लोकपप गायक सुनिल गिरीको लेकाली भेगैमा सुनिलसँग उर्मिलाको रोमान्स

DSG

काठमाडौँ । लोकपप गायक सुनिल गिरीको नयाँ गीत लेकाली भेगैमाको भिडियो सार्वजनिक गरिएको छ ।  प्रतिवद्धको शब्द शृजनामा गायक सुनिलको  संगीत र एरेन्जमा तयार भएको गीतमा सुनिलसँग पोखराकी उर्मिला गुरुगंसँगको रोमान्स देख्न सकिन्छ । यात्राका क्रममा घुम्दै जाने ३ बटुवामध्येका एक सुनिलले देखे लगत्तै उर्मिलाका नजरसँग नजर मिलाउन भ्याई हाल्छन् । भिडियोमा सुनिल र उर्मिलासँगै  प्रतिवद्ध र विष्णु कमार बुढाको पनि अभिनय देख्न सकिन्छ ।

लुकिछिपी घुम्दा घुम्दै साटेको मायालाई लोक पप शैलीमा सुनिलले तयार पारेको भिडियो हेर्दा जो कोही युवालाई पनि आफ्ना यात्रा र कलेज लाइफका दिनहरुको याद आउन सक्छ । जानेर नजानेर गरिने प्रेममा देखिने रमइला पलहरुका मिठा दृश्यहरुलाई भिडियोमा जितु तामागंले कैद गरेका हुन् । मनोज कार्कीको सम्पादन रहेको भिडियोको कलरिगं राजेन्द्र मोक्तानको रहेको छ ।  गायक स्वयमकै निर्देशन रहेको गीतको भिडियो पनि सुनिलकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

https://www.youtube.com/watch?v=uBYOeaMwehY

प्रतिकृया दिनुहोस

इलाममा होलि पर्वको रौनक 

गणेश घिमिरे फागुन २९, इलाम  फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज (बिहीबार) इलाम सहित हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका

दुइदिने साहित्य महोत्सव अन्तिम तयारीमा 

गणेश घिमिरे चैत्र २५, इलाम  साहित्यको माध्यमबाट इलामको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाम सदरमुकाममा भोलिदेखि दुई दिने ‘इलाम साहित्य

सुवेदी र गिरीलाई पत्रकारिता पुरस्कार 

                  नेपाल बेस्ट म्युजीक अवार्ड–२०२१ मा चलचित्र पत्रकार द्धय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत हुने भएका छन् ।