माङसेबुङ गाउँपालिकाको बजेट ४७ करोड सात लाख 

(पूर्ण पाठसहित)
इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि ४७ करोड ०७ लाख ४३ हजार रुपैयाँ विनियोजन गरेको छ । माङसेबुङ गाउँपालिका गाउँसभाको १५ औं अधिवेशनले सोमबार सो बजेट पारित गरेको छ ।

सभाले आउँदो आवका उपाध्यक्ष एवम् बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक बिनोदकुमार नेम्बाङले प्रस्तुत गरेको बजेट सर्वसम्मतले पारित गरेको हो ।

बजेट बक्तव्यको पूरा पाठ हेर्नुहोस् स्

माङसेबुङ गाउँपालिका, गाउँसभाको १५ औं अधिवेशनमा २०८१ असार १० गते

गाउँपालिका उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक श्री विनोद कुमार नेम्बाङले प्रस्तुत गर्नु भएको

 आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य

माङसेबुङ गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय,

इभाङ, इलाम

गाउँ सभाका आदरणीय अध्यक्ष ज्यू,

गाउँ सभाका सम्पूर्ण सदस्य ज्यूहरु,

गाउँसभाको यस बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को अनुमानित आय तथा प्रस्तावित व्ययको विवरण पेश गर्नुपूर्व मुलुकको सकारात्मक परिवर्तनका लागि २००७ साल अघिदेखि वर्तमानसम्मका विभिन्न जन आन्दोलन, आदिवासी जनजाति आन्दोलन, मधेशी, थारु, शिल्पी, दलित लगायतका आन्दोलनहरुमा जीवन बलिदान गर्नुहुने ज्ञात अज्ञात शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते र बेपत्ता नागरिकहरुप्रति उच्च सम्मान र परिवार प्रति गहिरो सहानुभूति प्रकट गर्दछु ।
माङसेबुङ गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को आय व्ययको पूर्वशर्त तथा मार्गदर्शनको रुपमा रहेको वार्षिक नीति तथा कार्यक्रम यस सभाको बैठकमा प्रस्तुत भई पारित भई सकेको छ । यसका निम्ति म यस सम्मानित सभाप्रति आभार प्रकट गर्दछु ।
संघीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई विकास, समृद्धि, सामाजिक न्यायका लागि अघि बढ्ने आधार दिएको छ । स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भई स्थानीय शासन र विकास प्रकृयामा प्रत्येक नागरिक आफैं संलग्न हुने सुदृढ वातावरण बनेको छ । यो समयलाई आर्थिक, सामाजिक रुपान्तरणको रुपमा उपयोग गरी जनचाहना पूरा गर्ने दायित्व र अवसर दुबै हामी जननिर्वाचित प्रतिनिधिहरुको हो ।
इतिहासमा जनताले आफ्नै घरदैलोमा आफैँले बनाएको अधिकार सम्पन्न सरकार पाएका छन् । यस अघि केन्द्रमा मात्र निहित रहेका अधिकारहरुलाई संविधानद्वारा नै स्थानीय तहलाई प्रदान गरे अनुरुप निर्वाचित दोस्रो स्थानीय सरकारले आफ्नो काम शुरु गरेको छ । आज त्यही स्थानीय सरकारको तर्फबाट माङसेबुङ गाउँपालिकाको वार्षिक आय व्यय प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित भएको छु ।
गाउँ सभाका अध्यक्ष महोदय,

गाउँ सभाका सदस्य ज्यूहरु,

अब म आ। व। २०७९/०८० को वास्तविक आम्दानी तथा खर्चको यथार्थ खाका प्रस्तुत गर्न चाहन्छु ।

