उदोग दिवसमा उद्यमीलाई सम्मान

गणेश घिमिरे
मंसिर ९, इलाम 
उद्यमीहरुलाई सम्मान गर्दै इलाममा घरेलु तथा साना उद्योग कार्यालयले दशौं उद्योग दिवस मनाएको छ । कार्यालयले जडिबुटि प्रशोधन केन्द्र सञ्चालन गर्नेदेखि कृषि फर्म, सिलाई कटाई ब्यबसाय गर्ने, होटल सञ्चालन गर्ने, डेरी र अचार उद्योग सञ्चालन गर्ने ६ जना उद्यमी र एउटा कृषि प्रशोधन उद्योग चलाउने साना किसानलाई सम्मान गरेको हो । कार्यालयका कार्यालयका जडिबुटि प्रशोधन केन्द्रका सञ्चालक माईजोगमाइ ६ का नित्यराज दाहाल, सुबास कृषि फर्मका सञ्चालक देउमाई नगरपालिका ४ का सुबास घिमिरे, सिलाई कटाई ब्यबसायी देउमाई नगरपालिका ४ कि पवित्रा नेपाली, होटल ब्यबसायी इलाम नगरपालिका ७ का राजु देवान, डेरी उद्योग सञ्चालिका सूर्योदय नगरपालिका ३ का तुलु थिङ्ग, अकबरे मसला अचार उद्योगकी सञ्चालिका इलाम नगरपालिका ७ कि गोमा देवी गौतम र रोङ्ग गाउँपालिका ५ रहेको साना किसान कृषि प्रशोधन उद्योगलाई सम्मान गरेको हो । यस्तै कार्यालयले उत्कृष्ट कर्मचारीको रुपमा कम्प्युटर अपरेटर निरोज राईलाई पुरस्कृत गरेको घरेलु कार्यालयका उद्योग शाखा अधिकृत किरण कार्कीले जानकारी दिनुभयो ।

सम्मान कार्यक्रममा कार्यालयका प्रमुख एकनाथ दाहालले उद्यमशिलताको क्षेत्रमा निराशा बढिरहेको अवस्थामा निरन्तर रुपमा उद्यम गरीरहेर रोजगारीको सृजना गरीरहेका उद्यमीलाई प्रतिनिधिमूलक छनौट गरेर उद्यमीलाई सम्मान गरेको बताउनुभयो । यस्तै इलाम उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण पौडेलले कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन दिएर अगाडी बढाउन जरुरी रहेको बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय इलामको तथ्याङ्क अनुसार कार्यालयमा हालसम्म ४५ सय ९३ वटा उद्योग दर्ता भएको छ भने १५ सय ८० वटा बाणिज्य फर्म दर्ता भएको छ । 

प्रतिकृया दिनुहोस

अतिथिलाई मायाको चिनो तरकारीको पोको 

गणेश घिमिरे  पुष २२, इलाम      अतिथिलाई स्वागत र सम्मान गर्दै माला, खादा, टोपी, ब्याच लगाउने गाउँदेखि सहरसम्मको प्रचलन छ । कार्यक्रम समापनको

दुईजना प्रतिष्पर्धीलाई पछि पार्दै दोस्रो पटकको प्रयासमा खनाल अध्यक्षमा निर्वाचित 

गणेश घिमिरे पुष २१, इलाम  निर्माण ब्यबसायी संघ इलामको १० औं जिल्ला अधिबेशनबाट अध्यक्षमा डिल्लि खनाल निर्वाचित हुनुभएको छ । दुईजना प्रतिष्पर्धीलाई

पोखरा सँग इलाम जोड्दै नाटा

कोशी र मधेश प्रदेशको पर्यटकीय स्थलहरुलाई गण्डकी प्रदेशको पर्यटकीय स्थलहरु सम्म जोड्ने पर्यटन प्याकेज तयार गर्ने तयारी शुरु भएको छ । नेपाल एशोसिएसन