उत्तरे पोखरीको संरक्षणमा स्थानीय सरकारकै चासो कम, पर्या पर्यटनमा सघाउँदै सहयात्रा नेपाल

गणेश घिमिरे
साउन १३, इलाम 
    संरक्षणको अभाव हुँदा पोखरी तथा मुहानहरु पछिल्लो समय सुक्ने क्रममा रहेको छ । यसको ज्वलन्त उदाहरण इलामको माइजोगमाई गाउँपालिकाको नयाँबजारमा रहेको उत्तरे पोखरी । यो पोखरी धार्मिक दृष्टिकोणले महत्वपूर्ण छ । पालिकाको केन्द्रबाट करिब पाँचसय मिटरमा दुरीमा रहेको यो पोखरी संरक्षणको अभावमा परेको हो । पर्यटकीय दृष्टिकोणले बिशेष महत्व बोकेको उत्तरे पोखरी प्रचारप्रसारको अभाव त छँदैछ, अर्कोतर्फ संरक्षणको अभाव पनि छ । जंगल भित्र करिब एक किलोमिटर क्षेत्रमा फैलिएको यो पोखरीमा एउटै पनि पात पतिङ्गर देखिँदैन ।                                   

 पोखरीमा दैबी शक्ति रहेको स्थानीयले बताइरहँदा पोखरीको पानी सिपेज भएर जाने क्रम बढ्दा पोखरीमा पानीको सतह समेत घट्दै गएको छ । पोखरीको पानीको सिपेज रोक्नका लागि संरचनाको काम गरेपनि सिपेज नियन्त्रण भने हुन नसकेको गाउँपालिकाले जनाएको छ । पर्या पर्यटनमा गाउँपालिकाले जोड दिएपनि पोखरी संरक्षणको काममा भने खासै काम नगरेको पाइएको छ । पालिका कार्यालयबाट करिब ७÷८ मिनेटको दुरीमा पोखरीमा पुगन सकिन्छ । तर त्यहाँसम्म पुग्नका लागि बाटोको अवस्था नै दयनीय रहेको छ । पालिकालाई पर्यटनको हब बनाउनुपर्छ भनेर रटान कस्ने स्थानीय सरकारले चालु आर्थिक बर्षमा पोखरीको संरक्षणका लागि बजेट बिनीयोजन नभएको जनाएको छ । यो बर्ष पोखरीको संरक्षणमा गरिने कामका लागि बजेट बिनीयोजन नगरेको पालिका अध्यक्ष कुशबहादुर थेबेले बताउनुभयो । पालिकाको नयाँबजार धार्मिक र प्राकृतिक पर्यटकीय गन्तब्य बोकेको स्थल हो ।                                       

 गर्मिको समयमा चिसो मौसमको मज्जा लिन नयाँबजार आइपुग्ने मानिसहरुका लागि उत्तरे पोखरी प्रमुख धार्मिक पर्यटकीय गन्तब्य बन्न सक्ने भएपनि स्थानीय सरकारले यस पोखरीको संरक्षणमा जति काम गर्नुपर्ने हो त्यति काम गर्न नसकेको स्थानीय कुशुम दाहालले बताउनुभयो । पर्या पर्यटनको प्रमुख आधार बन्न सक्ने यस पोखरीको संरक्षणका लागि पछिल्लो समय बिभिन्न गैरस सरकारी संस्थाहरुले पनि स्थानीय सरकारको समन्वयमा बिभिन्न काम गर्दै आएका छन् । जलवायु परिवर्तनको असर कम गर्न पोखरी तथा मुहान संरक्षणको काम गर्दै आएको सहयात्रा नेपालले प्रकृति रिर्सोसेस सेन्टर र डिभिजन बन कार्यालय इलामको सहयोगमा पोखेरी आसपासका क्षेत्रमा बृक्षारोपण गरेको छ । चाँप, जापनिज सल्ला लगायत बिभिन्न जातका पाँचसय बिरुवाहरु उक्त क्षेत्रमा रोपण गरेको छ । उत्तरे सामुदायिक वन क्षेत्रभित्र रहेको पोखरीको संरक्षण संगै यहाँको पर्या पर्यटनलाई बढावा दिनका लागि पोखरी तथा मुहान संरक्षणका लागि बृक्षारोपण कार्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी (गंगा) शिबाले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

गोरखमा दोस्रो संस्करणको गोरख भेट्रान्स कप हुँदै 

इलाम , भदौ २९ इलामको सूर्योदय नगरपालिका ५ मा आउँदो कात्तिक ७ देखि १० गतेसम्म दोस्रो संस्करणको गोरख भेट्रान्स कपको आयोजना गरीने भएको छ । गोरख टोल बिकास

काँग्रेस केन्द्रिय समितिद्धारा इलाम नगरपालिकालाई राजधानिमा सम्मान

गणेश घिमिरे भदौ २७, इलाम  इलाम नगर स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए)मा देशभरकै पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन

जिससको समिक्षा बैठकमा पालिकाका प्रमुख–उपप्रमुख सहित दलकै बेवास्ता,   जिससलाई प्रशासनले डोमिनेट गर्न खोजेको भन्दै प्रमुखको आपत्ति

गणेश घिमिरे भदौ २७, इलाम     इलामका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले जिल्ला समन्वय समिति (जिसस) इलामको समिक्षा बैठकलाई बेवास्ता गरेका छन् । यो