उत्पादन बढेपछि आयत घट्दै गएको छ

झापा सहित पूर्वी नेपालमा तरकारी उत्पादन बढेपछि आयत घट्दै गएको छ ।
मेची भन्सार कार्यालय काकड्भिट्टाका अनुसार यो चालु आर्थिक वर्षमा झण्डै २५ करोड मूल्य बराबरको तरकारी आयात घटेको हो । गत आर्थिक वर्षको १० महिनामा १ अर्व ६१ करोडको तरकारी आयात भएकोमा यो वर्ष १ अर्व ३६ करोड मूल्यको तरकारी आयात भएको छ । मेची भन्सार कार्यालयका भन्सार अधिकृत गणपति कडेलका अनुसार गत बर्षको तुलनामा यो वर्ष तरकारी आयतमा कमी देखिएको छ ।
संगठीत रुपमा सहकारी तथा समुहहरुले व्यवसायीक रुपमा तरकारी उत्पादन गर्न थालेसँगै आयत घट्दै गएको हो । पछिल्लो समयमा कृषि सहकारी संस्थाहरुले उत्पादन र बजारीकरणमा ध्यान दिन थालेका छन् । स्थानीय सरकार र प्रदेश सरकारले कृषि क्षेत्रलाई केन्द्रमा राखेर बजेट निर्माण गर्दा यसबाट किसानहरुको आकर्षण बढेको छ ।

सिमल गोलाईबाट तिल्केनी सम्मको सडक स्तरोन्नतीका लागि पाँच करोड बजेट
गणेश घिमिरे माघ २६, इलाम मेची राजमार्गको माइखोला–भन्ज्याङ्ग सडक खण्ड जोखिमपूर्ण भइ यातायात सम्पर्क टुट्ने अवस्था आएपछि राजमार्ग र बैकल्पिक

संघर्षको यात्रासंगै अघि बढेका भक्तबहादुर थामी
गणेश घिमिरे माघ २४, इलाम थामी नेपालमा बसोबास गर्ने एक किरात जाति हो । थामी समुदायका मानिसहरूले आफूलाई “थाङ्मी“भन्न रुचाउँछन् । यो जातिका

अग्र्यानिक तरकारी खेती उत्पादनमा जोड दिँदै सिमधारा महिला कृषक समूह
गणेश घिमिरे माघ १९, इलाम महिलाको जिविको पार्जनमा आर्थिक सहयोग पुरयाउन एवं अग्र्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्न यतिखेर इलाम नगरपालिका ८
प्रतिकृया दिनुहोस