इलाममा भब्यताका साथ रोपाईजात्रा मनाइयो

गणेश घिमिरे
भदौ ६, इलाम 
    मौलिक संस्कृतिका रूपमा स्थापित रोपाईजात्रा बिहीबार इलाम बजारमा निकालिएको छ । जात्रामा धान रोप्दा गरिने कृयाकलापसँग विभिन्न जातजातीको संस्कृति र कला झल्काउने खालको अभिनय गरीएको थियो । अघिअघि गोरुहली र बाउसे अनि पछिपछि रोपहारले धान रोपेझैं रोपाइँको झल्को दिएको जात्रामा रम्न जिल्लाभित्र र बाहिरबाट आएकाहरूको भीड लागेको थियो । जात्रामा बिभिन्न बिधामा चारसयजना कलाकारले अभिनय गरेका थिए ।  

                                     

 नेपाल भाषा तथा साहित्य समाजले आयोजना गरेको जात्रामा नेवार, लिम्वु, तामाङ, गुरुङ्ग, राई लगायत जातजातीका मौलिक भेषभूषा र संस्कृति समेत प्रदर्शन गरिएको थियो । राणा शासन काल देखिनै नेवार जातीले सुरु गरेको यो जात्रा अहिले आएर सम्पूर्ण इलामको पर्वको रुपमा विकास भएको छ । रोपाइँजात्रा नेवारहरू भित्रिएसँगै सुरु भएको मानिए पनि पछिल्लो समय सबै जाति र समुदायले स्थानीय पर्वको रूपमा मनाउने गरेका छन् । जात्रालाई स्थानीय पर्वको रूप लिँदै स्थानीय सरकारले स्थानीय बिदा समेत दिँदै आएको छ । जात्रामा पञ्चेबाजासहित विभिन्न जातजातिका बाजागाजा, नाचगानका साथ मनोरञ्जन दिलाइएको थियो । नेवार र लिम्बू संस्कृतिसँग मिल्दोजुल्दो देखिने जात्रामा पछिल्लो समयमा सबै समुदायले सहभागिता जनाउने गरेका छन् । जात्राले एकातिर स्थानीयवासी र पर्यटकलाई आनन्दित बनाएको छ भने नयाँ पुस्तालाई संस्कृति सिक्ने र बुझ्ने अवसर पनि दिलाएको स्थानीय सुदिप श्रेष्ठले बताउनुभयो । एक सय वर्षभन्दा लामो समयदेखि इलामको मौलिक संस्कृतिका रूपमा जात्रा स्थापित भएको छ ।  

                       

राणा शासनका समयमा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले बिक्रम संबत १९७२ मा सुुरु गरेको रोपाइजात्रा बिगत १२÷१३ बर्ष अघिबाट नेपाल भाषा तथा संस्कृति समाजको अगुवाईमा निकाल्दै आएको छ । यसले जिल्लाको पर्यटन प्रवद्र्धनसँगै मौलिक संस्कृतिको संरक्षणमा समेत सहयोग पु¥याउँदै आएको आयोजक समितिका अध्यक्ष प्रबिन श्रेष्ठको भनाई छ । नेवार समुदायमा गठेमंगले मनाएपछि चाडपर्वको आगमन हुने विश्वास रहँदै आएको छ । यो जात्रामा पुरुषले पनि महिलाको पहिरन लगाएर धान रोपेको दृष्य मनमोहक देखिन्थ्यो । जात्रा हेर्न इलामका गाउँ गाउँ सहित पाँचथर, झापा, ताप्लेजुङ र भारतको दाजिलिङ, सिक्किमबाट पनि पर्यटकहरु आएका थिए । जात्रामा लाखे भलाखे, मुङग्रेको नाच हेर्न मनमोहक थियो ।

                                

यस्तै जात्रामा नेवार समुदायका बालबालिकाले लठिठ नृत्य समेत प्रस्तुत गरेका थिए । जनैपुर्णिमा सकिएपछि कृष्णाजन्माष्टमी आउनुअघिको बिहीबार पारेर इलाम सदरमुकाममा रोपाइँजात्रा निकालिने प्रचलन रहँदै आएको छ । रोपाइजात्रा जिल्लाका मंगलबारे, फिक्कल, नाम्सालिङ, दानाबारी लगायत क्षेत्रमा पनि जात्रा निकालिने गरिन्छ ।
 

प्रतिकृया दिनुहोस

उत्तरे पोखरीको संरक्षणमा स्थानीय सरकारकै चासो कम, पर्या पर्यटनमा सघाउँदै सहयात्रा नेपाल

गणेश घिमिरे साउन १३, इलाम      संरक्षणको अभाव हुँदा पोखरी तथा मुहानहरु पछिल्लो समय सुक्ने क्रममा रहेको छ । यसको ज्वलन्त उदाहरण इलामको माइजोगमाई

इलाममा गजराजसिंह थापा सामुदायिक पुस्तकालय स्थापना

गणेश घिमिरे असार २७, इलाम      इलाम सदरमुकाममा सामुदायिक पुस्तकालय स्थापना गरीएको छ । इलाम नगरपालिका स्थित अरनीको संग्राहलयमा गजराजसिंह थापा

इलाममा रैथाने बालीको परिकारको प्रदर्शनी 

गणेश घिमिरे असार ११, इलाम      रैथाने तथा पोषण तर अपहेलित बालीको महत्व र अपहेलित बालीको फाइदाका बारेमा कुनै जानकारी नहुँदा त्यस्ता बालीहरुको