानै चुनौती सामना गरिरहेका छन् । ‘कृषिप्रधान देश’को सरकार अर्गानिक चियाबारे बेखबर छ । यो चिया अर्गानिक हो वा होइन भनेर गुणस्तर छुट्याउने विश्वासिलो प्रयोगशालासमेत देशभित्र छैन । किसान र उद्योगीले मेरो चिया अर्गानिक हो भन्ने प्रमाणित गर्नमात्र पनि विभिन्न देशका प्रयोगशालामा हजारौं रुपैयाँ खर्चिनु परिरहेको छ । नेपाली अर्गानिक चिया अहिले पनि विश्वका डेढ दर्जनभन्दा बढी देशमा निर्यात हुन्छ । त्यो पनि उच्च मूल्यमा । तर, प्रोत्साहन नहुँदा अर्गानिक चिया उत्पादन नै ज्यादै थोरै छ । देशभरबाट पौने तीन करोड किलो तयारी चिया निर्यात हुँदा पहाडी अर्थाेडक्स चियाको परिमाण ७० लाख किलो हाराहारी छ । उत्पादन न्यून रहेको यही अर्गानिक अर्थाेडक्स चियाको माग जहिले पनि उच्च हुन्छ तेस्रो मुलुकमा । यो वर्ष पनि उत्पादकले धान्न नसक्ने गरीको माग छ । पछिल्लो समय यसबाट हुने आम्दानी पनि उसैगरी बढ्दो छ । किसान र उद्योगीले आफ्नै बलबुतामा इलामे अर्गानिक अर्थाेडक्स चिया विश्वका लाखौं उपभोक्ताको गिलाससम्म पु¥याउन प्रयत्न गरिरहेका छन् । उनीहरूकै प्रयासमा जसरी नेपाली चियाले विश्वमा चर्चा कमाउँदैछ, यसबाट अवसर र सम्भावना उसैगरी झाँगिदैछ । ‘अर्गानिक चिया अभियान’ जिल्लाभर फैलिएपनि सरकारी बेवास्ताले सिथिल हुने अवस्था आइरहेको इलामका चिया उद्योगि उदय चापागाईको भनाई छ । 
 

प्रतिकृया दिनुहोस

गोरखमा दोस्रो संस्करणको गोरख भेट्रान्स कप हुँदै 

इलाम , भदौ २९ इलामको सूर्योदय नगरपालिका ५ मा आउँदो कात्तिक ७ देखि १० गतेसम्म दोस्रो संस्करणको गोरख भेट्रान्स कपको आयोजना गरीने भएको छ । गोरख टोल बिकास

काँग्रेस केन्द्रिय समितिद्धारा इलाम नगरपालिकालाई राजधानिमा सम्मान

गणेश घिमिरे भदौ २७, इलाम  इलाम नगर स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए)मा देशभरकै पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन

जिससको समिक्षा बैठकमा पालिकाका प्रमुख–उपप्रमुख सहित दलकै बेवास्ता,   जिससलाई प्रशासनले डोमिनेट गर्न खोजेको भन्दै प्रमुखको आपत्ति

गणेश घिमिरे भदौ २७, इलाम     इलामका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले जिल्ला समन्वय समिति (जिसस) इलामको समिक्षा बैठकलाई बेवास्ता गरेका छन् । यो