इलाममा पनि मनाइयो चौथो कोदो दिवस

गणेश घिमिर
साउन १५, इलाम 
इलाममा रैथाने बाली कोदो प्रवर्द्धनका लागि इलाममा चौथो राष्ट्रिय कोदो दिवस मनाइएको छ । इलामको देउमाई नगरपालिका स्थित मंगलबारेमा अर्गानिक कोदो खेतीको संरक्षण र प्रवर्द्धन गर्न दिवस मनाइएको हो । कोदो पौष्टिकताको हिसावले विश्वको महत्वपुर्ण वाली हो । थोरै खाएर पनि पेट भरिने र धेरै पोषण तत्व प्राप्त गर्न सकिने वालीको  रुपमा कोदोलाई लिइन्छ । कोदो नेपालको धान, मकै र गहुँ पछिको चौथो वाली हो ।

यसलाई पहाडी भेगमा मकै पछिको दोश्रो वालीको रुपमा लिइन्छ । राष्ट्रिय कृषक समूह महासंघ, देउमाई नगरपालिका र खाद्यका लागि कृषि अभियानको संयुक्त आयोजनामा सम्पन्न कोदो दिवस कार्यक्रममा बोल्ने बक्ताहरुले कोदो र कोदोजन्य खाद्यको उत्पादन बढाउन जोड दिएका छन् । कार्यक्रममा देउमाई नगरपालिकाकी उपमेयर पविमाया राईले कोदो बाली साना, सिमान्त कृषकहरूको जीविकाको आधार भएकाले सरकारी लगानी र प्राथमिकतासहित प्रतिस्पर्धात्मक क्षमता बढाउन जरुरी भएको औंल्याउनुभयो । राष्ट्रिय कृषक समूह महासंघ कोशि प्रदेश अध्यक्ष कुसुम दाहालले छोड्दै गएका रैथाने बालीलाई सरकारले प्रवर्द्धनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघका इलाम जिल्ला अध्यक्ष राम मगर, इलाम नगर अध्यक्ष कृष्ण बस्नेत, कोशि प्रदेश कार्यक्रम संयोजक तोयानाथ भटटराई लगायतले कुनैबेला हेंला गरीने कोदोको महत्व बढ्दै गएको र अहिले दिवसको रुपमा मनाइरहेको बताउँदै कोदो रोप्ने प्रवृत्तिलाई बर्सेनि बढाउँदै जाने हो भने आयात नै गर्न नपर्ने र आन्तरिक खपत आफ्नै उत्पादनले धान्न सकिने उल्लेख गर्नुभयो । अबका सन्ततिलाई पनि कोदो उत्पादन र उपभोगमा पनि बानी पार्न आवश्यक रहेको बताइयो । कृष्ण बरालको अध्यक्षतामा भएको कार्यक्रममा खाद्यका लागि कृषि अभियानका अध्यक्ष तथा महासंघका संरक्षक उद्धव अधिकारीले कोदो खेती छाड्दै जाने प्रवृत्ति बढिरहँदा यसको महत्वलाई बुझेर उत्पादनमा जोड दिदैं प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । इलाममा एकहजार ४ सय ३२ हेक्टरमा कोदो खेत िहुँदै आएकोमा एकहजार ७ सय ४७ दशमलव ४ मेट्रिक टन उत्पादन हुँदै आएको छ । 

प्रतिकृया दिनुहोस

‘कृषिप्रधान देश’को सरकार नै अर्गानिक चियाबारे बेखबर

गणेश घिमिरे साउन २३, इलाम  बर्सेनि चार अर्ब हाराहारी विदेशी मुद्रा आर्जन गरिरहेको चिया क्षेत्र, त्यसमा पनि अग्र्यानिक चिया अहिलेसम्म सरकारले चिन्न

सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा 

गणेश घिमिरे असार २७, इलाम      इलामको सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को संघीय

इलाम नगरको पहलमा साँखेजुङ्गमा प्राङ्गरीक मल उत्पादनको तयारी

गणेश घिमिरे असार २१, इलाम  कोशि प्रदेश सरकारको सहयोगमा इलाम नगरपालिकाको एक सहकारीले प्राङ्गरीक मल उत्पादनको तयारी थालेको छ । खेतीबालीमा रसायनीक