आ। व। २०७९र०८० मा संघीय समानीकरण अनुदान बापत रु. ९ करोड ९१ लाख, संघीय राजस्व बाँडफाँडबाट रु. ८ करोड २० लाख ९२ हजार, प्रदेश समानीकरण अनुदान बापत रु. ५२ लाख ८ हजार, प्रदेश राजस्व बाँडफाँडबाट रु। ४६ लाख ६० हजार ६८०, संघीय सशर्त अनुदान बापत रु। २२ करोड १५ लाख ८५ हजार, प्रदेश सशर्त अनुदान बापत रु २ करोड २३ लाख १५ हजार, संघीय समपूरक अनुदान बापत रु ७० लाख र प्रदेश समपूरक अनुदान बापत रु १ करोड र गाउँपालिकाको अनुमानित आन्तरिक आम्दानी रु। ५० लाख गरी जम्मा रु। ४५ करोड ६९ लाख ६० हजार ६८० प्राप्त हुने अनुमान गरिएको थियो ।
उक्त अनुमानमध्ये गत आर्थिक वर्षमा संघीय समानीकरण अनुदानबापत रु। ९ करोड १६ लाख ६७ हजार ५००, संघीय राजस्व बाँडफाँडबाट रु। ६ करोड ५४ लाख ९२ हजार १२५, प्रदेश समानीकरण अनुदान बापत रु। ४५ लाख ५७ हजार, प्रदेश राजस्व बाँडफाँडबाट रु। ४६ लाख ६० हजार ६८०, संघीय सशर्त अनुदान बापत रु। २२ करोड ७ लाख १९ हजार, प्रदेश सशर्त अनुदान बापत रु २ करोड २१ लाख ९२ हजार, संघीय समपूरक अनुदान बापत रु ७० लाख र प्रदेश समपूरक अनुदान बापत रु १ करोड र गाउँपालिकाको वास्तविक आन्तरिक आम्दानी रु। ६२ लाख ३ हजार ८७५ गरी कुल जम्मा रु। ४३ करोड २४ लाख ९२ हजार १८० प्राप्त भयो।
सो प्राप्त रकममध्ये चालूतर्फ ७४।८७ प्रतिशत र पूँजीगततर्फ ८१।१२ प्रतिशत अर्थात् समग्रमा ७७।९९ प्रतिशत खर्च भयो ।
गाउँ सभाका अध्यक्ष महोदय,

गाउँ सभाका सदस्य ज्यूहरु,

गाउँपालिकाको सीमित श्रोत साधन र जनताका असीमित माग तथा आवश्यकताबीचको खाडल फराकिलो रहेकोले प्राथमिकताका आधारमा ती मागहरुलाई क्रमश सम्बोधन गर्दै जाने कुरामा म अग्रीम रुपमा प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । अब म चालू आर्थिक वर्ष २०८०।०८१ को वार्षिक कार्यक्रम तथा बजेटको संशोधित अनुमान प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

चालु आर्थिक वर्षमा संघीय समानीकरण अनुदान बापत रु। ८ करोड ७० लाख, संघीय राजस्व बाँडफाँडबाट रु। ८ करोड ४ लाख ३८ हजार ७००, प्रदेश समानीकरण अनुदान बापत रु। ५२ लाख १८ हजार, प्रदेश राजस्व बाँडफाँडबाट रु। ४७ लाख ६७ हजार, संघीय सशर्त अनुदान बापत रु। १९ करोड ५२ लाख, प्रदेश सशर्त अनुदान बापत रु १ करोड ८४ लाख ५२ हजार, संघीय समपूरक अनुदान बापत रु ५० लाख र प्रदेश समपूरक अनुदान बापत रु १ करोड, संघीय विशेष अनुदानबापत रु २ करोड गरी जम्मा रु ४२ करोड ६० लाख ७५ हजार ७०० अनुमान गरिएको थियो । साथै गाउँपालिकाको अनुमानित आन्तरिक आम्दानी रु। ६१ लाख र बैंक मौज्दात रु २ करोड ७७ लाख गरी कुल जम्मा रु। ४५ करोड ९८ लाख ७५ हजार ७०० प्राप्त हुने अनुमान गरिएको थियो ।
उक्त अनुमानमध्ये चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म संघीय समानीकरण अनुदानबापत रु। ८ करोड ४० हजार, संघीय राजस्व बाँडफाँडबाट रु। ५ करोड ९७ लाख ९७ हजार ६९९, प्रदेश समानीकरण अनुदान बापत रु। ५२ लाख १८ हजार, प्रदेश राजस्व बाँडफाँडबाट रु। ४५ लाख ८ हजार ४९, संघीय सशर्त अनुदान बापत रु। १८ करोड ६४ लाख ८८ हजार ८००, प्रदेश सशर्त अनुदान बापत रु १ करोड ८४ लाख ५२ हजार, संघीय समपूरक अनुदान बापत रु ५० लाख र प्रदेश समपूरक अनुदान बापत रु ६४ लाख ३५ हजार गरी जम्मा ३६ करोड ५९ लाख ३९ हजार ५४८ छ । साथै गाउँपालिकाको आन्तरिक आम्दानी रु। ४० लाख गरी कुल जम्मा रु। ३६ करोड ९९ लाख ३९ हजार ५४८ प्राप्त भएको छ ।
चालु आर्थिक वर्षको चालू तर्फ ७५ प्रतिशत र पूँजीगत ८१ प्रतिशत गरी जम्मा ७८ प्रतिशत खर्च हुने अनुमान छ ।
गाउँ सभाका अध्यक्ष महोदय,

