इलामका पालिका स्तरमा गठन भएका बुद्धिचाल संघ निस्कृय, खेलको बिकास र बिस्तारमा छैन कसैलाई चासो


गणेश घिमिरे
जेठ ७, इलाम 
बुद्धिचाल खेलप्रति इलाममा खेलाडीको आकर्षण बढ्दै गएपनि यससंग सम्बन्धित निकायले खासै चासो नदिँदा खेलाडी उत्पादनमा समस्या हुँदै आएको छ । जिल्ला बुद्धिचाल संघ इलामले पालिका स्तरमा गठन गरेका अधिकाँश संघहरु निस्किृय छ । जिल्ला संघले जिल्लाका दश पालिका मध्ये आठवटा पालिकामा पालिका स्तरीय बुद्धिचाल संघ गठन गरेको छ । त्यसमा सूर्योदय नगरपालिका बाहेक अन्य कुनै पालिकाले पालिका स्तरमा बुद्धिचाल खेलको कुनैपनि गतिबिधि गर्न सकेको छैन । पालिका स्तरका संघमा बसेका पदाधिकारी नै रनभुल्लमा परेका छन् । पालिका स्तरमा संघ गठन मात्र भयो, तर संघले प्रतियोगिता सञ्चालन गर्न के गर्ने नगर्ने भन्ने अन्योल हुँदा गठन भएका संघ निस्किृय रहेको छ ।

जिल्ला संघले समेत जिल्ला स्तरमा सोचेजति प्रतियोगिता गर्न सकेको छैन । जसकारण पनि यस खेलमा आकर्षण बढ्दै गएका खेलाडीहरुमा निराशा पैदा हुन थालेको छ । जिल्ला स्तरमा प्रतियोगिता सञ्चालन गर्न आर्थिक सहयोग नै जुटाउनुपर्ने अवस्था रहँदा पनि चेस प्रतियोगिता कमै मात्रामा हुने गरेको छ । चेसको महत्व अझैपनि नबुझेकै कारण दाताहरुले नै सहयोग गर्न पनि आनाकानी गर्ने समस्या छ । तीनै तहका सरकारले अन्य खेललाई जस्तो बुद्धिचाल खेललाई चासो नदिँदा पनि यो खेल बिश्वमा प्रशिद्ध खेल भएर पनि नेपालमा ओझेलमा परिरहेको छ । जिल्ला स्तरमा यस खेलको बिकासका निम्ति स्थानीय सरकारले नै चासोको रुपमा हेरेर लगानी गर्नुपर्ने नेपाल बुद्धिचाल महासंघका बरिष्ठ उपाध्यक्ष दिपेन राईको भनाई छ । खेलकुद क्षेत्रमा बढ्दो राजनीतिकरणले नेपालको खेल क्षेत्र डामाडोल हुँदै गएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले बताउनुभयो । बुद्धिचाल जस्तो खेललाई जिल्ला स्तरमा बिस्तार गर्दै उत्कृष्ट खेलाडी उत्पादनमा जोड दिन आवश्यक छ । य

सैबीच जिल्ला बुद्धिचाल संघको आठौं जिल्ला अधिबेशन पनि सम्पन्न भएको छ । अधिबेशनले दुइबर्षे कार्यकालका लागि तारानिधि घिमिरेको अध्यक्षतामा सात सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा गणेश घिमिरे, सचिबमा श्याम सेम्बो, कोषाध्यक्षमा मनिषा लिम्बू लगायत छन् । सो क्रममा संघले सूर्योदय नगरपालिकाले पालिका स्तरमा चेस सम्बन्धिको गतिबिधिमा अग्रणि भूमिका निभाएको भन्दै सूर्योदय नगरपालिकाका खेलकुद बिकास समिति संयोजक सौरभ आचार्यलाई सम्मान समेत गरेको छ । चेस खेलले मानसिक, बौद्धिक र रणनितीक क्षमता वृद्धि गर्दै धैर्यता समेत सिकाउने गर्दछ । यस खेलको बिकासका निम्ति बिद्यालय स्तरसम्म लैजानु आवश्यक रहेको छ ।

प्रतिकृया दिनुहोस

रेडहर्षले पायो नयाँ कार्य समिति, सेवक देवान क्लबको अध्यक्षमा चयन

इलाम, जेठ ३ इलामको प्रतिष्ठित फूटबल क्लब रेडहर्ष फूटबल क्लब इलामको १३ औं बार्षिक साधारण सभा एवं छैठौं अधिबेशन शनिबार सदरमुकाममा सम्पन्न भएको छ । सभाको

साडे १६ लाख बढिको लागतमा एकतप्पामा खानेपानी आयोजना निर्माण गरिदै

गणेश घिमिरे बैशाख ३१, इलाम  स्वच्छ, ब्यबस्थित र पर्याप्त खानेपानीको अभाव झेलिरहेका इलाम फाकफोकथुम गाउँपालिका स्थित एकतप्पाका बासिन्दाहरु अब यो

राप्रपा इलामले पनि प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र 

इलाम, बैशाख ९, इलाम  राष्ट्रिय प्रजातन्त्र पार्टी इलामले इलामका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ । ७७