गाउँ सभाका सदस्यज्यूहरु,

अब म आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्न अनुमति चाहन्छु । प्रस्तुत बजेटका उदेश्यहरु निम्नानुसार रहेका छन्स्
दीगो, समावेशी र उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने ।
गाउँपालिकाको समग्र विकासमा नयाँ सम्भावना र अवसरका क्षेत्रहरु पहिचान गरी समृद्धि हासिल गर्ने ।
साना सिंचाइ आयोजनाहरुलाई कार्यान्वयन गरी कृषिको उत्पादकत्व वृद्धि गर्ने ।
विकास निर्माण र आर्थिक क्रियाकलापलाई तीब्रता दिदै उपलब्ध स्रोत र साधनलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै गरिबी न्यूनीकरण गर्ने ।
गुणस्तरीय शिक्षा प्रदान गर्ने ।
स्वास्थ्य सेवालाई सर्वसुलभ बनाई सर्वसाधारण नागरिकको पहुँच वृद्धि गर्ने ।
गाउँपालिकाबाट प्रवाह गर्ने सेवामा आम नागरिकको पहुँच वृद्धि गर्ने ।
योजनाबद्ध रुपमा द्रुत गतिमा पूर्वाधारको विकास गर्ने ।
सबै प्रकारका विकासमा दीगोपन कायम गर्ने ।
आम नागरिकको आर्थिक, सामाजिक अवस्थालाई सुधार गर्ने ।
आर्थिक तथा सामाजिक पूर्वाधारको विकास गरी समृद्ध गाउँपालिकाको आधार तयार गर्ने ।
बजेटका प्राथमिकता निम्नानुसार रहेका छन्स्
कृषिको आधुनिकीकरण र व्यवसायीकरण,
दीगो संरचनाको निर्माण,
उत्पादन र उत्पादकत्वमा वृद्धि,
सामाजिक, आर्थिक विकास मार्फत जीवनस्तरमा वृद्धि,
सडक, कुलो, खानेपानी, विद्युतीय पूर्वाधार निर्माण र स्तरोन्नती,
सार्वजनिक प्रशासन र सेवा प्रवाहमा सुधार तथा सुशासनमा जोड,
शैक्षिक गुणस्तरमा सुधार,
रोजगारीका अवसरमा वृद्धि,
स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा सुधार ।
गाउँ सभाका अध्यक्ष महोदय,

गाउँ सभाका सदस्यज्यूहरु,

अब म यिनै उद्देश्य र प्राथमिकताको सेरोफेरोमा रहेर आगामी आर्थिक वर्ष २०८१।०८२ को श्रोत व्यवस्थापनको अनुमान र बजेट विनियोजन प्रस्तुत गर्न अनुमति चाहन्छु ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न ४७ करोड ०७ लाख ४३ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसको लागि श्रोतको विवरण देहाय बमोजिम रहेको छ।
आ। व। २०८१र०८२ को श्रोत अनुमान
क्र। सं।    स्रोत शीर्षक    बजेट रु।    कैफियत
१    संघीय सरकार समानीकरण अनुदान    ८७३०००००     
२    संघीय सरकार राजस्व बाँडफाँड    ८५४०००००     
३    प्रदेश सरकार समानीकरण अनुदान    ५२०४०००     
४    प्रदेश सरकार राजस्व बाँडफाँड    ४८८९०००     
५    अ ल्या    २०००००००     
६    अनुमानित आन्तरिक आय    ७३७००००     
जम्मा रु.         २१०१६३०००     
७    संघीय सशर्त अनुदान    १९२३२७०००     
८    संघीय विशेष अनुदान    ३०००००००     
९    संघीय समपूरक अनुदान    ०     
१०    प्रदेश सशर्त अनुदान    २८२५३०००     
११    प्रदेश समपूरक अनुदान    १०००००००     
     कूल जम्मा    ४७०७४३०००     
अब म माथि उल्लिखित संघीय सशर्त अनुदान, संघीय विशेष अनुदान र संघीय समपूरक अनुदानबाट प्राप्त रकम बाहेकको रु २१ करोड १ लाख ६३ हजारको विनियोजन खाका प्रस्तुत गर्न चाहन्छु ।
वडागत सिलिङको लागि जम्मा रु। २ करोड १० लाख विनियोजन गरेको छु ।
शिक्षा, युवा तथा खेलकूद शाखा, स्वास्थ्य शाखा, पशु सेवा शाखा र कृषि शाखा अन्तर्गतको योजना तथा कार्यक्रमको लागि कुल २ करोड ६८ लाख विनियोजन गरेको छु ।
नेपाल सरकार, प्रदेश सरकार तथा अन्य साझेदार निकायहरुसँगको साझेदारीमा ठूला लगानी आवश्यक पर्ने योजनाहरु सञ्चालन गर्नका लागि समपूरक कोषमा रु २ करोड ५० लाख प्रबन्ध गरेको छु ।
अन्तर स्थानीय तह साझेदारी कार्यक्रमलाई निरन्तरता दिंदै २० लाख रुपैयाँ विनियोजन गरेको छु ।
विपद् व्यवस्थापन गर्ने प्रयोजनका लागि रु ४० लाख विनियोजन गरेको छु ।
माङसेबुङ क्षेत्रका एम। बि। बि। एस। अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई सहयोग गर्न रु। ५ लाख विनियोजन गरेको छु ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रम, अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, रेडियो तथा पत्रपत्रिका कार्यक्रम आदिलाई निरन्तरता दिन आवश्यक रकम विनियोजन गरेको छु ।
महिला, बालबालिका, दलित, अपाङ्ग, आदिवासी जनजाति, ज्येष्ठ नागरिकजस्ता लक्ष्यित वर्गका लागि कार्यक्रम गर्न रकमको प्रबन्ध गरेको छु ।
चालू खर्च शीर्षकमा पदाधिकारी सेवा सुविधा, कर्मचारीहरुको पारिश्रमिक भत्ता, महंगी भत्ता, पोशाक सुविधा, चाडपर्व खर्च, गाउँपालिका तथा वडा कार्यालय संचालन, आय आर्जन तथा सिप विकासका कार्यक्रम संचालन लगायतका शीर्षकमा प्रचलित कानूनले तोकिएको दरमा नबढ्ने गरी रकम समावेश गरिएको छ । चालु प्रकृतीका खर्चहरुको लागि आन्तरिक श्रोत, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बांडफांडको रकमबाट विनियोजन गरिएको छ ।
पुँजीगत खर्च शीर्षकमा प्रस्तावित विभिन्न योजना तथा कार्यक्रम संचालनको लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, राजश्व बाँडफाँडको रकम तथा आन्तरिक श्रोतबाट विनियोजन गरिएको  छ ।
रीति अनुसार मृतकको काजकिरीया गर्न आर्थिक सहयोग गर्ने हेतुले आवश्यक रकमको प्रबन्ध गरेको छु ।
सुत्केरी महिलाहरुको पोषण सुरक्षाको लागि बजेट व्यवस्था गरेको छु ।
घाट तथा समाधीस्थल व्यवस्थापनका लागि समेत बजेटको व्यवस्था गरेको छु ।
यसका साथै बाँकी थप योजना तथा कार्यक्रमको विस्तृत विवरण अनुसूची १ मा हेर्न सक्नु हुनेछ
सभाका अध्यक्ष महोदय,

सभाका सदस्यज्यूहरु,

अब म आगामी आर्थिक वर्ष २०८१।०८२ को राजश्व परिचालनको नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुमति चाहन्छु । राजश्व नीति तथा करका दरहरु निर्धारण गर्दा निम्नानासारको राजश्व परिचालन नीति अंगीकार गरिएको छः
राजश्व प्रशासनलाई प्रविधिमैत्री बनाई प्रक्रिया सरलीकरण गर्ने,
कर परिपालना तथा सहभागितामा अभिवृद्धि गर्ने,
राजश्व प्रशासनमा संलग्न जनशक्तिको क्षमता विकास गर्ने,
करको दर र दायरा विस्तार गर्ने,
कर संकलनमा वडा कार्यालयलाई सक्रिय बनाउने,
स्थानीय राजश्व परामर्श समितिको प्रतिवेदनमा उल्लेखित सुझावलाई क्रमशः कार्यान्वयन गर्ने ।
आगामी आर्थिक वर्ष २०८१।०८२ को राजश्वको कर तथा गैरकरका स्रोत, दर, प्रशासन तथा व्यवस्थापन आर्थिक विधेयक, २०८१ बमोजिम हुनेछ ।
विनियोजित बजेट खर्च गर्न र बजेटलाई पूर्णता दिन यसै बजेटको अभिन्न अंगको रुपमा यस सम्मानित सभा समक्ष माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०८१।०८२ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक, २०८१ पेश गरेको छु र माङसेबुङ गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८१ समेत स्वीकृतिको लागि पेश गर्ने छु ।
गाउँपालिकालाई प्राप्त अनुदान, राजश्व बाँडफाँड र आन्तरिक श्रोतबाट मात्र संचालन गर्न सम्भव नभएका योजना, परियोजना तथा कार्यक्रमहरु संचालनको लागि प्रदेश सरकार, संघीय सरकार र दातृ निकाय समेतलाई अनुरोध गरिनेछ ।
सभाका अध्यक्ष महोदय,

सभाका सदस्यज्यूहरु,

अन्त्यमा, प्रस्तुत बजेट तथा कार्यक्रम तर्जुमा कार्यमा आफ्नो महत्वपूर्ण सुझाव उपलब्ध गराउनु हुने गाउँ कार्यपालिकाका पदाधिकारी तथा सदस्यहरु, वडा समितिका पदाधिकारी तथा सदस्यहरु, कर्मचारी वर्ग, राजनैतिक दल, अन्य प्रवुद्धवर्ग, संघरसंस्थाहरु लगायत सम्पूर्ण माङसेबुङबासीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । माङसेबुङको विकास र सम्बृद्धिमा निरन्तर सहयोग पुर्याउनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै बजेटको सफल कार्यान्वयनमा सम्बद्ध सबै पक्षबाट आवश्यक सहयोग, सदभाव र सहकार्य हुनेछ भन्ने विश्वास लिएको छु ।
धन्यवाद .

विनोद कुमार नेम्बाङ
उपाध्यक्ष एवं
संयोजक, बजेट तथा कार्यक्रम तर्जुमा समिति

प्रतिकृया दिनुहोस

बजार अनुगमन थाल्यो इलाम नगरपालिकाले, २० हजार मूल्य बराबरको सामान जफत

गणेश घिमिरे असोज २१, इलाम  नेपालीहरुको महान चाड बिजयदशमी सुरु भएसंगै इलाम बजार क्षेत्रको बजार अनुगमनलाई तिब्रता दिन थालिएको छ । ठूला चाडबाढ

इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै

गणेश घिमिरे असोज १६, इलाम  नेपालीहरुको महान पर्व दशैं तिहारजस्ता चाडपर्व नजिकिएसंगै इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै गएका छन् ।

फूटबल प्रतियोगितामा खेलाडी बीमा गर्न आयोजलाई फूटबल संघको आव्हान, बीमा नगरिएको प्रतियोगिता नखेल्न खेलाडीलाई आग्रह

गणेश घिमिर असोज १५, इलाम  नेपालीहरुको महान पर्व बिजयदशमि नजिकिँदै गर्दा इलामका गाउँ गाउँमा फूटबल प्रतियोगिताहरु सुरु भइसकेको छ भने कतै सुरु हुने